तपाई सोचिरहनु भएको होला कि यो कुनै फिल्मको कथा हो, तर यो साँचो घटना हो। जापानको इशिनोमाकी टाउन नामक ठाउँमा तोहोकू गकुएन यूनिभर्सिटी को सोसियोलोजी स्टुडेन्टहरुले लगभग १०० ट्याक्सी ड्राइभरहरुको इन्टरभिउ लिए। धेरै जसो ट्याक्सी ड्राइभरले भने भुतहरुको सामना गरेको बताइएको छ। उनीहरुको अनुसार भूतहरु उनिहरुसंग लिफ्ट माग्ने गर्छन र अचानक गायब हुन्छन।
जापानमा डिसेम्बर २ २००१ मा गएको शक्तिशाली सुनामिमा परि हजारौंको मृत्यु भएको थियो पनि कैयौं गायब भएका थिए जसको आजसम्म अत्तोपत्तो चलेको छैन। त्यहि सुनामीमा मरेका मानिसहरुनै तोहोकुको सडकमा भट्केको दाबि गरिएको छ। अझ गजब त के छ भने दाबि गरिएको भुतहरु लिफ्ट मागेपछि अचानक गायब हुन्छन।
उक्त ठाउँमा सुनामिमा क्षति भएका गाडीहरु राखिने गरिन्छन। अहिले उक्त ठाउँमा ट्याक्सीको आउने जाने बन्द भैसकेको छ।