१३१ बर्ष पहिले हराई सकेको दुनियाँको आठौँ आश्चर्य यसरी पत्ता लगाए शोधकर्ताहरुले 

एजेन्सी – तपाईले अहिले सम्म संसारमा सात वटा आश्चर्य भएको सुन्नु भएको होला, तर यस दुनियाँमा आठौँ आश्चार्य पनि रहेको कुरा सोधकर्ताले पत्ता लगाएका छन्। धेरै बर्षको अनुसन्धान र खोजको प्रयासपछि सोधकर्ताले यस दुनियाँमा आठौँ आश्चर्य फेला पार्न सफल भएका हुन् ।

यो ठाउँ निकै धेरै बर्ष हराएको थियो । अब सोधकर्ताहरुले दाबी गरेका छन् कि यस लापत्ता भएको आठौँ आश्चर्यलाई केहि समयमै सबैको समक्ष्य ल्याउने छन्। न्युजिल्याण्डको उत्तरी द्विपस्थित  रोटोमेहाना खोचको गुलाबी र सेतो सिंढीहरु १९ सौं सताप्दीमा पर्यटकहरुको निकै आकर्षणको केन्द्र रहेको थियो। मानिसहरु टाढा टाढाबाट यस आठौँ आश्चार्यको अवलोकन गर्न आउने गर्थे। यसमा देखिने  सिंढीहरुको आकृति प्राकृतिक नै थियो भन्ने गरिन्छ की यी सिंढीहरु धरतीमाँ सिलिका (एक किसिमको पत्थर ) र धातुको तलछट (सिंटर) को सबैभन्दा ठूलो भण्डार रहेको थियो।

१८८६ मा यहाँ एक ज्वालामुखी विस्फोट भयो। त्यसपश्चात मानिसहरुले यी सिंढीहरु विस्फोट बिनास भएको भन्दै कुनै खोज खबर गर्न छोड। त्यसपछि यी सिंढीहरु कसैले पनि देखेनन् किनकि त्यो ज्वालामुखीले नराम्रोसँग पुरिएको थियो। यति सम्मकि त्यहाँका मानिसलाई यी सिंढीहरु कुन अक्षांश या देशांतर रेखामा अवस्थित थियो भन्ने सम्म पत्ता लगाउन सकेनन्।

जुन डायरीको मद्दतबाट यो पत्ता लगाउन सम्भव भयो, त्यो डायरी डाक्टर सासचा नोल्डेनले स्विजरल्यान्डको बाल शहरमा भेटेका थिए। यो डायरी निकै चर्चित भूविज्ञानीक डाक्टर फरडिनेन्ड वन हान्सटररको थियो।

प्रकाशित : मङ्गलबार, जेठ ३०, २०७४१८:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो चमत्कारी कुखुरा जस्ले २४ घण्टामै पार्‍यो ३६ अण्डा !