दौँघा र स्थानीय निर्वाचन : मेरो आँखाबाट

लेखक : चन्द्र बहादुर सर्तुङ्गे मगर
लेखक : चन्द्र बहादुर सर्तुङ्गे मगर

गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लासँग समधुर साइनो गासिएको गुल्मी जिल्लाको दक्षिणी भेगमा पर्ने साविकको दौँघा गाविस विभिन्न अर्थले छिमेकी गाविस (हाल गाउँपालिका)सँग परिचित छ । अध्ययन तथा यात्राको क्रममा यो पँक्तिकारसँग देशका विभिन्न ठाउँहरुमा भेटिएका अपरिचित (कुराकानी पश्चात परिचित) व्यक्तिहरुको आँखाबाट दौँघालाई हरेक आयामबाट ब्याख्या गर्ने कोशिस गरेको छु ।
घटना १ः
म चितवनको भरतपुरमा एक यात्राको क्रममा चारपाला पुरानो घर भएको एक हजुरआमासँग भेट भएको थियो । लगभग ८० को सेरोफेरो हुनुभएको आमालाई मेरो घर दौँघा हो भनेपछि हजुरआमा केहिबेर भावुक भएर भन्नुभयो, “बाबु, पानी (खानेपानी होइन)को समस्या कस्तो छ ?” मैले भने, “आमा, खोलाको मुलबाट पानी तानेर ल्याउदैछन । अब छिट्टै आउछ ।” आमाले फेरी भन्नुभयो, “धन्य, भगवानले देखेछन् । हाम्रा पालामा दौँघामा छोरी दिनुहुन्न । पानी बोक्दा बोक्दा टाउकोको कपाल समेत झर्छ भन्थे । विचरा, दौँघाका मान्छेहरुको बुढि औलाको नङ्ग नै हुदैनन रे । रातमा पानी बोक्दा राम्रोसँग बाटो नदेखिदा ठेस लागेर झर्छन रे । अझ, त्यो पोखरीको धमिलो पानी समेत थिग्राएर खानेहुँदा हामी दौँघा तिर जाँदा बोत्तलमा पानी लग्थ्यौ ।” हजुरआमाले यति भन्दैगर्दा सायद म मेरो आमा हजुरआमालाई वेस्सरी सम्झीरहेको थिएँ ।


विचरा, दौँघाका मान्छेहरुको बुढि औलाको नङ्ग नै हुदैनन रे । रातमा पानी बोक्दा राम्रोसँग बाटो नदेखिदा ठेस लागेर झर्छन रे ।


घटना २ :
गुल्मीबाट काठमाडौँ जादाँ यात्राको क्रममा रात्रीवसमा एकजना राजनीतिक महानुभावसँग भेट भएको थियो । उहाँले दौँघालाई हेर्ने नजर पानीको अभाव भन्दा पनि धेरै राजनीतिक ज्यादा थियो । उहाँले भन्नुभयो, “दौँघामा बामपन्थी विचारधाराका जनता धेरै छन् । अहिले कस्तो छ ?” मैले भने, “विस्तारै सबै अट्ने फुलवारी बन्दै छ ।” कुरा गर्दै जाँदा दौँघामा निर्वाचनको प्रचार प्रसारको क्रममा नेपाली काँग्रेसका जिल्ला स्तरीय नेतालाई थुनेको घटनालाई उहाँले नविर्सिएको भाव म सजिलै बुझ्थे ।


पहिलो घटनाबाट के स्पष्ट हुन्छ भने दौँघा पानीको लागि झन्डै मरुभुमी सरहको ठाउँ थियो । पानीको लागि विहानको समय विताउनु पर्ने जसको कारण सिँगो पारिवारिक चक्र नै अस्तव्यस्त हुन्थ्यो । यहाँका जनतालाई पहिलो प्राथमिकता पानी र अन्य राजनीतिक, आर्थिक तथा विकासका पुर्वाधारको सुरुवात दास्रो रोजाइका विषय पर्थे । पचास साठीको दशक भन्दा अघिको समयलाई नियाल्ने हो भने लगभग प्रत्येक परिवारको आफ्नो निजी पोखरी हुन्थ्यो ।आफ्नै जग्गाको परिधि भित्र रहने गरी बनाइएको साना साना खालको पोखरी बनाइन्थ्यो जसलाई खानीपोखरी भनिन्थ्यो ।


दौँघामा खानेपानीको विकासमा बहुप्रतिक्षित योजना दौँघा बृहत लिफ्टिङ्ग खानेपानी योजना हो । संविधान सभाको दोस्रो निर्वाचनमा विजयी हुनु भएका नेपाली काँग्रेसका उम्मेदवार माननीय श्री चन्द्र भण्डारीको विशेष सक्रियतामा अहिले यो योजना निर्माण भइरहेको छ ।


स्वीस सरकार र नेपाल सरकार (तत्कालिन श्री ५को सरकार)को सहकार्यमा गुल्मी अर्घाखाँची ग्रामिण विकास योजना (गार्डेप) मार्फत दौँघेली जनतालाई काकाकुल हुनबाट जोगाएको थियो । यो परियोजनामा निर्मित बर्षादको पानी सँकलन केन्द्रलाई “घैटो” भनी नामाकरण गरियो । सामान्यतया, घैटोमा राखिएको पानी चिसो र स्वादिलो हुने भएकोले उक्त स्वाद पाउने आशामा दौघेली जनताले नामाकरण गरेका थिए । दिगो विकास र जनताको प्रत्यक्ष सहभागितामा जनताकै स्वामित्व हुने गरी योजनाबद्ध गरी बनाइएको सफल परियोजनाको रुपमा “गार्डेप”लाई लिइएको पाइन्छ । हाल सफल अभ्यासको रुपमा यो कार्यक्रम गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम, रोल्पा हुदै देशैभरी फैलिएको छ ।
दौँघामा खानेपानीको विकासमा बहुप्रतिक्षित योजना दौँघा बृहत लिफ्टिङ्ग खानेपानी योजना हो । संविधान सभाको दोस्रो निर्वाचनमा विजयी हुनु भएका नेपाली काँग्रेसका उम्मेदवार माननीय श्री चन्द्र भण्डारीको विशेष सक्रियतामा अहिले यो योजना निर्माण भइरहेको छ । राजनैतिक भन्दा पनि मानवीय स्वार्थ धेरै भएको यो योजना अहिले निर्माण प्रकियाको चरणमा रहेको र यो योजनाको सफलता पश्चात दौँघाको समग्र क्षेत्रको कायापलट हुनेछ । बढ्दो चिन्ताको रुपमा हेरिएको वसाइसराइ दर घट्नेछ र बिस्तारै दौँघा सम्वृद्धिको पथमा लम्किनेछ ।
घटना दोस्रोबाट स्पष्टै थाहा हुन्छ, विगतको पाना पल्टाउने हो भने दाँैघा बामपन्थी विचारधाराले जवरजस्त पोतिएको स्थान हो । विभिन्न सँघ सँस्था, सामाजिक समूह, सुधार समिति, व्यवस्थापन समिति आदिको प्रभावबाट जनतालाई लालझण्डामा ल्याउने कोशिस गरिएको थियो । किसान, मजदुर तथा निम्न बर्गीय जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दल भए पनि जनताको दैनिकीमा केहि सुधार हुन सकेन । जिल्ला तथा राष्ट्रिय स्तरमा पहुचँ राख्ने नेतृत्वलाई विजयी गराएपनि र दौँघाको नेतृत्वको व्यक्तिगत, पारिवारीक तथा समुहगत स्वार्थका कारण समग्र दौँघाको विकास हुन सकेन ।

स्थानीय निर्वाचन र अवको नेतृत्व

करिव दुई दशक पछि हुन गइरहेको स्थानीय निर्वाचन र त्यसपछि बन्ने स्थानीय सँरचनाले दौँघालाई विकासको तिव्र गतीमा दौडाउनेछ । त्यसको लागि सक्षम, कुशल र “भिजिनरी” नेतृत्व आउनु र चुनिनु अनिवार्य छ । दौघामा हाललाई अस्तित्वमा रहेका मुख्य चार राजनीतिक दल जसमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादी (केन्द्र) रहेका छन् । चार राजनितिक दल भएपनि एमाले र जनमोर्चाको सहकार्य तथा काँग्रेसका प्रतिनिधी विच चुनावी दौडमा जोडतोडले लागेको देखिन्छ ।
एमालेलाई दौँघामा लाग्ने मुख्य आरोप भनेको दौँघामा अहिलेसम्म उसैको बर्चस्व छ । यसर्थ ः दौँघाको विकास प्रकिया किन सोचे अनुरुप र प्रतिष्पर्धात्मक तरिकाले हुन सकेन भन्ने प्रश्नको जवाफ एमाले र यसको नेतृत्व बाहेक अरु कसैले दिनु पर्दैन । त्यसैले संविधान सभाको दोस्रो निर्वाचन अघिको अविकसित दौँघाको जिम्मेवारी पनि यहि पार्टिले लिनुपर्छ । राजनीतिक स्वार्थ अनुरुप चालिएका निन्दनीय कदमहरुले पनि अहिले यो पार्टिलाई असर गर्ने प्रत्यक्ष रुपमा देख्न सकिन्छ । स्थानीय निर्वाचनको लागि प्रस्तावित नेतृत्व दौँघाले सोचेअनुरुपमो नेतृत्व नभएको अनुभुती गर्न सकिन्छ । यो पँक्तिकारसँगको धेरै गाविस स्तरीय बैठक तथा छलफलमा आफ्नो साविकका वार्डलाई मात्र विकास योजनाको थुप्रो लैजानुपर्छ भन्ने मानसिकताले समग्र दौँघाको विकास कसरी होला ? सोचनीय छ ।
नेपाली काँग्रेस पछिल्लो समय दौँघामा प्रभाव देखाउने बैकल्पिक दलको रुपमा स्थापित भएको छ । खासगरि दौँघालाई जे चाहिएको थियो त्यो, खानेपानी योजनाको अग्रपँक्तिमा रहनुभएको चन्द्र भण्डारीको आगमन पछि जनताको आर्कषण बढेको हो । त्यसैले, विपक्षी दलको कमजोरीमा खेल्दै आफ्ना एजेण्डा तथा विकास योजना स्थापित गराउने दाउमा नेपाली काँग्रेस देखिन्छ । साथै, दौँघेली जनता विगत लामो समय देखि एउटै नेतृत्व र एउटै पार्टीबाट अघाइएको अनुभुती नेपाली काँग्रेस प्रतिको सर्मथनबाट सजिलै अनुमान गर्न सकिन्छ ।

अन्त्यमा,

दौँघा प्राकृतिक स्रोत र साधनले भरिपूर्ण ठाउँ हो । भावी पुस्तालाई ख्याल गर्दै यसको अधिकतम उपयोग गरेर स्थानीय विकासमा अत्यन्तै तिव्रताका साथ लाग्नु अवको नेतृत्वलाई मुख्य चुनौति हो । दौँघा बृहत खानेपानीलाई सफल कार्यन्वयन गर्नु पर्नेछ । यो योजनाको सफल कार्यन्वयन पछि दौँघाको विकासक्रमलाई मुख्यत ः दुई भागमा विभाजन गरिनेछ, ७०को दशक अघि र पछि । खानेपानी योजनालाई महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइनेछ । खानेपानीको पर्याप्तता पछि हाल डरलाग्दो रुपमा देखिएको वसाईसराई दर पनि घट्नेछ र दौँघा तरकारी, पशुपालन, फलफुल तथा नगदेबालीका साथै खेलपर्यटनको “हव”को रुपमा चिनिनेछ ।
यस अर्थमा दौँघाको मैले सुनेको परिचय फेरिनेछ ।

प्रकाशित : बुधबार, जेठ २४, २०७४१५:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अवसर र सम्भावनाको खोजी गर्दै दुबईको अबुधाबीमा नेपाली महिला