पैसा र पहुँच हुने ब्यक्तिलाई कारवाही गर्न सरकार किन डराउँछ ?

लेखक : हरि थापा

कुनै पनि पार्टीका नेता कार्यकर्ताहरुका कुरा सुन्दा पनि जलन भएर आउँछ विभिन्न प्रकृतिका घटना चाहे सुडान घोटला होस, सुनकाण्ड होस वा अन्य ठूलाठूला अपराधमा संलग्न ठूला ब्यक्ति मेरो मतलब पावर पैसा र पहुँच हुने ब्यक्तिलाई कारवाही गर्न सरकार किन डराउँछ ? केही वर्ष अगाडि शसस्त्र प्रहरीका आईजी वन्त देखि शैलेन्द्र श्रेष्ठ सम्म घोटला काण्डमा परे आखिर पाचँ सात देखि दश करोड सम्म धरौटी मा छुटे ।
जस्तो सुकै खत्तरनाक अपराध गरेपनि पैसा, पावर पहुँच हुनेलाई सजिलै खल्तिमा हाल्न दिने कस्तो कानुन हो ! खैँ कहाँ छ समान कानुन ? यदि गरिवका छोरा हुन्थे भने जिवनभर जेलमा षड्थे ! जब सम्म धरौटीमा अपराधी छुटाउने ब्यबस्थाको खारेज हुदैन तब सम्म कानुनको सहि पालना १ हुदैन २ हुदैन ३ हुदैन..

हैन हो लाईभ घुस खाएको भिडियो हेरिरहँदा घुस खाएकाहरुले प्रत्यक्ष घुस फिर्ता गरिरहदा पनि फेरी के को अनुसन्धान ! के को छानविन टोली गठन हुन्छ हँ ? सरकार यो सुन्दै वैराग लागेर आउने छानविन समिति भन्ने खारेज गर । चाहिँदैन हामीलाई छानविन आयोग टोली ! छानविन टोलीले तलब भत्ता पचाउनु बाहेक केहि गरेको देखिएन !
नेपालमा आजसम्म सानातिना घटना त कति भए भए यकिन गर्न सकिदैन, तर राष्ट्रियता नै मेटिने सखाप बनाउने षडयन्त्र भईरहँदा पनि मदन भण्डारी जस्ता राजनेताको हत्या हँुदा नारायहिटी विरेन्द्र परिवार सखाप भईसक्दा पनि छानविन समिती भन्ने यो आयोगले सोह्र बर्ष सम्म सत्यतथ्य प्रतिवेदन दिन सकेन ।

आज सम्म जनतालाई अन्योलमा राख्यो आखाँमा छारो, धुलो हालिदियो यो त एउटा प्रतिनिधी घटनाको उदाहरण मात्र हो यस्ता घटना कयौँ भएका छन् कुनै पनि घटना हुन्छ चाहे त्यो हत्यामा संलग्न होस वा चोरी, डकैती बलत्कार, घुषपेठ, वा कुनै डलर तस्कर होस मानव तस्कर लागुऔषध वा अन्य …

विभिन्न घटना प्रमाणित भईसक्दा पनि थप अनुसन्धान छानविन आयोग गठन विभिन्न बाहनामा अपराधी उम्काउने गरेका घटना प्रशस्त छन् आखिर यो किन हुन्छ ? छानविन आयोगले आयोग वनेका सोह्रसत्र वर्षसम्म पनि किन सत्यतथ्य पत्ता लगाउन सक्दैन ।

म त भन्छु यो छानविन आयोग भन्ने शब्द नै खारेज हुनुपर्छ नानाथरी बाहनामा अपराधी उम्काउने काम यो छानविन टोली भन्ने हरुले गरेका छन घुस वा हत्यामा प्रत्यक्ष संलग्न भएका हरुलाई सिधा कारवाही गर्नुको साटो किन वाहनाबाजी गर्दै मुद्दा उल्टाउने काम हुन्छ यसमा सम्बन्धित निकायको ध्यान जाओस भन्ने मेरो अनुरोध सुझाव हो।

कुनै पनि अपराधीलाई आखाँले प्रत्यक्ष देखेर अपराधी भनेर भन्न किन डराउछन नीतिनियम बनाउने कर्ता र कार्यन्वयन कर्ताहरु आखिर नितिनियम पालना गर्ने हो भने किन दुईमत अपराधी हो भनेर प्रमाणित भईसक्दा पनि थप अनुसन्धान छानविन आयोग भन्दा भन्दै अपराधीहरुलाई केहि सामान्य जरिवाना तिराएको भरमा छुटाउछन र यदि पछि प्रमाणित भएमा सजिलै फरार भनि ब्याख्या गर्छन यस्तो किन भईरहेको छ? यसको जवाफ कसले दिने हो ?

नेपाल प्रहरीले पनि यस्ता कुरामा संवेदनशिल भएर तिखाँ आखा बनाएर हेर्नु जरुरी छ साधारण बोल्न नसक्ने गरिव वर्गका तल्लो स्थरका ब्यक्तिलाई महिनौ दिन सम्म छोपेर राख्न सक्छन जो अपराधी छन उसलाई किन महिना दिन सम्म राख्न सक्दैन ।

त्यति सजिलै केहि रकम धरौटी राखेको भरमा अपराधी उम्काउने अधिकार नेपाल प्रहरीलाई कसले दियो ? जनताको सेवा गर्छु भनेर कसम खाईसके पछि सत्यतथ्य पत्ता लगाउन पर्छ की पर्दैन ! ति फटाहाहरु प्रहरी भन्दा धेरै चलाखँ छन अनि प्रहरीले आखाँले हेरेको भरमा निर्दोष घोषित गर्दै अपराधी उम्काउनु पाईन्छ की पाईदैन ?

केहि समय अगाडि शक्ति समूह र सिधाकुरा जनतासागको पहलमा ईराकमा वेचिएको चेलीको उद्दार भयो जसमा संलग्न केहि तस्कर प्रहरीले समात्यो तर केहि दिनमा धरौटीमा छुटायो केहि समय पछि त्यो अपराधी हो तस्कर हो भन्ने कुरा प्रमाणित भयो तव प्रहरी खोजतालसमा लागि परे यस्ता कयौँ घटना छन् आखिर यो किन भईरहेको छ ? कहिले सम्ममा जनविश्वास दिलाउन सक्छ नेपाल प्रहरीले ?

माथिल्लो तहमा नै राजनिति चलखेल हुने भए पछि अब जनतालाई न्याय कसले दिने ? न्याय माग्न जाँदा पनि किन निष्पक्ष रुपमा हेरिदैन के कमजोर मान्छेले न्याय नपाउने हो ? न्याय पाउन पनि जबरजस्त पावर र पैसा पहुच नै हुन पर्ने हो त्यसो हो भने गनतन्त्रको भजन किन गाउने ?

जसले जसरी ब्याख्या गरोस म ग्यारेन्टीका साथ भन्छु यो देशमा न्याय जिउदो छ छैन थाहाँ छैन तर सामान्य मान्छे अझै मरिराखेका छन बोल्न नसक्ने पक्षले न्याय पाएकै छैनन म दावाका साथ भन्छु सर्वसाधरण मान्छेले कुनै अपराध नगर्दा पनि आठ दश वर्ष जेल बसेर फैसल्ला हुदा निर्दोष सावित भएका छन जो हुन बोल्न नसक्ने सर्वसाधरण मानिस जसले नेपालको कानुनलाई कुनै पनि कोणबाट न्यायचित ठान्दैनन् जसले टाउको ठोकाएर नेपालको कानुन निष्पक्ष छ भने पनि जेल जिवन विताउने निर्दोष मानिसको नजरमा कानुन जिउदो छैन भन्ने प्रमाणित भएको छ ती छानविन आयोगका टोली आखिर के छानविन गर्छन ? निर्दोष मान्छेलाई वषौँ सम्म जेलमा किन कोच्छन् ?

निर्दोष मान्छे आठ दश वर्ष जेलमा सड्नु भनेको चानचुने कुरा हैन विश्वास गर्ने आधार पट्टकै छैन ति भए पुराना कुरा भर्खरै भएका टिकापुर घटना मधेस आन्दोलनका अपराधी पनि कति फरार छन् भएका मध्य केही निर्दोष भन्ने पनि ब्याख्या गरेका छन् यदि फरार दोषी छन् भने समात्नु पर्यो जुनसुकै हालतमा यदि निर्दोष छन् भने अनुसन्धान र छानविन टोलीले किन जेल कोच्यो यो एउटा उदाहरण मात्र हो ।

यदि कहिकदाचित यदि जेल जिवन विताउने जो कोही पनि निर्दोष भएमा छानविन टोली र अनुसन्धान गर्ने प्रहरीलाई कडा भन्दा कडा कारवाही हुन्छ कि हुदैन सरकार ?

प्रकाशित : शनिबार, जेठ २०, २०७४२०:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भरतपुर काण्ड