भारतीय सीमा सुरक्षामा खटिएका ३ नेपाली गोर्खा सैनिकको मृत्यु

काठमाडौँ, ९ जेठ – भारतिय र पाकिस्तानको सिमा क्षेत्र  काश्मिरमा सीमा सुरक्षामा खटिएका तीन नेपाली गोर्खा सैनिकहरुकोमा मृत्यु भएको छ।

भारतीय अन्लाईन पत्रिका  डिएनए इन्डियाका अनुसार श्रीनगरस्थित रक्षा प्रवक्ता राजेश कालियालाई उद्धृत गर्दै दुई हवल्दार र एक राइफलम्यानको मृत्यु भएको समाचार प्रकाशन गरेको छ । मृत्यु हुनेमा गोर्खा सैनिकहरुमा  नेपालस्थित कास्की जिल्ला घर भएका गिरिश गुरुङ, त्यसैगरी गुल्मीका ४० वर्षीय हवल्दार डमर बहादुर पुन र पर्वतका २३ वर्षीय राइफलम्यान रबिन शर्मा रहेका छन्।

भारतीय रक्षा प्रवक्ताका अनुसार तीनै जनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिनेछ।

प्रकाशित : मङ्गलबार, जेठ ०९, २०७४१९:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गुडिरहेको रेलमा किचिएर तीन नेपालीको मृत्यु !