कसैसँग प्रेम गर्नुभन्दा पहिले जान्नैपर्ने ४ कुराहरु… नत्र पछुताउनु पर्ला

एजेन्सी – प्रेमसम्बन्ध सहि मानिससँग गाँस्न निकै नै जरुरी छ । तपाईंले राम्रो मानिस जीवनसाथीको रुपमा प्राप्त गर्नको लागि केहि कुरामा ध्यान दिन जरुरी छ ।

१) अल्छि नगर्नुहोस्: जीवनको लागि सहि मानिसको खोजी निकै नै महत्वपूर्ण कुरा हो । आजभोली मानिसहरु धेरै नै अल्छि भईसकेका छन् । ईन्टरनेटकै भरमा जीवनसाथी छान्ने गर्छन् र पछि पछुताउने गर्छन् । त्यसैले सहि मानिसको खोजको लागि थोरै मेहेनत गर्नुहोस् ।

२) आरामले सोच्नुहोस्: हामी प्रेमीसँगको पहिलो भेटमा अरु कुरा भन्दा नि प्रेमी वा प्रेमिकाले के सोचिरहेको होला ? भन्ने कुरामा बढि चिन्तित हुने गर्छौं । त्यतिबेला तपाईंले दुबै एउटै डुङ्गामा बसेको हो भन्ने कुरा सोच्न जरुरी छ । त्यसैले नचाहिने कुरामा बढि चिन्ता नलिनुहोस् ।

३) दोस्रो भेट पहिलो जस्तै महत्वपूर्ण हुन्छ: पहिलो भेटमै मानिसको चरित्रलाई बुझ्न सकिदैंन । त्यसैले त्यस्तो मानिसको बानी व्यवहार कस्तो छ भन्ने कुरा बुझ्ने कोशिश गर्नुहोस् । तपाईंले दोस्रो भेटमा राम्ररी खुलेर कुरा गर्न सक्नुहुन्छ । कामवासना र शारिरीक आर्कषणमा बढि ध्यान दिने मानिसहरुबाट सजग हुन निकै  नै जरुरी छ ।

४) अरुलाई माया गर्नुभन्दा पहिला आफूले आफूलाई माया गर्नुहोस्: तपाईंले अरुलाई माया गर्नुभन्दा पहिला आफ्नो बारेमा पहिला सोच्नुहोस् । प्रेमसम्बन्धको शुरुवात भन्दा पहिला आफूले आफूलाई अलि बढि माया गर्न जरुरी छ । तपाइंले अरुलाई माया गर्नु भन्दा पहिला आफुले आफुलाई  माया गर्न नितान्त जरुरी छ । त्यसपछि मात्र अरुको बारेमा सोच्नुहोस् । यो आफ्नो लागि सहि मानिस छान्नको लागि सबैभन्दा राम्रो उपाय हो ।

प्रकाशित : मङ्गलबार, बैशाख २६, २०७४१७:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ ठाउँ जहाँ मान्छे मर्नै पाईदैन ! किन जान्नुहोस् ?