‘भरियाको भूगोल’माथि परिचर्चा

बागलुङ – साहित्यकार दिनेश अधिकारीको काव्य कृति ‘भरियाको भूगाले’माथि यहाँ परिचर्चा गरिएको छ ।नेपालयले प्रकाशनमा ल्याएको कृतिबारे कवि, लेखकलगायत प्राज्ञिक व्यक्तित्वले शनिबार विमर्श गर्नुभयो । बागलुङ जेसिसले संयोजन गरेको कार्यक्रममा कवि अधिकारीले आफ्ना केही रचनासमेत सुनाउनुभयो ।

पाठकसँगको साक्षात्कारमा कवि अधिकारीले कृति नेपालको पहाडी जनजीवनको यथार्थ चित्रण रहेको बताउनुभयो । “यो कृति विशेषगरी भरियाको जीवनगाथामा आधारित छ” कवि अधिकारीले भन्नुभयो “मानवतावादी चिन्तन र सामाजिक यथार्थ कृतिमा प्रतिविम्बित छ ।” उहाँले भरियाको दैनिकी, समस्या र मनोविज्ञानको समग्र वर्णन काव्यका गरिएको स्पष्ट पार्नुभयो । कवि अधिकारीले कविता आफ्ना लागि स्वतन्त्र अभिव्यक्तिको उच्चतम आनन्दको विन्दु हो भन्नुभयो ।

कार्यक्रममा गायक एवम् सङ्गीतकार आभासले कुनै वाद या विचारभन्दा पनि माथि उठेर अधिकारीका रचनाले स्वतन्त्र अभिव्यक्ति दिएको बताउनुभयो ।‘दिनेश अधिकारीसँग एक घन्टा’ नाम दिइएको कार्यक्रमका सहभागीले अधिकारीसँग साहित्य लेखन सम्बन्धमा अन्तक्र्रिया गरेका थिए । केही यही वैशाख १५ गते सार्वजनिक भएको थियो । रासस

प्रकाशित : आइतबार, बैशाख २४, २०७४१२:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तैँले सुत्नैपर्छ । सबै केटीको नियति यही हो ।’- परपुरुषसँग को त्यो पहिलो रात !