यस्ता केही चिजहरु , जस्लाई हामीले जीवनभर सधैँ गलत रुपले नै प्रयोग गर्यौं र गरिरहेका छौं, जुन जान्नै कुरा

एजेन्सी – हामीले प्रायजसो घर वरिपरि , अफिसमा र स्कुलमा प्रयोग गर्ने समानहरुलाई गलत तरिकाले प्रयोग गर्ने गर्छौं । तर आफूले प्रयोग गर्ने तरिका नै सहि छ भन्ने कुरा हामी ठान्दछौं । आज हामी तपाईंलाई यसैबारे जानकारी दिन्छौं ।
हामीले प्रयोग गर्ने सामाग्रीहरु विभिन्न उद्येश्यका साथ बनाइएको हुन्छ । यसको सहि प्रयोगबारे तपाईंलाई ज्ञान हुनु आवश्यक छ ।

१) इरेजर (मेटक) 

तपाईंले दुईवटा रंगको ईरेजरको प्रयोग गर्दै हुनुहुन्छ भने , सबैभन्दा पहिला यसको नीलो रंगको भाग कलमले लेखेको नभई मेसीलाई मेटाउनको लागि बनाईएको हो भन्ने कुरा बुझ्न जरुरी छ । यसलाई कलमले लेखेर जबरजस्ती मेट्नाले तपाईंको पेपरमा प्वाल पर्ने सम्भावना रहन्छ ।

२) टिनको डिब्बा (क्यान) को बिर्कोको प्रयोग

विभिन्न किसीमका टिनको डिब्बा (क्यान) को प्रयोग गर्ने क्रममा तपाईंले यसको ठूलो प्वालमा पिउने नली राख्नको लागि बनाईएको हो भन्ने कुरालाई बुझिराख्न आवश्यक छ ।

३) भाँडाबाट पोखिएर बाहिर निस्कनु 

खाना पकाउँदा भाँडाबाट पोखिएर बाहिर निस्किएको अवस्थामा तपाईं पक्कै पनि आत्तिनुहुन्छ होला ? तर यस अवस्थामा तपाईंले काठको चम्चालाई भाँडाको बीचमा राख्नुभयो भने, यो समस्याबाट छुट्कारा पाउनुहुनेछ । त्यसैले यस्तो अवस्थामा काठको चम्चाको प्रयोग निकै नै उपयोगी छ ।

४) शर्टमा राखिएको पछाडिको लुपको प्रयोग

शर्टको पछाडिको भागमा राखिएको लुपलाई झुन्ड्याउनको लागि राखिएको नभई खुम्च्याउन नदिनको लागि राखिएको हो भन्ने कुरा पनि तपाईंले जानीराख्न आवश्यक छ ।

प्रकाशित : शनिबार, बैशाख २३, २०७४१५:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आयुर्बेदका अनुसार जान्नुहोस् कस्तो छ तपाईको शरीर !