२ मिनेटसम्म खुट्टाको यो भागमा मालिश गर्नुस्, त्यसपछि हेर्नुहोस् के हुन्छ तपाइँको शरीरमा (अवस्य आश्चर्य पर्नुहुनेछ)

एजेन्सी – चिनीयाँ सँस्कृति तथा चिकित्साले हाम्रो खुट्टाको महत्वपूर्ण भाग विभिन्न बिन्दुहरुले भरिएको हुन्छ भन्ने कुरा विश्वास गर्छन् । जुन हाम्रो शरीरको विभिन्न अङ्गहरुसँग जोडिएको हुन्छ । यस्ता विन्दुहरुमा मालिश गर्नाले हाम्रो स्वास्थ्यमा सुधार आउनुको साथै आराम मिल्दछ ।

हाम्रो खुट्टाको पहिलो औंला र दोस्रो औंलाको बीचको भागबाट ठिक माथिको बिन्दु पनि निकै नै महत्वपूर्ण छ । यसलाई चीनीयाँहरु ताई चोंग (एलभीथ्री) भन्दछन् । जस्लाई तपाईंले माथिको चित्रमा देख्न सक्नुहुन्छ । यसको मालिशले टाउको दुख्ने , तनाब कम गर्ने , रिसलाई कम गर्ने, कम्मरको दुखाई कम गर्ने आदिमा मद्धत पुग्दछ ।

विधि: यस बिन्दुमा २–३ सेकेन्डसम्म मालिश गर्नुहोस् । र ५ सेकेन्ड आराम गर्नुहोस् । फेरि २ मिनेटसम्म मालिश गर्नुहोस् । यसबेला तपाईंले आफ्नो औंलालाई घडिकोे दिशामा घुमाउन जरुरी छ । तर तपाईंले यसलाई आफू कमजोर भएको अवस्थामा भने गर्नुहुदैंन ।

 

प्रकाशित : आइतबार, बैशाख १७, २०७४१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यदि यसप्रकारका युवकसँग जोडेको सम्बन्ध सधैँ सफल र सुमधुर हुन्छ – चाणक्य