जनआन्दोलनका घाइते भट्टराई भन्छन्, लोकतन्त्र जनतालाई होइन नेता भनौदाहरुलाई आएको रहेछ

सुनिल भट्टराई
आज जनआन्दोलन सफल भएको पनि ११ वर्ष भएछ । तर अपेक्षाकृत परिवर्तनको आभास जनतामा हुन सकेको छैन । प्राप्त उपलब्धी समेत अझै सस्थागत हुन सकेको छैन । जनाताले अझै पनि लोकतन्त्रको अनुभुति गर्न सकेका छैनन् । राजनितिक दलहरु लोकतन्त्रको खिल्ली उडाइरहेका छन् लोकतन्त्रको उपहास गरेका छन्, लोकतन्त्रमाथि धावा बोलेका छन्, लोकतन्त्रको धज्जी उडाइरहेका छन् । गरिब जनताको जीवन स्तर ज्युका त्यु छन् । उनीहरुको जिबन स्तरमाथि उकासिएको छैन । दलहरु भने सत्ता लिप्सामा रुमलिरहेका छन् ।
८ वर्ष लगाएर ल्याएको संविधान एउटा कागजको खोस्टा सम्झेका छन् । यसप्रति सरकार किन बेखबर छ ? म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु २०७४ माघ सम्म तीन तहको निर्वाचन सम्पन्न गराउनु पर्ने छ तर सरकार भने एउटा मधेसको नाममा कलङ्क राजनीतिक दलको अभिष्ट पूरा गर्न उनिहरुको स्वार्थ पुर्ती गर्न आफ्नो देशको स्वाभिमान, राष्ट्रियतालाई कम्जोर बनाउनको निम्ति देशलाई बन्धकीमा राख्दै छ । देशलाई सङ्कटतिर धकलिरहेको छ, देशलाई मुठभेडतिर लैजाँदै छ, देशलाई संबैधानिक रिक्ततातिर लादै छ ।
यस्तो निकम्मा सरकार, कठपुतली सरकारबाट जनताले के अपेक्षा गर्ने ? लोकतन्त्र त वास्तवमा जनतालाई होइन नेता भनौदाहरुलाई आएको रहेछ । ९÷९ महिनामा सरकार परिवर्तन, प्रधानमन्त्री, मन्त्री बनाउनका निम्ति र तिनिहरुका निम्ति चिल्लो पजेरो चढ्नको निम्ति पो आको रैछ। खबरदार यदि त्यस्तो बुझेका हुन भने नेताहरुले ठूलो मूल्य चुकाउनु पर्ला अब नेपाली जनता चुप लागेर बस्ने छैनन् । यदि ती महान सहिदरु र घाइतेहरुको सपना पूरा गर्ने हो भने मात्र ती सहिदहरुको र घाइतेहरुको उच्च सम्मान हुनेछ नत्र तिमिहरुलाई सहिद र घाइतेहरुको रगतले पोल्नेछ । सहिदहरुलाई बर्षको एक चोटि सम्झेर सच्चा श्रद्धाञ्जली हुन सक्दैन ।
(लेखक जनआन्दोलनका घाइते हुन उनलाई २०६२/६३ को जनआन्दोलमा प्रहरीले चलाएको गोली लागेको थियो ।)

प्रकाशित : सोमबार, बैशाख ११, २०७४१८:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिद्दान्तमात्र बोक्नेलाई हैन इच्छाशक्ति भएकालाई चुनौ