यस्ता छन्, हिन्दु धर्ममा मान्दै आएका अन्धविश्वास, यस पछाडी लुकेका तथ्यहरु…

एजेन्सी –  ठाउँअनुसार परम्परा र रीतिरिवाजहरु पनि फरक हुने गर्छ।  यसैलाई मानिसहरुले आफ्नो जीवनशैली बनाएका छन् । हिन्दु धर्ममा मान्दै आएका परम्पराहरुको आ–आफ्नै मूल्य र मान्यता छ । आधुनिक युगमा यसलाई अन्धविश्वासको रुपमा लिएपनि यसको पछाडि विभिन्न कारणहरु छन्।

१) शिशुको नाभी काटेर फाल्नुहुदैंन 

शिशु जन्मिएपछि नाभीलाई काटेर फाल्नुहुदैंन, तमाको भाँडामा छोपेर राख्नुपर्छ भन्ने भनाई छ । हिन्दु धर्मअनुसार यसो गर्नाले बच्चा घरप्रति उत्तरदायी हुने र बच्चामा जिम्मेवारी बहन गर्न सक्ने क्षमताको बृद्धि हुने कुरामा विश्वास गरिन्छ ।

बैज्ञानिक अनुसन्धानबाट यसो गर्नाले नाभीमा हुने एक विशेष किसीमको कोषबाट अन्य कोषहरु विकसित हुन सक्ने क्षमता नष्ट नहुने कुरा पत्ता लगाएको छ ।

२) घर वा पसलको ढोकामा कागती वा हरीयो खुर्सानी झुण्ड्याउनुपर्छ

घर वा पसलको ढोकामा एउटा कागती र सातवटा खुर्सानी झुण्ड्याउनाले घरभित्र दुख, चिन्ता र दरिद्रता भित्रिन पाउँदैन भन्ने विश्वास गरिन्छ ।

बैज्ञानिक तर्क भने अर्कै छ । कागतीमा साइट्रिक एसिड र खुर्सानीमा क्यापसेसिन एसिड पाईन्छ । कागती र खुर्सानीलाई धागोले उनेर राख्दा दुबै एसिड मिल्न जान्छ । जस्बाट एउटा सुक्ष्म गन्ध पैदा हुन्छ । जस्ले गर्दा किटाणुहरु भित्र आउन सक्दैन र घरमा रोगब्याधिले सताउँदैन ।

३) महिनावारी भएका महिलाहरु घरभित्र र मन्दिरभित्र पस्नुहुदैन

महिनावारी भएको समयमा महिलाको योनीबाट निस्किने रगतमा विभिन्न किसीमका किटाणु तथा जीवाणुहरु आकर्षित हुने गर्छन् । र उनीहरुसँगै भएका किटाणु तथा फोहोर अनि रगतको दुर्गन्धले मन्दिरलाई अपवित्र बनाउने कारणले गर्दा रजस्वला भएका महिलाहरुलाई मन्दिरभित्र पस्न निषेध गरेको हो । त्यसैगरी यस्तो समयमा महिलाहरु निकै कमजोर हुने गर्छन् । घरको कामले प्रत्यक्ष असर पर्न सक्ने र रगतको दुर्गन्धले विभिन्न रोगलाई निम्त्याउन सक्ने हुदाँ घरभित्र पस्नुहुदैैन भनेर भनिएको हो ।

आधुनिक युगका मानिसहरुको सोच पहिलेभन्दा निकै परिवर्तन भईसकेको छ । यस्ता कुराहरुलाई अहिलेका मानिसहरुले अन्धविश्वासका रुपमा लिन्छन् । तर अझै पनि विकट गाउँहरुमा महिनावारी भएको महिलालाई गोठभित्र राख्ने परम्परा चलिरहेको छ ।

४) तुलसीको पात चपाउनाले पाप लाग्छ

हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको स्वरुपको रुपमा मानिन्छ । यसै कारणले गर्दा तुलसीको पातलाई दाँतले चपाउनुहुदैंन भन्ने विश्वास गरिन्छ ।

बैज्ञानिक मान्यता भने अर्कै छ । तुलसीको पातलाई चपाउनाले यस्मा पाईने आर्सेनिक रसायनले मुखमा भएको अल्कलाईन र दाँतमा भएको क्याल्सियमसँग प्रतिक्रिया गरी दाँतबाट क्याल्सियम सोस्दछ र कमजोर बनाउँछ ।

५) उत्तरतर्फ टाउको पारेर सुत्नुहुदैंन

उत्तरतर्फ टाउको राखेर सुत्नाले स्वास्थ्यमा नकारात्मक असर पर्ने कुरामा विश्वास गरिन्छ । यसै कारणले गर्दा सुत्दा टाउको उत्तरतर्फ पर्नुहुदैंन भन्ने भनाई छ ।

विज्ञानले पनि यस्तै निष्कर्ष निकालेको छ । उत्तरतर्फ टाउको राखेर सुत्नाले पृथ्वीको चुम्बकीय क्षेत्र र हाम्रो शरीरको जैविक चुम्बकिय क्षेत्रको बीचमा प्रतिकर्ष पैदा हुन्छ । जस्ले गर्दा स्वास्थ्यमा नराम्रो असर पर्छ ।

६) राति बढारेर घरको फोहोर बाहिर फाल्नुहुँदैन

पहिलापहिला अन्नलाई नै धन र सम्पत्ती मानिन्थ्यो । बिजुली नभएको कारणले गर्दा पहिला रातिको समय एकदमै अँध्यारो हुन्थ्यो । यस्तो समयमा बढार्यो भने भुइंमा खसेका अन्न र पैसाको सिक्का पनि फोहोरसँगै बाहिर फालिने डर हुन्छ । यसै कारणले गर्दा लक्ष्मी बाहिर भाग्छिन् भनिएको हो ।

७) घरभित्र नङ काट्नुहुँदैन

घरभित्र नङ काट्नाले नङ उछिट्टिएर जता पनि खस्न सक्छ । खाना वा पानीमा पनि पर्न सक्छ । र नङमा विभिन्न किसीमका किटाणुहरु हुन्छन् । यसलाई खानाले हामीलाई विभिन्न किसीमका रोगहरु लाग्छ । जस्ले गर्दा उपचारको लागि धेरै पैसा खर्च हुने हुन्छ । र यसले गरीबीलाई निम्त्याउँछ । यसै कारणले गर्दा घरभित्र नङ काट्नाले गरीबीले घेर्छ भनिएको हो ।

प्रकाशित : सोमबार, बैशाख ०४, २०७४१०:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ लक्षणबाट थाहा हुन्छ, तपाईको प्रेमीले कति धेरै माया गर्छ वा गर्दैन भन्ने कुरा !