तपाईको यस वर्षको (२०७४) वार्षिक राशिफल…

यस वर्ष २०७४ भरिको तपाइको राशिफल यहा प्रस्तुत गर्दछौ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मेष रासि भएका ब्याक्तिहरुका लागि भाद्र २२ गतेसम्मको समय बृहस्पतिको प्रतिकुल प्रभावले सामान्यत व्यावसायमा लगानि गरिहाल्ने समय रेहेकोछैन । हरेक क्षेत्रमा प्रतिस्पर्धिहरु हावि हुँन सक्छन् भने ऋण लाग्ने तथा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आयपनि पनि भाद्र २२ गते पछि बृहस्पतिले रासि परिवर्तन गरि सप्तम भावमा जाने हुँनाले व्यापार व्यावसायमा थप लगानि गर्ने वाताबरण बन्नेछ भने व्यावसायमा सहभागि हुँनेहरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । आफुलाई मन परेको मानिससँग वा पति पत्निका साथ रमाईलो यात्राको तय गर्न सकिनेछ भने माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्र तथा पढाई लेखाईबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । रमाईलो पारिवारिक यात्राको अधिक सम्भावना रहेकोछ भने व्यापार बिस्तारको लागि अथवा धार्मिक तथा शिक्षाको लागि देश बिदेशको यात्रा गर्न सकिनेछ । जेष्ठ ६ गतेबाट मंसिर ०१ गते सम्म अढैया शनिको प्रभावले काममा ढिलाशुस्ति हुँने,राजनिति,व्यापारि तथा बिद्यार्थि वर्गहरुले आफ्नो पक्षमा नतिजा पार्न अलि बढि संघर्ष गर्नुपर्नेछ । तर पनि तपाईको जन्म कुण्डलिमा शनि उच्च,स्वगृह तथा कुण्डलिा ३,६ तथा ११ भावमा भए राम्रो नतिजा हात लाग्नेछ । त्यस्तै २०७४ साल साउन २१ गते कर्म भावमा जाने केतु र शुख भावमा जाने राहुले व्यावसाय तथा नोकरिमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । भाद्र २२ गतेसम्म बृहस्पितिको प्रतिकुल प्रभावका कारण र जेष्ठ ६ गतेदेखि मंशिर १ गतेसम्म शनिको अढैयाका कारण शरिरमा जण्डिज,मोटेपन,कोल्डस्टोर तथा सामान्य नसा सम्बन्धि समस्या देखा पर्नसक्छ ध्यान दिनु जरुरि छ । आर्थिक दृष्टिले असार,असोज,माघ तथा फाल्गुन महिना मेष रासि हुँनेहरुका लागि शुभ रहनेछ भने अन्य महिना मिश्रित फल प्राप्त हुँनेछ । जन्म कुण्डलिमा शनि कमजोर हुँनेहरुले बिष्नुको पुजा तथा आराधना गर्ने,र बृहस्पतिको लागि बंगलामुखिको दर्शन तथा बटुक भैरभको पुजा तथा दर्शन गर्ने र आफ्नो ईष्टदेवको पुजा गर्नाले लाभ मिल्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

बृष रासि भएका ब्याक्तिहरुका लागि भाद्र २२ गतेसम्म बिद्या,बुद्धि र सन्तान घरमा गोचर गर्ने बृहस्पतिले बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिभिन्न किसिमका उपाहार,भौतिक सामान तथा चिठ्ठा पर्र्ने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने सन्तानको प्रगति देखेर मन प्रशन्न हुँनेछ भाद्र २२ गते पछि सत्रुघरमा गोचर गर्ने बृहस्पतिले मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँन सक्छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने तथा मौसमि रोगले सताउँने देखिन्छ । बिद्या तथा प्रतिश्पर्धामा बिद्यार्थि वर्गहरुले भनेजस्तो नतिजा हात पार्न मुस्किल रहेकोछ । जेष्ठ ६ गते सम्म र मंसिर १ गते पछि शनिको अढैयाले घर परिवारमा बिषेश गरि पति पत्निबिचको दुरि बढ्नेछ भन घरायसि कुरामा आफन्तबिच शैद्धान्तिक बिषयमा राय बाजिनेछ । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताका आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । व्यापार व्यावसाय लगानि गरे अनुसार प्रतिफल पाउँन मुस्किल रहेकोछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने तथा सरकारि ओहोदामा बसेर सेवा प्रभाह गर्ने व्याक्तिहरुबाट अनाबस्यक झन्झट व्यहोर्नु पर्नेछ । जन्म कुण्डलिमा शनि कमजोर हुँने हरुले नसा सम्बन्धि समस्या तथा प्यारालाईसिस तथा ग्यास्ट्रिकको समस्या झेल्नु पर्नेछ । त्यसै गरि भाद्र २१ सम्म शुखभावमा र कर्मस्थानमा गोचर गर्ने राहु तथा केतुले घर जग्गामा बिवाद सिर्जना गर्नेछ भने सवारि साधनको कारोबार गर्दा वा चलाउँदा ध्यान दिनुपर्नेछ । व्यापार तथा नोकरि गर्नेहरुले स्थान परिवर्तन गर्नुपर्ने हुँनसक्छ । भाद्र २१ गते पछि पराक्रम भावमा जाने राहुले दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा सुधार ल्याउँनुको साथै छोटो छोटो यात्राको अधिक सम्भावना रहेकोछ । त्सैगरि भाग्य भावमा गोचर गर्ने केतुले बसाई सराई तथा लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । आर्थिक दृष्टिकोणले साउँन कार्तिक फाल्गुन तथा चैत्र महिना उत्कृष्ट रहेकोछ । शनिको नकारात्मक प्रभावबाट बच्नको लागि बिश्नु भगवानको पुजा तथा आराधना गर्ने, पीपलमा हरेक शनिबार जल चडाउँने गर्दा लाभ मिल्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

मिथुन रासि हुँनेहरुका लागि भाद्र २२ गतेसम्म सुख भावमा रहने बृहस्पतिले घर जग्गा तथा सवारि साधनको कारोबार तथा खरिद बिक्रिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन तथा व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नती हुँनेछ । आमा वा आमासरहका मानिसबाट भनेजस्तो सहयोग प्राप्त हुँने हुँदा अग्रगामि छलाङ मार्न सकिनेछ । भाद्र २२ गतेपछि बिद्या स्थानमा जाने बृहस्पतिले मानव निर्मित तथा भौतिक साधन प्राप्तिको योग बनाउँनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने खोज अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा नकाल्न सकिनेछ । प्रेम प्रङगमा प्रेमका कोपिलाहरु फक्रनेछन् । जेष्ठ ६ गतेबाट मंसिर ०१ गते सम्म बक्रि भएर सत्रुस्थानमा गोचर गर्ने शनिले बाद बिवाद तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । मंशिर ०१ गतेदेखि सप्तम भावमा जाने शनिले पारिवारि समया आउँने तथा घर परिवारमा घरायसि कुरामा बैमनस्यता सिर्जना गर्नेछ । व्यापार व्यावसाय खस्केर जानेछ भने साझेदारहरु बिच मनमुटाव बढ्नेछ । शरिरमा आलश्यत तथा अल्छिपना बढेर जानेछ भने काम गर्ने जोस जागरमा कमि आउँनेछ । साउँन २१ गते सम्म पराक्रम भावमा गोचर गर्ने राहुले छोटो छोटो यात्राको अधिक सम्भावना रहेकोछ भने दाजुभाई तथा छिमेकिलाई साथ लिएर अगाडि बढ्नाले फाईदा हुँनेछ । साउँन २१ गते पछि धन भावमा जाने राहुले धन तथा सम्पतिको अकस्मात हानि हुँन सक्छ ध्यान दिनुहोला । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दुरि बढ्नेछ भने सत्रुहरु सक्रिय हुँन सक्छन् । साउँन २१ गतेसम्म भाग्य भावमा गोचर गर्ने केतुले अकस्मात भाग्यमा बृद्धि हुँनेछ भने साथिभाई तथा ईष्टमित्रहरुले तपाईले बनाएका आर्थिक योजनाहरुलाई खुलेरै समर्थन गर्नेछन् । मानसम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएपनि साउँन २१ गते पछि अष्टम भावमा जाने केतुले अनाबस्यक खर्च बढ्नेछ भने गोप्य अंगहरुमा समस्या आउँन सक्छ । व्यावसाय तथा शिक्षाको लागि देश बिदेशको यात्राको अधिक सम्भावना रहेकोछ । यो वर्ष शनिको मन्त्रजप तथा भटुक भैरवको भक्तिभावका साथ पुजा आराथना गर्नाले लाभ मिल्नछ । आर्थिक दृष्टिकोणले भाद्र, मंशिर,फाल्गुन,चैत्र महिना उत्कृष्ट रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कर्कट रासि हुँनेहरुका लागि भाद्र २२ गतेसम्म पराक्रम भावमा रहने बृहस्पतिले उत्पादित उद्योगमा लगानि गर्ने अवसर आयपनि आम्दानि थोरै हुँनाले आर्थिक स्थिति कमजोर हुँनेछ । दाजुभाई तथा छिमेकिसँग बिवादमा फस्ने योग रहेकोछ । छोटो यात्रा भएपनि यात्राका क्रममा अनाबस्यक झन्भट बेहोर्नु पर्नेछ । भाद्र २२ गनेपछि शुख भावमा जाने बृहस्पतिले आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । कृषि तथा चौपाया व्यावसायमा लगानि बढाई प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । घर जग्गाको घरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ भने स्थाई सम्पति जोड्ने समय रहेकोछ । माता पिताको सहयोग तथा आशिर्वाद प्राप्त हुँने हुँनाले कामगर्न जोस जागर बढेर आउँनेछ । अध्ययान,अध्यापन,बैक तथा बित्तिय क्षेत्रमा समय खर्चिने हरुले राम्रो प्रगति गर्न सक्नेछन् भने नोकरिमा बढुवा हुँने योग रहेकोछ । जेष्ठ ६ गतेसम्म र मंशिर १ गते पछि सत्रु घरमा गोचर गर्ने शनिले बादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुँनेछन् भने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुँनेछन् । मावलि तथा मामा पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । जेष्ठ ६ गतेदेखि मंसिर १ गतेसम्म बक्रि भएर बिद्या स्थानमा भम्रण गर्ने शनिले अध्ययनमा खासै मन जानेछैन । पेट सम्बन्धि समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा फक्रन लागेको कोपिलाहरु शनिको प्रभावले गर्दा फुल्न पाउँने छैनन् भने सवारि साधन तथा भौतिक सामान प्रयोग गर्दा ध्यान दिनुहोला । उपाहार तथा चिठ्ठा प्राप्तिको योग भएपनि टरेर जानेछ । साउन २१ सम्म धनस्थानमा भएको राहुले अचानक धन सञ्चयमा कठिनाई हुँनेछ भने निर्णायक तहमा बसेर काम गर्नेहरुले अरुको प्रभावमा परेर गलत निर्णय गर्दा आलोचना सहनुपर्नेछ भने आफन्त तथा कुटुम्बहरु टाडिन सक्छन् ध्यान दिनुहोला । साउँन २२ गतेपछि लग्नमा गोचर गर्ने राहुले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुँनेछ भने आर्थिक व्यावस्थापनमा पाटाहरु मजभुत रहनेछन् । छोरा छोरिको प्रगति देखेर मन प्रफुल्ति होईनेछ भने लग्गमा भम्रण गर्ने राहुले मानशिक तनाब सिर्जना नगर्ला भन्न सकिन्न । त्यसैगरि साउँन २१ गतेसम्म अष्टम भावमा बस्ने केतुले आउनै लागेको धन सम्पति हात पर्न गाह्रो हुँनेछ भने तल्लो पेट तथा मलद्धारमा समस्या आउँन सक्छ ध्यान दिनुहोला । साउँन २२ गतेपछि सप्तम भावमा जाने केतुले राज्यबाट लाभ पाउँने तथा सम्मानित हुँने योग रहेकोछ । व्यापार व्यावसायमा बृद्धि हुँनेछ भने आर्थिक व्यावस्थापनका पाटाहरु मजभुत हुँनेछन् । आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले असोज,पौस,बैसाख,जेष्ठ राम्रो रहेकोछ । बंगलामुखि देबिको पुजा तथा आराधना तथा शनिबार बिश्नुको पूजा तथा पिपलमा जल चडाउँला लाभ मिल्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सिंह रासि भएका हरुका लागि भाद्र २२ गते धन तथा कुटुम्ब स्थानमा रहने बृहस्पतिले धन सम्पतिमा बृद्धि हुँनेछ भने प्रशस्त रुपैया पैसा संग्रह गर्न सकिनेछ । निर्णायक तहमा बसेर गरिने निर्णयहरु समाज तथा जनताको पक्षमा हुँनेछन् भने राज्यबाट लाभ मिल्ने समय रहेकोछ । बोलिको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । भाद्र २२ गतेपछि पराक्रम भावमा जाने बृहस्पतिले यात्राको क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । दाजुभाई तथा छिमेकि सँगको सम्बन्ध बिग्रनेछ भने कुटुम्बजनसँग झै झगडाको योग बन्नेछ । सरकारि तथा प्रशासनिक पद धारण गर्नेहरुले बिचौलियाहरुको प्रभावमा परेर राष्ट्रघाति निर्णयहरु गर्न सक्नेछन् भने जनताहरुले सरकारि पद धारण गरि सेवा प्रबाह गर्नेहरुबाट अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ । जेष्ठ ६ गते सम्म र मंसिर १ गतेपछि बिद्या स्थानमा भम्रण गर्ने शनिले व्यापार व्यावसायमा मन्दि आउँनेछ भने आर्थिक व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । छोरा छोरिसँग सत्रुत्रा बढ्नेछ सन्तानको स्वास्थ्यमा खराबि आउँन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा खासै मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक रुपमा सबल हुँन योजनाहरु बनेपनि कार्यान्वयनको चरणमा लैजान मुस्किल रहेकोछ । जेष्ठ ६ गतेबाट मंशिर १ गतेसम्म शनिको अढैयाको प्रभावले यात्राहरु कष्टकारि हुँनेछ भने कृषि,पशुपालन व्यावसाय खस्केर जानेछ । सामाजिक काममा जनताको आलोचनात्मक समर्थन रहनेछ । तर पनि जन्म कुण्डलिमा शनि बलवानहुँनेहरुका लागि भने शनिको अढैयाले फलिफाप हुँनेछ । साउँन २१ गतेसम्म लग्नमा रहने राहु र सप्तम भावमा रहने केतुले सामाजिम मान प्रतिष्ठा बढ्नेछ भने व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । त्यसैगरि साउँन २१ गतेपछि खर्च भावमा जाने राहुले औषधि उपचार खर्च बढाउँने तथा सुखमा कमि गर्ने तथा पशु चौपायबाट हानि हुँनेछ । घर छोडि देश बिदेशको यात्रा हुँनेछ भने राज्यबाट अपमान, दण्ड तथा जरिवाना सहनु पर्नेछ । साउँन २१ गते पछि सत्रु स्थानमा भम्रण गर्ने केतुले प्रतिश्पर्धिहरु तथा सत्रुहरु हाबि हुँनेछन् । काममा वा व्यावसायमा बिध्नबाधाहरु गर्नेहरुले सताउँन सक्छन् । आँखामा कष्टको अधिक सम्भावना रहेकोछ । बृहस्पतिको नकरात्मक प्रभावबाट बच्न देबि तथा बंगलामुखिको पूजा तथा आराधना गर्ने शनिदेवलाई खुसि पार्नको लागि बिष्नुको पूजा तथा आराधना, पीपलमा जल चडाउँने, राहु तथा केतुको लागि भैरबको दर्शन तथा आराधना गर्नुपर्दछ । आर्थिक दृष्टिकोणले जेष्ठ,असार,भाद्र,कार्तिक र माघ पहिना राम्रो रहेपनि अन्य महिना मध्ययम रहनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

कन्या रासि हुँनेहरुका लागि भाद्र २२ गतेसम्म लग्नमा र भाद्र २२ पछाडि धनभावमा जाने बृहस्पतिले समाजसेवा तथा राजनिति गर्नेहरुले जनताको गतिलो समर्थन पाउँनेछन् भने राज्यबाट पद पाउँने अधिक सम्भावना रहेकोछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसायमा समय खर्चिने हरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । जग्गा तथा घरको खरिद बिक्रिबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । कुनै पनि काम गर्न जोस जागर आउँने तथा ईच्छाशक्तिमा बृद्धि भएर जानेछ । माया प्रेममा फक्रन लागेका कोपिलाहरुलाई बिबाहमा परिणत गरि घरजम गर्न सकिनेछ । घर परिवारमा आफन्त तथा कुटुम्ब सबैको सहयोग तथा समर्थन पाईने हुँनाले मन प्रशन्न रहनेछ । जेष्ठ ६ गते अगि र मंसिर १ गते पछि पराक्रम भावमा गोचर गर्ने शनिले छोटो तथा अर्थपुर्ण यात्रा तय गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको थाल्नु भएको काम र चाल्नु भएको कदममा साथ रहनेछ । बिवादित बिषयलाई टुङग्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । जेष्ठ ६ गतेसम्म र मंसिर १ गतपछि शुख भावमा भम्रण गर्ने शनिको अढैयाका कारण सत्रु बढ्ने तथा रोग लाग्ने समय रहेकोछ । यात्राका सवालमा केहि कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । आम्दानिमा कमि हुँने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रभाह गर्नेहरुले अनाबस्यक दुख दिनेछन् तर जन्म कुण्डलिमा शनि उच्च, स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैया राम्रो फल प्राप्त हुँनेछ । सत्रुघरमा तथा बिद्या स्थानमा गोचर गर्ने केतुले बिध्न बाधा तथा सन्तानसँग मतभेद भएपनि साउँन २१ गतेसम्म बिदेश भावमा गोचर गर्ने राहुँले खर्च बढेपनि अध्ययन तथा कामको लागि देश बिदेशको यात्रा हुँनेछ । साउँन २१ गते लाभस्थानमा जाने राहुले अकस्मात धन तथा भौतिक सम्पति लाभ हुँनेछ भने ईष्टमित्रहरुबाल सहयोग प्राप्त हुँनेछ । प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गरि प्रशस्त आम्दानि गर्न सकिने तथा सरकारि धन तथा सम्पति प्राप्त हुँनेछ । आर्थिक दृष्टिकोणले असार,साउँन,मंशिर तथा फाल्गुन राम्रो रहनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,त)

तुला रासि हुँने हरुका लागि साउँन २१ गतेसम्म लाभ भावमा गोचर गर्ने राहुँले पैत्रिक सम्पति तथा सरकारि सम्पति प्राप्तिको योग रहेकोछ । दानधर्म तथा शुथ कार्यमा खर्च बढ्ने भएपनि धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । पुत्र तथा सन्तानसँग सामान्य बिवादको योग भने राहुले सिर्जना गर्नेछ । साउँन २१ गते पछि राज्यभावमा गोगर गर्ने राहुले राज्यबाट पद प्राप्तिको योग बनाउँदछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । साउँन २१ गतेसम्म बिद्या भावमा गोचर गर्ने केतुले खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहनेछ भने बिद्या तथा प्रतिश्पर्धामा नतिजा आफ्नो पोल्टोमा पार्न अलि बढिनै मेहनेत गर्नुपर्नेछ । साउँन २१ गतेपछि शुख भावमा आउँने केतुले किर्तिमानि काम गरि प्रशिद्धि कमाउँन सकिनेछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सवारि साधन तथा भुमि प्राप्तिको गतिलो सम्भावन रहेकोछ । भाद्र २२ गतेसम्म बिदेश भावमा गोचर गर्ने बृहस्पतिले समान्य स्वास्थ्य सम्बन्धि समस्या ल्याउँने भएपनि आर्थिक उपार्जन तथा अध्ययनको शिलशिलामा बिदेश यात्रा गर्ने अवसर प्राप्त हुँनेछ । शुभ तथा मांगलिक कार्यमा खर्च बढ्नेछ भने धार्मिक तथा तिर्थ यात्रा गर्न सकिनेछ । जेष्ठ ६ गतेसम्म र मंसिर १ गतेपछि पराक्रम भावमा गोचर गर्ने शनिले आर्थिक व्यावस्थापनमा पाटाहरु सबल हुँनेछ भने सुख सम्पति तथा भाग्यमा बृद्धि हुँनेछ । सत्रुलाई परास्त गर्दै अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे लाभ हुँनेछ भने घर जग्गा खरिद गर्न सकिनेछ । भाद्र २२ गतेपछि लग्नका भ्रमण गर्ने बृहस्पतिले माया प्रेममा एक अर्काबिच अबिश्वास सिर्जन हुँनेछ भने दाम्पत्य जीवनमा घटपट हुँनसक्छ । आउँने अवसरहरुलाई सहि बिश्लेशण गरि अगि नबढ्दा आर्थिक मुद्दाहरु अथुरै रहनेछन् । आर्थिक दृष्टिकोणले साउँन, भाद्र,पौस तथा चैत्र अनुकुल रहेकोछ भने अन्य महिना मध्ययम रहेकोछ । प्रतिकुल समयमा देबि तथा बंगलामुखिको दर्शन, पुजा तथा आराधना, बटुक भैरबको दर्शन तथा पूजा र शनि तथा बृहस्पतिको मन्त्रजप गर्नाले लाभ पाउँन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बृश्चिक रासि हुँनेहरुका लागि भाद्र २२ गतेसम्म आयभावमा गोचर गर्ने बृहस्पति र कर्म तथा भाग्यभावमा भ्रमय गर्ने राहुले बिभिन्न अवसर आउँने र ति अवसरलाई सदुपयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा पदोन्नतीको वा अनुकुल ठाउँमा स्नानान्तरण हुँनेछ । प्राकृतिक तथा सरकारि स्रोत साधन तथा पैतृक धनको प्रयोग मार्फत प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेविहरुले जनताको समर्थन पाउँने हुँदा राज्यबाद पद प्राप्त गर्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । नयाँ उद्योग धन्दा तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुँनेछ । भौतिक सम्पति तथा भुमि जोड्ने समय आउँनेछ । काम तथा अध्ययनको सन्द्रर्भमा बिदेश यात्राको तय गर्न सकिनेछ । वर्षभरिनै शुख तथा पराक्रम भावमा भ्रमण गर्ने केतुले कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने नविन कार्यमा मन जानेछ । सत्रु परास्त हुँने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् भने छोटो छोटो यात्रा अधिक हुँनेछ । शनिको अन्त्य साढेसाति कारण झुटा आरोप लाग्ने तथा मान सम्मानमा कमिको महशुुस हुँनेछ भने आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दुरि बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा एक अर्कालाई शंकाको नजरले हेर्दा नचाहादा नचाहादै छुट्नु पर्ने अवस्था आउँनेछ । हतियार तथा दुर्घटना भई चोटपटक लाग्नेछ भने दाजुभाई तथा जविन साथिसँग मनमुटाव बढ्नेछ । तरपनि जन्मकुण्डलिमा शनि उच्च,स्वागृह तथा ३,६,११ भावमा भए काम तथा अध्ययनको शिलशिलामा देश बिदेशका यात्रा हुँनेछ । आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,असोज,माघ महिना अनुकुल रहेकोछ भने अन्य महिना मध्ययम रहेकोछ । बंगालामुखिको पुजा तथा आराधना तथा शनिलाई खुसि पार्नको लागि बिश्नुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धनु रासि भएका व्याक्तिहरुलाई प्रारम्भमा कर्म स्थानमा भएको बृहस्पति र भाग्यभावमा गोचर गर्ने राहुले सामाजिम पद प्रतिष्ठा प्राप्त हुँनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सरकारि तथा प्रसाशनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त आम्दानि गर्न सकिनेछ । बिद्यार्थिवर्गहरुले बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्र्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको शिलशिलामा देश बिदेशको यात्रा हुँनेछ । माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा परिणत गर्न सक्नेछन् । लामो दुरिको धार्मिक यात्रा हुँनेछ भने परोपकार जन्य काममा सहभागि भईनेछ । भाद्र २२ गते लाभ स्थानमा प्रबेस गर्ने बृहस्पतिले प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेकोछ । ईच्छित चाहना तथा मनोकामनाहरु पुरा हुँनेछन् । साउँन २१ गते अष्टम भावमा आउँने राहु तथा धन भावमा गोचर गर्ने केतुले अकस्मान धनको बृद्धि गराउँनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । ईष्टमित्र तथा बन्दुबान्धबबाट लाभ मिल्नेछ भने स्वास्थ्य सम्बन्धि समस्या बढ्न तथा आँखामा समस्या आउँनेछ । वर्षभरिनै खर्चभाव तथा लग्नभावमा शनिको मध्य साडेसातिको प्रभाव रहनेछ । जन्म कुण्डलिमा शनि कमजोर हुँनेहरुलाई बिभिन्न समस्या आईपर्ने,झुटा आरोप लाग्ने तथा समयमा काम सम्पन्न नहुँने तथा शरिर कमजोर हुँने समस्या आईपर्नेछ । साढेसातिको प्रभाव हुँनेहरुले महांकाल तथा कालि भगवतिको आराधना गरि प्रत्यक शनिबार पपिलमा पानि चडाउँदा फाईदा हुँनेछ । आर्थिक दृष्टिकोणले जेष्ठ,असोज,कार्तिक तथा फाल्गुन महिना राम्रो हुँनेछ भने अन्य महिना मध्ययम रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

मकर रासि हुँने हरुका लागि भाद्र २१ गतेसम्म भाग्य भावमा भ्रमण गरि भाद्र २२ गतेपछि कर्मस्थानमा जाने बृहस्पतिले राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले सम्मानजनक पद प्राप्त गर्नेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुँनेछ । भाग्यले साथ दिने हुँनाले सानो प्रयत्नले ठुलो काम बन्नेछ । व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् भने लगानि बढाउँने अवसर जुट्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रका प्रगति हुँनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर जग्गा तथा स्थाई सम्पति जोड्न सकिनेछ । नयाँ कामको खोजिमा रहेकाहरुले नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँनेछ । माया प्रेमको सम्बन्ध बिवाहमा परिणत हुँनेछ भने जीवन साथिको सहयोगले बिषेश काम गर्ने अवसर प्राप्त हुँनेछ । साउँन २१ गतेसम्म अष्टम भावमा गोगर गर्ने राहुले स्वास्थ्यमा समस्या आउँने तथा सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा होसियार हुँनुहोला दुर्घटना हुँन सक्छ । साउन २१ गते सप्तम भावमा आउँने राहुँ तथा लग्नका आउँने केतुले व्यापार बिश्तारको सवालमा देश बिदेशका यात्रा हुँनेछ भने लग्नमा आउँने केतुले अकस्मात धन तथा सम्पतिमा बृद्धि हुँनेछ । जेष्ठ ६ गतेसम्म र मंशिर ०१ गते पछि शनिको अढैयाको प्रभावले औषधि उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरु सँग बिवाद बढ्नेछ । सामाजिक काम समयमा सम्पन्न नभई मान सम्मानमा दाग लाग्नेछ तर पनि जन्म कुण्डलिमा शनि उच्च तथा स्वगृह तथा ३ ६ ११ भावमा भए शुभ फल प्राप्त हुँनेछ भने शैक्षिक तथा कामको शिलशिलामा देश बिदेशको यात्रा हुँनेछ । शनिको नकरात्मक प्रभावबाट बच्नको लागि महांकाल तथा कालि भगवतिको पूजा आराधना गरि पीपलमा जल चडाउँदा फाईदा हुँनेछ । वर्षभरि राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार, कार्तिक, मंसिर तथा चैत्र महिना लाभदायक रहेकोछ भने अन्य महिना मध्ययम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कुम्भरासि हुँनेहरुका लागि भाद्र २२ गतेसम्म अष्टम भावमा रहने बृहस्पतिले व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँनाले आर्थिक व्यावस्थापन गर्न असजिलो महशुस हुँनेछ । कामक्षेत्रमा काम गर्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला अरुको प्रभावमा परेर गरिने काम तथा निर्णयले नोकरिनै संकटमा पर्नेछ । पारिवारिक समस्या बढ्नेछ भने ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्नेछ । भाद्र २२ गतेपछि भाग्यभावमा जाने बृहस्पति तथा साउँन २१ गतेसम्म लग्नमा रहने केतु र सम्तम भावमा गोचर गर्ने राहुले व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सबल हुँनका लागि थालिएका काम र चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । सानो प्रयत्नले ठुलो काम बन्नेछ भने राज्यबाट मान सम्मान तथा ईज्जत प्रतिष्ठा पाईनेछ । राजनिति तथा समाजसेवामा सयम खर्चिने हरुले पद प्राप्त गर्नेछन् । मातृभुमि छोडेर लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुँनेछ भने पुत्र लाभको गतिलो सम्भावना रहेकोछ । साउँन २१ गतेपछि सत्रुभावमा जाने राहुले र खर्च भावमा जाने केतुले मनमा अशान्ति पैदा गर्नेछ भने आँखा तथा स्वास्थ सम्बन्धि समस्या निम्त्याउँनेछ । मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग तथा समर्थन रहनेछैन । जेष्ठ ०६ गतेदेखि कर्मस्थानमा बक्रि भएर प्रबेस गर्ने शनिले धन सम्पति तथा स्थाई सम्पतिमा बिवाद ल्याई खर्च बढाउँनेछ भने छाति सम्बन्धि समस्या आउँनेछ घर परिवारमा सामान्य बिवाद सिर्जना गर्नेछ भने नोकरि स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । जेष्ठ ६ गते र मंसिर १ गतेपछि लाभ भावमा गोचर गर्ने शनिले भुमि तथा खनिज पदार्थको व्यापार व्यावसायबाट पसस्त आम्दानि हुँनेछ भने नोकरिमा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईनेछ । आर्थिक दृष्टिकोणले बैसाख साउँन मंसिर,पौस महिना उत्कृष्ट रहेको छ भने अन्य महिना मध्ययम रहेकोछ । बिधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखिको पूजा तथा आराधना तथा राहु केतुको लागि बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

साउन २१ गतेसम्म सत्रुघरमा गोचर गर्ने राहु र खर्च स्थानमा गोचर गर्ने केतुे ऋण,रोग तथा सत्रु बढाएपनि साउँन २१ गते पछि पञ्चम भावमा गोचर गर्ने राहु र लाभ आउँमा आउँने केतुले अचानक धन तथा दौलतको बृद्धि गर्नेछ भने चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । भाद्र २२ गतेसम्म सम्तम भावमा भम्रण गर्ने बृहस्पतिले व्यापार व्यावसायमा समय दिनेहरुले पसस्त रुपैया पैसा कमाउँन सक्नेछन् भने नयाँ काम पाउँने तथा नोकरिका बढुवा हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा निकाल्न सकिनेछ भने अध्ययन तथा व्यापारको शिलशिलामा देश बिदेशको यात्रा हुँनेछ । माया प्रेम गर्नेहरुले आफ्नो सम्बन्धलाई बिवाहमा परिणत गर्नेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले राज्यबाट मान सम्मान पाउँनेछन् । भाद्र २२ गतेपछि अष्टम भावमा जाने बृहस्पतिले र वर्षभरिनै भाग्यभाव तथा कर्मस्थानमा भम्रण गर्ने शनिले भौतिक सम्पति हराउँने तथा लुटिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकै लामो समय खर्चिनु पर्नेछ भने नोकरि परिवर्तन गर्नुपर्ने तथा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । बैक तथा बित्तिय क्षेत्रमा लगानि गर्नेहरुले सन्तोषजनक कमाई गर्न सक्नेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा कष्टपुर्ण यात्रा हुँनेछ । घर परिवारसँग घरायसि कुरामा बिवाद बढनेछ भने सैद्धान्तिक राय बाजिनेछ । माया प्रेममा नचाहाँदा नचाहाँदै एक अर्का बिच छुट्टिनु पर्दा नरमाईलो महशुष हुँनेछ । आर्थिक दृष्टिकोणले जेष्ठ,भाद्र,पौस र माघ पहिना उत्कृष्ट रहेका छन् भने अन्य महिना मध्ययम रहेकोछ । बिधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखिको पूजा,आराधन तथा दर्शन र शनिको लागि मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चडाउँनाले लाभ मिल्नेछ ।

नयाँ बर्ष २०७४ सालको उपलक्ष्यमा देश बिदेशमा रहनु हुँने सम्पुर्ण आफन्त,पाठक तथा सुभचिन्तकहरुलाई  उत्तर उत्तर प्रगतिको शुभकामना दिदै तपाईको दिन शुभ बितोस भन्ने अपेक्षा राख्दछौ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

प्रकाशित : बिहिबार, चैत ३१, २०७३२१:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चिउँडोको आकारबाट तपाईका बारे धेरै कुरा पत्ता लाग्न सक्छन् ? जान्नुहोस् कसरी ?