शरीरका यी भागमा हुने कोठीले के संकेत गर्छ ? हेर्नुहोस् !

एजेन्सी – कोठीको बारेमा धेरै सिद्धान्तहरु पाईन्छ । जीवनको धेरै कुराहरुको संकेत कोठीले गर्छ भन्ने विश्वास गरिन्छ । शरीरको विभिन्न भागमा भएको कोठिले निम्नानुसार धन र समृद्धिको संकेत गर्छ ।

१) ओंठको माथि: ओंठको माथि कोठि भएका मानिसहरु सुखी हुन्छन् । यीनीहरुले आफ्नो साथीहरु भन्दा पहिले नै पैसा र सफलताको आनन्द लिन पाउँछन् । यीनीहरु अलि जिद्दि स्वभावका हुन्छन् । यसै कारणले गर्दा यीनीहरुले चाडैं नै सफलता हासिल गर्छन् ।

२) नाक
नाकमा वा नाकको छेउमा कोठी भएका मानिसहरु धनी बन्छन् । तर पैसा र सफलता भने विवाहपछि मात्र प्राप्त गर्छन् ।

३ ) थर्ड आई: दुबै आँखा र आँखी भौको बीचको भागलाई थर्ड आई भनिन्छ । यस भागमा कोठी भएका मानिसहरु धनी हुन्छन् । र यीनीहरुको जीवनशैली पनि राम्रो हुन्छ । यस्ता व्यक्तिले जीवनमा आवश्यक भन्दा बढि पैसा प्राप्त गर्छन् ।

४ ) पैताला: यदि तपाईंको पैतालामा कोठी छ भने , तपाईंले घुम्ने मौका धेरै नै पाउनुहुनेछ । देश वा विदेश दुबै ठाउँमा यात्रा गर्ने मौका तपाईंले प्राप्त गर्नुहुन्छ । तपाईंको लागि यात्रा जीवनको अभिन्न अङ्ग भएपनि विदेशमै बसोबास गर्नुपर्छ भन्ने चाहिं हुदैंन ।

५ ) दायाँ हत्केला: दायाँ हत्केलामा कोठी भएका मानिसहरुले धन र सफलता दुबै प्राप्त गर्छन् । तर कोठी भएको भागले कति समय लाग्छ भन्ने संकेत गर्छ । यदि तपाईंको कोठी माथिल्लो आधा भागमा अवस्थित छ भने , चाडैं नै सफलतालाई चुम्न सक्नुहुन्छ । त्यसैगरी कोठी तल्लो आधा भागमा अवस्थित छ भने , धन र सफलता प्राप्त गर्न तपाईंलाई केही समय लाग्छ ।

६ ) छाती
छातीमा कोठी भएका मानिसहरु शान्तिपूर्वक आफ्नो जीवन बिताउँछन् । र यस्ता व्यक्तिहरु सधैं धनी हुन्छन् ।

७ ) चिउँडो
चिउँडोमा कोठी भएका मानिसहरु धन प्राप्त गर्नमा निकै नै भाग्यमानी हुन्छन् । समाजवादको कुरा आउँदा भने यीनीहरु एक्लै बस्न रुचाउँछन्।

८ ) गालाको दायाँ भाग: गालाको दायाँ भागमा कोठी भएका मानिसको विवाहपछि धनी हुने संभावना निकै हुन्छ ।

९ ) कम्मर: कम्मरमा कोठी हुने मानिसहरु भाग्यशाली र अभागी दुबै हुन्छन् । यस्ता व्यक्तिहरुले धेरै धन र समृद्धि प्राप्त गर्छन् । तर जीवनको धेरै क्षणहरुमा दुखी पनि हुने गर्छन् ।

प्रकाशित : मङ्गलबार, चैत २९, २०७३१७:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईको खुट्टाको दास्रो औंला अरु औंलाभन्दा ठूलो छ ?