विवाहपछि पुरुषले अरु महिलासँग सम्बन्ध राख्छन् कि राख्दैनन् ? यसरी जानुस्

एजेन्सी – विवाह गरिसकेपछि महिला र पूरुष बीचको सम्बन्ध सधैंका लागि गाँसिन्छ । सुखी बैवाहिक सम्बन्धको लागि एकअर्काको बीचमा प्रेम र विश्वास हुनु जरुरी हुन्छ । समय बित्दै गएपछि श्रीमानको श्रीमतीसँगको रुची पनि घट्दै जाने हुन्छ । यसै कारणले गर्दा पूरुषहरु अरु महिलाहरुप्रति आर्कषित हुने गर्छन् । यसबाट उनीहरुको सम्बन्ध विच्छेद हुने सम्भावना धेरै नै रहन्छ । विवाहपछि पूरुषहरु अरु महिलाहरुप्रति आर्कषित हुने अन्य कारणहरु निम्नानुसार छन् ।

१) शारीरिक सम्बन्ध: प्रायजसो विवाह पछि पूरुषहरु आफ्नो श्रीमतीबाट असंन्तुष्ट हुने गर्छन् । यसै कारणले गर्दा आफ्नो शारीरिक इच्छालाई पुरा गर्नको लागि बाहिर अरु महिलासँग सम्बन्ध राख्ने गर्छन् ।                        

२) बदलाको भावना: सधैं घरमा झगडा हुने कारणले गर्दा आफ्नो श्रीमतीसँग बदला लिनको लागि पूरुषहरु अरु महिलासँग सम्बन्ध गाँस्ने गर्छन् ।                                          

३) दिक्क लाग्नु: समय बित्दै गएपछि महिलाहरु घरको काम र बच्चालाई हेर्नमै ब्यस्त हुने हुँदा आफ्नो श्रीमानलाई पहिले जति समय दिन सक्दैनन् । श्रीमतीको यस्तो व्यवहारबाट दिक्क भई उनीहरु बाहिर सम्बन्ध बनाउने गर्छन् ।

४) अरु महिलासँग धेरै समय बिताउनु: अफिसमा ७–८ घण्टासम्म महिला र पूरुष सँगै बसेर काम गर्ने गर्छन् । धेरै समयसम्म सँगै बिताउनाले पूरुष महिलाप्रति आकर्षित हुन्छन् । यसै कारणले गर्दा पनि पूरुषको सम्बन्ध अरु महिलाप्रति हुने गर्छ ।

प्रकाशित : आइतबार, चैत २७, २०७३१४:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन्, ३०० किलो तौल घटाएकी महिला ! यसरी घटाएकी थीइन् तौल यिनले