यो देशमा अपराधी, ज्यानमाराले ताली र सम्मान पाउछ

यो देशमा निष्ठावान र ईमान्दारी ब्यक्तिले गाली, श्राप पाउछन, तर अपराधी ज्यानमाराले ताली र सम्मान पाउछ, सुन्दा पनि अचम्म चकित पर्ने कुरा के भन्ने कसलाई भन्ने कहाँ भन्ने सुन्न पर्ने मान्छेले कान थुनी दिन्छन अाखाँ बन्द गरिदिन्छ कानुनलाई समेत मुखुण्डो लगाउँछन पहुचकै अाधारमा कानुन खल्तिमा हालेर हिड्छन के मात्र भन्ने कति हल्ला गर्ने अाफुले हल्ला गरेको चिच्याहाट गरेको ध्वनीले अाफ्नै कान बन्दहोला जस्तो भईसक्यो तर सुन्न पर्ने ब्यक्तिहरुले कहिल्यै सुनिदिएनन् देखेर नदेखे झै गरे बुच पचाईरहे

हो अाज त्यस्तै भएको छ सञ्जाल भरि हल्ला भएको छ समचारको बाढी अाएको छ ठुला ठुला अक्षरमा हेडलाईन नै बनेर अाएको छ तर अहँ संम्बन्धित निकायले यसलाई वास्ता गर्दैन के भन्ने चिच्याउनु रुनु कराउनु को यहाँ अर्थ छैन देशलाई माया गर्नेहरु चिच्याउछन घचघच्याउछन तर अहँ सुनिदिने कोहि छैन ।

लेखक:- हरि थापा, दोलखा

अपराध कहिल्यै पुरानो हुदैन अपराध अपराध नै हो तर पनि कति लज्जाष्पद कुरा अब त लाज छोप्ने ठाउ पनि छैन यताँ तान्दा उत्ता तान्दा सबै तिर भ्वाङ परिसक्यो ह्वाङ ह्वाङती हुदा पनि सरोकारवाला निकायहरु निर्धक्क भएर हिडेका छन । हो यहाँ देखाउने लाई भन्दा हेर्नेलाई लाज भएको छ ।

कानुनी रुपमा नेपालको सर्वोच्च अदालतबाट ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाइएका र नेपाल प्रहरीको नजरमा मस्टवान्टेड सुचिमा रहेका फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा आइतबार ढुंगेललाई ताम्रपत्रसहित सार्वजनिक अभिनन्दन गरेका छन् भन्ने कुरा जत्ता तत्तै फैलिएको छ ।ठुला बडा भन्ने राजनितिक दलका ब्यक्ति पनि सास नकाढी बसेका छन।

ढुङ्गेललाई कारवाही गर्ने सामर्थ्य राजनितिक दल कुनै पाटी संगठन प्रहरी प्रशासन कसैको पनि रहेनछ भन्ने कुरा प्रष्ट भयो यो देशको कानुन पहुचकै अाधारमा अाखाँ छोप्न खल्तिमा हाल्न सकिने रहेछ भन्ने यी दुई अपराधी महापुरुषको उदाहरण बाट सजिलै अनुमान लगाउन सकिन्छ।

सर्वोच्च अदालतले आफ्नो फैसला कार्यान्वयन नभएको भन्दै पक्राउ गरी कानुनी दायरमा ल्याउन पटक पटक ताकेतापत्र लेखिरहेको समयमा ज्यानमुद्दाका दोषीलाई नागरिक अभिन्नदन गरिन्छ भने यो देशमा ईमान्दार निष्ठावानलाई बाच्न सजिलो होला र ?

लोकतन्त्रले अपराधी ज्यानमारालाई पनि स्वतन्त्रता दिएको हो पहुच हुने हरुले जस्तो सुकै अपराध पनि गर्ने पाउने हो सरकार? यो खबरले सरकारको त नाडीँको रोैँ पनि हल्लिदैन यस्ता झिना मसिना खबर सामान्य लाग्ला! तर जो पिडित परिवार छन उनिहरुको जुन अाशा छ माग राखेका छन उनिहरुले यो देशमा निम्न स्तर भएकै कारण न्याय नपाउने भए भन्ने मेरो बुझाई छ लोकतन्त्रको ध्वजी उडाएको छ तर पनि हाम्रा प्रधानमन्त्री भने अपराधीसंग कुरा गर्न पनि भ्याउनु हुन्छ ।

सार्वजनिक कार्यक्रममा नै जो अपराधीले चुनोैती दिदै मलाई कसले कारवाही गर्ने सक्छ भन्ने खालको तर्क दिईरहदा पनि यो देशका जान्ने बुझ्नेहरुले एक शब्द बोलेनन् हो यो देशमा बालकृष्ण जस्ता हत्यारा र सिके राउत जस्ता देशद्रोहीलाई छुट छ सम्मान दिईन्छ ।तर कर्मनिष्ठा ब्यक्ति जो छन कलाकार धुर्मुस सुन्तली,प्राधिकरणका प्रमुख कुलमान घिसिङ यिनिहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा गालिको बर्षा गर्दै धारे हात लगाउने हरु यहि देशमा छन।

उनिहरुले गरेको कामलाई छि भन्ने खुट्टा तान्ने विभिन्न बाहना बनाएर गिह्राउन खोज्नेहरु भेट्न टाढा जानु पर्दैन काम गर्नेले गाली अपमान पाउछ तर फटाहा डाकाँ हत्यारा देशद्रोहीले भने सम्मान पाउछ कति हास्यस्पद कुरा छ, निति नियम बनाउनेहरु ले पनि यो घटना त प्रत्यक्ष देख्दै भोग्दै अाएका छन तर नितिनियम नै मिचेर अपराधीको संरक्षण गरिरहदा यो नितिनियम कहिले सम्म रहन सक्ला?

यस्ता कुराले राम्रा ब्यक्तिको त मनोबल घट्छ नै तर अपराधीहरु हत्याराहरु भने अझै प्रोशाहित हुदै अझ सलवलाउने प्रस्ट देखिन्छ ।

प्रकाशित : शनिबार, चैत १९, २०७३११:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र विश्व समाजवादी आन्दोलन