प्रचण्ड पत्नी सीतालाई जान्ने बुझ्नेले मर्यादा सिकाई दिनु दिल्लीको गल्ती नहोरियोस्

रीता लम्साल –
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज राती साताब्यापी चीन भ्रमणका लागि त्यसतर्फ प्रस्तान गर्दै हुनुहुन्छ । उहाँ हाईनान प्रान्तमा हुने बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लाग्नुभएको हो । उहाँसँगै पत्नीसीता दाहाल “पहिलो महिला” पनि जाँदै हुनुहुन्छ । त्यसका साथै भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रकाशसरण महत, परराष्ट्र सचिव संकरदाश वैरागी तथा अन्य सरकारी प्रतिनिधीहरु प्नि सहभागी हुँदैछन् । दाहाल नेतृत्वको भ्रमण टोली राती ८ बजे चीन तर्फ प्रस्थान गर्नेछ ।


केही सय अघि भारत भ्रमणको क्रममा प्रचण्ड पत्नी सीता दाहालको ब्यवहार र मर्यादालाई लिएर निकै आलोचना भएको थियो । उनको बसाईँको शैली र हाउभाउको बिषयलाई लिएर सामाजिक सञ्जालमा मात्र होइन राजनीतिक रुपमा नै ठूलो बहसको विषय बनेको थियो । हुन पनि उनले देखाएका क्रियाकलापहरु सामाजिक प्रतिष्ठा र मर्यादाका हिसाबले आलोचना गर्ने खालको नै थियो । उनी कुनै सामान्य नागरिक भन्दा पनि देशको उच्च पदमा रहने भएकाले पनि आफ्नो मात्र होइन देशको नै इज्जतको पनि ख्याल गर्नुपर्छ । हुन त उनको शैक्षिक स्तर र चेतनाका हिसाबले कम होला तर सामान्य मर्यादालाई समेत ख्याल नगरिनु दुखको कुरा हो । समाजमा कुरा काट्नेहरुले जहिले पनि कमजोरी नै खोज्ने हो र खोजिनै रहन्छन् आज हुने यो भ्रमणमा पनि उनको मर्यादा र हाउभाउलाई लिएर निकै चासोका साथ हेरिएको छ ।

पारिवारिक पृष्ठभूमि र अभ्यासका कारणले पनि हाउभाउ र आनीबानीमा फरक पर्न सक्छ चर त्यसो भन्दैमा तर्किन र सबै कुरा सहजै स्वीकार गर्नुपर्छ भन्ने होइन । देश गुनाको भेष हुनुपर्छ भन्छन्, त्यसैले पनि त्यही अनुसारको ब्यवहार गर्नुपर्छ, के जान्नुपर्छ नजाने सिक्नुपर्छ । आशा छ आज हुने चीन भ्रमणमा सीताले दिल्लीको गल्ती दोहो¥याउने छैनिन् । कोही जान्ने बुझ्नेले मर्यादा सिकाइ दिए राम्रो हुने । हिजै देखि मलाई खसखस लागि राखेको छ चीनमा चपस्टीकले खान पर्ने हो की ?


परराष्ट्र मन्त्री ज्यू बरु यतैबाट सुट लगाएर जानु होला
भारत भ्रमणका समयमा पर्राष्ट्रमन्त्री प्रकाशसरण महतले नेपालबाट जाँदा नेपाली पोसाक दौरा सुरुवाल लगाएर गए पनि दिल्ली पुग्नासाथ हतार–हतार दौरा फुकालेर कोट लगाउनुभएको थियो । त्यस्तो नराम्रो नै लाग्छ भने यतैबाट सुट लगाएर जानुस् उता गएर फुकालेर फाल्दा नेपाली प्रति नै इन्सल्ट गरे जस्ता लाग्छ ।

फाइल तस्बिर

हुन त हामी नेपाली लाउन खान नजानेका कोट लगाउँदा पनि भित्रबाट स्बीटर लागाएर गलबन्दी भिछौँ संसारमा कहिँ नभाको चलन, चिनियाँ परिकार र शैली पनि जानिराखौँ कतै फोटो देख्दै लाज लाग्दो नहोस् । म पनि जान्ने बुझ्ने त होइन गाउँकी छोरी हुँ तै पनि दुईचार अक्षर पढेर सहर छिरेपछि अलिकति भए पनि बुझेजस्तो लाउँछ ।

प्रकाशित : बिहिबार, चैत १०, २०७३०९:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मगरहरु रक्सी खाएपछि समय चिन्दैनन्