बालबालिकाको माथिल्लो दाँत झर्दा कुकुरसँग बिहे गर्नुपर्ने कस्तो अचम्मको कुप्रथा

एजेन्सी – भारतकोे छत्तीसगढस्थित कोरबा जिल्लाको मुंडा समाजको आदिवासीहरु अहिले पनि अन्धविश्वासमा अल्झिएका छन् । यदि कुनैपनि बच्चाको माथिको दाँत पहिलोचोटी झर्यो भने यहाँका मानिसहरुले यसलाई अलक्षिनको रुपमा मान्दछन् । र यस अलक्षिनबाट जोगिनको लागि कुकुरसँग बिहे गर्नुपर्ने यहाँको परम्परा हो ।

यसरी कुकुरसँग बिवाह गराउनाले बालबालिका ठूलो भएपछि समस्या हुदैंन वा दशा लाग्दैन भन्ने अन्धविश्वास यहाँका मानिसहरुमा पाईन्छ । यस गाउँमा यस किसीमको कुप्रथा चलेको धेरै बर्ष भईसकेको छ । र अहिलेपनि यहाँका मानिसहरुले यसलाई सँस्कृतिको रुपमा मान्दै आएका छन् ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७३१७:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनौठो रेष्टुरेन्ट , जहाँ पाहुनालाई निवस्त्र शरीरमा पस्किएको खाना दिईन्छ