सपना महर्जन
आजभोलि निकै नेपाली चलचित्र हेर्ने र गीतसंगीत सुन्ने भाछु । किनकी अहिले नेपालमा पनि हेर्न र सुन्नलायक फिल्म र गीतसंगीत बन्न थालेका छन् । तर पछिल्लो पल्ट म हलमा नेपाली चलचित्र हेर्न जाँदा मैले फिल्मको टिकट मात्र काटिन, मेरा खोपडिबाट मस्तिष्क र जाँगर चलेका पिडुँलालाई पनि बडो पे्रमसंग काटेर भेटी चढाँए फिल्म निर्माताले देखाएको सहरलाई । अनि मनको पोकामा अटसमटस कोचेर ल्याँए भारिभर्कम डाइलग्स्, दृष्य अनि फिल्मका कथाबस्तु । पछिल्लो समय छक्का पञ्जा फिल्म हेर्दा धैरेले यस्तै गरे, कुनै संकै छैन । मैले नि गरे के ठूलो कुरा भोर । तर हैन आजकाल मलाई यो निकै ठूलो कुरा हो भन्ने लागेको छ । अरे यार चलचित्र हेरेर सबक सिक्नु चानचुने करा हैननि पक्कै पनि । अनि त्यो अस्ति भर्खरै बजारमा निस्केको चर्चाको शिखरमा रहेको हेमन्त राणाको गायन र काली प्रसाद वास्कोटा अनि हिमाल साउदको शब्दमा रहेको सुन साइँली गीत, आहा कति राम्रो छ, अहिलेको नेपाली समाजको दुरुस्त चित्रण । भिउवर पनि पचास लाख कटि सकेछ, यूट्यूबमा । केही समय अगाडीको प्रसान्त तामाङ्ग अभिनित परदेशी फिल्म पनि बालबच्चादेखि बुढापाकासम्मले रुचाएको चलचित्रमा पर्छ । अझै यस अगाडिका कबड्डी, रेशम फिलिलि जस्ता फिल्महरु आम्मामा एकसे एक सुपरहिट थिए । जसले बलिउडका फिल्मलाई पनि हावा खुवाए ।
नेपाली गीतसंगीत र चलचित्र चल्नु राम्रै हो तर मलाई यिनीहरुको सफलताले उकुस मुकुस हुन थालेको छ किनकि म दर्शक हुँ, स्रोता हुँ । किनकि मैले यी फिल्म र गीतसंगीत हेर्न र सुन्न पैसा खर्चेको मात्र छैन । मेरा मष्तिस्कलाई गुरु दक्षिणा बनाइ अर्पण गरेको छु प्रत्यक पल । किनकी मेरा सन्ततिले मलाई भोलि विदेशबाट च्याटमा जवाफ पठाउने छन्, तपाईको पालामा कस्ता कस्ता फिल्म र गीतसंगित त हिट भएका रैछन् र त्यसलाई हिट बनाउन तपाइँका मनका पोकापन्तराहरुको पनि ठूलो हात छ । र प्रश्न विनाको आएको जवाफ दिन म सित कुनै जवाफ सायद हुने छैन । किनकि पछिल्लो समय वैदेशीक रोजगारीलाई विषय वस्तु बनाएर थुप्रै चलचित्र र गीतसंगीत बनेका छन् । यस्ता चलचित्र र गीतहरु आम नेपालीहरुको मनमुटुमा छाउन सफल पनि भएका छन् । समाजको ऐन मानिने हाम्रो कलाक्षेत्रले वैदेशिक रोजगारीको व्यथितिलाई अगाडि सारेर सर्हानिय काम त गर्यो तर वर्तमान समाजले खोजिरहेको परिवर्तनलाई भने आत्मसाथ गर्न सकेन । गीतसंगीतका शब्द र सिनेमाका पर्दामा देखाइएका कथा वस्तुले दर्शकको मन मष्तिस्कमा सिधै प्रभाव पार्छ । त्यसैले कला क्षेत्रले विषय वस्तु उठाउँदा धेरै कुरामा ध्यान दिनु पर्छ । समाजको धारलाई नै परिवर्तन गर्न सक्ने क्षमता राख्ने कलाक्षेत्रले वास्तविकताको चित्रण गरि रहँदा उचित समाधानका उपाएहरु पनि दिन आवश्यक छ । तर नेपालमा बन्ने अधिकांश चलचित्र र गीत संगीतले वैदेशिक रोजगारीको पिडालाई दर्साइ रहँदा समाधानका उपायहरुसंग सम्बन्धित विषयलाई भने खासै जोड दिइएको पाइँदैन । जसले गर्दा वैदेशीक रोजगार नै नेपालीको लागि पैसा कमाउने एक मात्र माध्यम रहेछ भन्ने गलत सन्देश आम मानिसमा परेको छ ।
पैसा कमाउनुको कथा, विदेशीनुको कथा, नेपालमा एक्लै बसी धुरुधुरु रुनुको कथा साँचै कति पीडादाई छ, नेपालको कथा ।
पैसा कमाउनुको कथा, विदेशीनुको कथा, नेपालमा एक्लै बसी धुरुधुरु रुनुको कथा साँचै कति पीडादाई छ, नेपालको कथा । त्यसैले त बारम्बार तेर्सिन्छन् वैदेशिक रोजगारीका कथा,चलचित्र, गीत संगीत अनि कविता र मुक्तकका हरफहरुमा लयबद्ध यत्रतत्त्र । तर आज नेपाली समाजले परिवर्तन चाहेको छ । नेपाल मै पनि उद्यम गरि पैसा कमाउन सकिन्छ । हिम्मत गर्नेले सफलता पनि हासिल गरिरहेका छन् । तर पनि परिवर्तनको पक्षमा नेपाली कला क्षेत्र किन मौन छ ? पिडादायी वैदैशिक रोजगारीको विषय वस्तुलाई उठाउँदा दर्शक र श्रोताले मन पराउने आशामा के नेपाली कला क्षेत्रले यो व्यथितिलाई आफ्नो गरिखाने भाँडोमात्र बनाएका हुन् ? होइन भने नेपाली कला क्षेत्र यथास्थितिमा किन अभ्यासरत छ ? अज केही समय अगाडी निकै चर्चामा आएको रेशम फिलीली चलचित्रको गारो भो गारोभो बैनी नेपालमा एउटै जूनी यो भन्ने गीत सुन्दा र हेर्दा लाग्छ नेपालमै बसेर दुइछाक खान लाउनै मुस्किल छ । हेमन्त राणाको सुन साँइली गीतमा त झन् विदेश गइ फर्कि आउँला अनि चालिस कटेसि रमाउँला भनिएको छ के नेपालमै बसेर चै रमाउँन सकिँदैन ? त्यति मात्र होइन फिल्म छक्का पञ्जामा त पुरै गाउँनै वैदेशिक रोजगारीकालागि खाडी मुलुक देखि अमेरिका युरोपसम्म पुगेको र गाउँले कसरी मुहहार फेर्यो भन्ने कथावस्तु छ । यसको मतलब के हो ? सस्तोमा धान बेचेर महँगोमा चामल किनेर खानुस् भन्न खोजेको हो ?
परिवर्तनको पक्षमा नेपाली कला क्षेत्र किन मौन छ ? पिडादायी वैदैशिक रोजगारीको विषय वस्तुलाई उठाउँदा दर्शक र श्रोताले मन पराउने आशामा के नेपाली कला क्षेत्रले यो व्यथितिलाई आफ्नो गरिखाने भाँडोमात्र बनाएका हुन् ?
प्रत्यक दिन १५ सयभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारमा गइरहेका छन् । जसमा विभिन्न कारण हुनसक्छन् । अनि चलचित्र र गीतहरुमा भने स्वदेश मै बस्ने युवाहरुले केही प्रगति गर्न सक्दैन भन्ने भ्रम सृजना गरिएको हुन्छ । सुपरहिट चलचित्र कबड्डीमा पनि चलिचित्रको मुख्य पात्र काजी (दयाहाँङ राई)लाई स्वदेशमै बसिरहेकोलेनै अहिलेसम्म केहि प्रगति गर्न नसकेको देखाउन खोजिएको छ । साथै गाउँमा भएका विवाहीत पुरुषहरुलाई घरचलाउन विदेश नै जान घच्घच्याइएको छ । यी चलचित्र नेपालमा सुपरहिट भएका चलचित्र मध्यका हुन् । वार्षिकरुपमा डेड सयदेखि दुइसयसम्म बन्ने चलचित्रहरुमा वैदेशिक रोजगारको विषयलाई पीडादायी नियतिको रुपमा त अझ धेरैले चत्रण गरेका छन् जुन लेखाजोखा गरेर साध्य नै छैन । अनि यस्ता चलचित्रहरु हेरिसकेपछि दर्शकको मस्तिष्कमा के असर पुग्दो हो ?
अहिले वैदेशिक रोजगारमा जानको लागि सरकारले पनि निकै सहज वातावरण बनाइदिएको छ । सायद रेमिट्यासको आशामा होला तर देश रेमिट्न्सले दिर्घकालीन रुपमा चल्दैन
नेपालमा बन्ने चलचित्रहरु प्राय पारिवारिक चलचित्र हो भनि ट्याग लगाइएको हुन्छ अनि आफ्नो साना साना नानी बाबु लिएर फिल्म हलमा नेपाली चलचित्र हेर्न छियार्,े नेपालमा दुख छ विदेश नगइ सुख छैन, नेपालमा बसेर पैसा कमाउन सकिएन अब विदेश जानुपर्छ, तल्लो घरे माइलाले त विदेश गएर टन्न पैसा कमाएर ल्याएछ, खै हाम्रा बुढा त गाउँमा हल्लेरमात्र हिँड्छ । विदेश गएनि हुन्थ्यो नि । डाइलग यस्तै यस्तै हुन्छ । अनि फिल्म हेर्न गएको बाल मष्तिस्कले के सिक्दो हो ? त्यो भनिरहनु परेन । हामीले हाम्रा भावि पुस्तालाई के सिकाउँदै छौँ र कस्तो परम्परा हस्तान्तरण गर्दै छौँ ? भन्न त हामी सबै भन्छौँ हामी हाम्रा अब आउने पुस्तालाई सबल अनि सवृद्ध नेपाल दिन चाहन्छौँ । तर खै त्यसको आधारशिला हामीले तयार पार्न सकेको ?
अहिले वैदेशिक रोजगारमा जानको लागि सरकारले पनि निकै सहज वातावरण बनाइदिएको छ । सायद रेमिट्यासको आशामा होला तर देश रेमिट्न्सले दिर्घकालीन रुपमा चल्दैन भन्ने पाठ सिकाउन सक्छ नेपाली कलाक्षेत्रले तर प्रयास शून्यदेख्दा लाग्छ नेपाली समाजलाई यहाँको कला क्षेत्र पनि राजनीतिक दलहरु जस्तै जनतालाई राम्रैसंग इमोस्नल ब्ल्याकमेल गर्न माहिर छन् ।
वैदेशिक रोजगारलाई आर्थिक आयआर्जनको एकमात्र विकल्प बनाइनुले नै आज नेपालको विकास जुउँका तिउँ छ । पैसा नै सबै थोक होइन यदि हुन्थ्यो त नेपालको सामाजिक तथा आर्थिक विकास दिन दुई गुणा र रात चार गुणा गर्दै खुम्चिँदै जाने थिएन । हाम्रो देशको राजनीति अझै पनि सबल नेतृत्वको खोजिमा छ । किन ? किनकी हामीले अझै फूर्सद पाएका छैनौँ पिलेन चडेर वैदेशिक रोजगारमा जाने सपना देख्न । के हामीलाई बाध्य पारिँदै छ वैदेशिक रोजगारको सपना देख्न हाम्रै नेपाली कलाक्षेत्रद्धारा ? हैन भने बजारमा बिक्ने विषय वस्तुमात्र किन छान्छ नेपाली कलाक्षेत्रले ? राम्रो चलचित्र हेरेर यतिविग्न उकुस मुकुस हुनु नपर्ने हो तर म किन भएँ ? कला क्षेत्रका ठेकदारहरुले विदेशीन किन घचघचाउँ छ मलाई बारम्बार ? मलाई फिल्मको टिकट काट्न बाध्य पार, बरु त्यो मञ्जुर छ तर मेरो फलफल्ने मष्तिस्क अनि जाँगर चलेका पिँडुलालाई भेटी चढाउन बाध्य नपार सिमा पारिका शहरहरुमा, मेरो बिन्ति छ ।
(लेखिका महर्जज बिजनेश प्लस टिभीमा कार्यरत ब्यवसायिक पत्रकार हुन् ।)