प्रचण्ड क्रान्तिनायक कि गन्तव्यविहीन यात्री ?

निर्मल भट्टराई

एक्काईसाैँ शताब्दीका लोकतन्त्रवादी जनता नेताले जे भन्यो त्यही पत्याउदैनन् । लोकतन्त्रमा जनता नेताभन्दा शक्तिशाली हुन्छन् । जनता के सही हो के गलत हो भन्ने छुट्याउन सक्षम छन् । आफूलाई मात्र अब्बल क्रान्तिकारी देख्ने नेत्रविक्रम चन्दले समेत आफ्नो पार्टीको नाममा रहेको “माओवादी” पुच्छर हटाई सकेका छन् । अबको नेपालमा माओवादको औचित्य समाप्त भयो भन्ने साझा निष्कर्षमा क्रमशः सबै पुग्दैछन् । नयाँ शक्तिको प्रभाव दिन प्रतिदिन बढ्नु र सबै माओवादी घटकको प्रभाव हराउदै जानु यसको ताजा उदाहरण हो ।
भन्न परोइन, माओवादले दीर्घकालीन जनयुद्धको माध्यमद्वारा सत्ता कब्जा गर्ने मुख्य उदेश्य राखेको थियो । सत्ता कब्जा गर्ने उद्देश्य राखेर प्रचण्डले दस बर्षे युद्ध सञ्चालन गरेकै हुन् । सत्ता कब्जा गर्न नसके पछि, डाक्टर बाबुराम भट्टराईको लोकतान्त्रिक गणतन्त्रको सुझबुझपूर्ण एवम् जबरजस्ती प्रस्तावको कारण तत्कालीन संसदवादी दलसंग मिलेर शान्तिपूर्ण निर्णायक जनआन्दोलनमा सरिक भएको हो । शान्तिपूर्ण जनआन्दोलन, दुई दुईवटा संविधानसभाको चुनाव, संसदीय प्रक्रियाबाट संविधान जारी, यहीबीचको अवधिमा लोकतान्त्रिक प्रक्रियाबाट आफू पटक पटक प्रधानमन्त्री भएको विर्सेर प्रचण्ड अझै माओवादको सारथी बनिरहनु, सदन सरकारलाई केवल उपयोगको थलो बनाउनु आश्चर्यजनक छ ।

माअाेवादीहरू आफ्नो कमजोरी स्वीकार गर्दा सानो होइन्छ भन्छन् । माओवाद बोकेर हिडुन्जेल युद्धको कुरा नगरी हुन्न क्यारे ! बाहिर क्राम्तिकारी भाषण गर्ने प्रचण्ड अजय सुमार्गीजस्ता विवादास्पद खरवपतिसँगको डिनरमा कस्तो वार्तालाप गर्दा हुन् ?

आज यत्रतत्र विभाजित भए पनि माओवादीहरु “महान जनयुद्ध जिन्दावाद” भन्ने नारा लगाउन छोेडेका छैनन् । यसमा विप्लव माओवादीदेखि नयाँ शक्ति नेपालमा समाहित भएका केही पूर्व माओवादीहरुको समेत समान धारणा पाईन्छ । उल्लिखित नाराको सोझो अर्थ हो–युद्ध बाँचिरहोस् । यो विगतको युद्ध सम्झाएर जनतालाई जबरजस्ती आफ्नो प्रभावमा राख्ने चालवाजी मात्र हो । जनता शान्ति,स्थीरता र आर्थिक समृद्धि चाहन्छन् । युद्धको भजन सुन्न चाहदैनन् । दस बर्षे जनयुद्धका सकारात्मक परिणामका साथै गम्भीर कमजोरी पनि थिए । ईमान्दारले त आफ्ना कमी कमजोरीप्रति जनतासंग क्षमा याचना गर्नु पर्ने हो । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम यो इमान्दारी देखाइसकका छन् । यो नै जनयुद्धलाई हेर्ने द्वन्दवादी दृष्टिकोण हो । तर माओवादीहरु त्यो मान्न तयार छैनन् । आफ्नो कमजोरी स्वीकार्दा सानो होइन्छ भन्छन् । माओवाद बोकेर हिडुन्जेल युद्धको कुरा नगरी हुन्न क्यारे ! बाहिर क्राम्तिकारी भाषण गर्ने प्रचण्ड अजय सुमार्गीजस्ता विवादास्पद खरवपतिसंगको डिनरमा कस्तो वार्तालाप गर्दा हुन् ?

माओवादीले युद्ध छोडेर शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिमा आएको एक दशक भइसक्यो । लोकतन्त्रको उपयोग गर्ने, चुनाव लड्ने, प्रधानमन्त्रीरमन्त्री र सांसद बन्ने अनि कहिल्यै संसदीय चुनाव नभोगेका युद्धकै बलले चिनिया सत्ता कब्जा गरेका माओको नामको पछाडि वाद जोडेर भजन गरिरहने बडो गजबको राजनीति छ माओवादीहरुको ।

माओवादीले युद्ध छोडेर शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिमा आएको एक दशक भइसक्यो । लोकतन्त्रको उपयोग गर्ने, चुनाव लड्ने, प्रधानमन्त्रीरमन्त्री र सांसद बन्ने अनि कहिल्यै संसदीय चुनाव नभोगेका युद्धकै बलले चिनिया सत्ता कब्जा गरेका माओको नामको पछाडि वाद जोडेर भजन गरिरहने बडो गजबको राजनीति छ माओवादीहरुको । माओकालीन चिनियाँ राजनीति र बर्तमान नेपाली राजनीतिमा कुनै साइनो र समानता छैन । हुनेवाला पनि छैन । माओका विचार अबको राजनीतिका लागि सन्दर्भ सामग्रीमात्र हो । त्यो माओवादीले भनेजस्तो कुनै विज्ञान होईन । नेपालमा माओवाद प्रचण्ड —बाबुरामलाई प्रधानमन्त्री बनाउने भर्याङ् मात्र बन्यो, आमुल रुपान्तरणको साधन बनेन । त्यसकारण माओवादी सिद्धान्त शीरमा राखेर संसदीय चुनाव लड्नु दौरा सुरुवालमाथि टाई लाउनु जस्तै हो । यो जग हसाउँने मेलोमात्र हो । त्यही भएर आज माओवादी जनताको तृणमुल तहमा विलाउदै गएको छ ।

संसदीय बाटो छोडेर विगतकोझैं मालेमावाद समात्ने हो भने उनले फेरि जङ्गल पस्नु पर्ने हुन्छ । नेपाली कांग्रेससंग सत्ता सहवास पनि गर्ने माओवाद र युद्धको कुरा पनि गरिरहने त कसरी मिल्ला र ?

वैचारिक हिसाबले प्रचण्डलाई अबको गन्तव्य त्यति सहज देखिदैन । संसदीय बाटो छोडेर विगतकोझैं मालेमावाद समात्ने हो भने उनले फेरि जङ्गल पस्नु पर्ने हुन्छ । नेपाली कांग्रेससंग सत्ता सहवास पनि गर्ने माओवाद र युद्धको कुरा पनि गरिरहने त कसरी मिल्ला र ? अब पनि विगतको जस्तो ध्वंसको बाटो लिने कि निर्माणको ? होइन भने जीवन र जगतलाई हेर्ने माक्र्सको द्वन्दात्मक भौतिकवादी दृष्टिकोण बाहेक सबै वादका भारी विसाएर आर्थिक समृद्धि मूल नारा बोकेको डा बाबुराम भट्टराईको नेतृत्वमा गठित नयाँ शक्ति नेपालजस्तो पूरै लोकतान्त्रिक पार्टीको रुपमा माओवादी केन्द्रलाई रुपान्तरण गर्नु पर्ने हुन्छ । तर यसरी नै सिद्धान्त र व्यवहारमा शुन्य तालमेल राखेर दोबाटोमा उभिएको यात्रीजस्तो धेरै दिन रहन सकिदैन । गन्तव्य अनिश्चित भएको यात्री बन्ने रहर प्रचन्डलाई पक्कै छैन ।

[लेखक भट्टरार्इ डा. बाबुराम भट्टरार्इ नेतृत्वकाे नयाँ शक्ती पार्टी, नेपालका नेता हुन् ]

प्रकाशित : बिहिबार, फागुन १२, २०७३१२:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पत्रकार महासंघको चुनाव र पार्टी पत्रकारिताको साइड–इफेक्टः