संसारकै एउटी मात्र बिचित्रकी बच्चा जसको मुटु छाती भित्र नभई बाहिर नै धड्किन्छ (भिडियो सहित)

एजेन्सी – मानिसको मुटु छातीभित्र धड्किन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । जस्लाई हामीले महशुश मात्र गर्न सक्छौं । तर एकदमै अचम्म लाग्ने कुरा के छ भने , रुसको ‘विरसाव्या’ नाम गरेकी एउटा ७ वर्ष निर्दोष बच्चाको मुटु छातीभित्र नभई बाहिर धड्किन्छ । जस्लाई मानिसले देख्न सक्छन् । यो कुरा सुनेर तपाइँलाई विश्वास नलाग्न सक्छ । तर यो कुरा सत्य हो । वास्तवमा विरसाव्या एक विचित्र रोगको शिकार भएकी छिन् । जस्को कारणले गर्दा उसको मुटु छातीको बाहिर छ ।

विरसाव्या अरु बच्चाहरुले जस्तै सबै गर्न सक्छिन् । तर उसको मुटुले उनलाई अरु भन्दा विशेष बनाएको छ । डाक्टरको अनुसार यो बच्चा एब्डोमिनल सिंड्रोमको शिकार भएकी छिन् । जुन १० लाख बच्चामध्ये एकजनालाई हुने गर्दछ । विरसाव्याको जन्म भएको दिनमा डाक्टरले उसको आमाबुवालाई यो बच्चा धेरै दिन जीवीत रहन सक्दैनन् भन्ने कुरा बताएका थिए । तर उसको आमाबुवाले कहिल्यै पनि हिम्मत हारेनन् । यसैको फलस्वरुप विरसाव्यालाई अहिले ७ वर्षको उमेरमा अपरेशनको लागि अमेरिका लगिदै छ । यस बच्चाको आमाको भनाई अनुसार उनलाई पहिला पनि अपरेशनको लागि अमेरिका लगिएको थियो । तर त्यो समयमा विरसाव्याको रक्तचाप धेरै नै उच्च भएको कारणले गर्दा अपरेशन हुन नसकेको हो ।

विरसाव्याको अनुसार मुटुको सुरक्षाको लागि उनी सधैं नरम र हलुका कपडा लाउने गर्छिन् । उनलाई हिंड्ने, उफ्रिने रहर छ । जबकि उनलाई धेरै हिंड्न तथा दर्गुर्न निषेध गरिएको छ । यहि कारणले गर्दा उनी पढ्नको लागि स्कुल जान पाउँदिनन् । तर उनले आफ्नो पढाई घरमा बसेर नै गर्ने गर्छिन् । उनलाई नृत्य र खेलमा धेरै नै चासो भएको कारणले गर्दा सावधानीपुर्वक आफ्नो ईच्छा पुरा गर्ने गर्छिन् । भिडियो हेर्नुहोस>>>

https://youtu.be/k2W1Ted_w4s

प्रकाशित : आइतबार, फागुन ०८, २०७३१४:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारको यस्तो अनौठो गाउँ जहाँ मानिसहरु अहिलेको युगमा पनि नाङगै बस्छन