कपिलवस्तु बालिका हत्या प्रकरण: ६ बर्षीया बहिनीलार्इ दाईकाे मार्मिक पत्र

अशोक पोख्रेल, कपिलवस्तु

सिता अधिकारी मेरी फुपु दिदीकि छोरी हुन नाताले बहिनि, शोभाखर अधिकारी सिताको बुवा वा मेरो फुपाजु । अर्घाखाँचि को सिद्धारा गाविस वडा नं.७ छहरे बाट बसाईसराइ गरी कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर आउनु भएका शोभाखर अधिकारी घर बाट छुट्टिएर विगत केहि वर्ष यता आफनो परिवार लिएर शिवराज नगरपालिका १० चन्द्रौटामा कोठा भाडामा लिएर बस्दै आउनु भएको छ । उहाँको परिवारमा श्रीमति एउटा छोरा र दुई वटि छोरी गरी पाँच जना हुनुहुन्छ । देशमै केहि गरौ भन्ने विचारले उहाँ आफु बसेकै ठाउँमा किराना पसल खोल्नु भएको छ । सिता शोभाखर कि ६ वर्षिय कान्छि छोरी हुन , उनि चन्द्रौटाकै आवर मदरल्यान्ड एकेडमि स्कुलमा एल.के.जि.मा पढछिन् ।


मेरी सानि बहिनि सिताको भाग्य लेख्ने दैव पनि कति निस्ठुरी रहेछ । नचाहाँदा नचाहाँदै, फुल्न नपाउदै , यो रमाइलो संसार देख्न नपाउदै उनि यो संसार छोडेर जान बाध्य भईन । पापि दैवले उनलाई टपक्क टिपेर लग्यो । कुरा यहि २०७३ साल फाल्गुन २ गतेको हो । सिता २ गते साझ करिब ७ बजे तिर रोटि खाने रहर गरीन तर त्यहि समयमा उनको घरमा आटा सकिएको रहेछ । आफनो सन्तानको माया कति हुन्छ भन्ने कुरा सन्तान भएका आमा लाईनै थाहा हुन्छ । छिमेकिहरुको भनाई अनुसार सिताको आमाले आफनि छोरीको रोटि खाने रहर पुरा गर्न सिता लाईनै छिमेकि १८ वर्षिय भिम बहादुर कुवर भन्नेको घरमा पिठो लिउन पठाउनु भयो । सिताले पिठो ल्याउँदै मामु आज मैले ४ ओटा रोटि खानेहो है , छिट्टै रोटि बनाउनुस है भन्दै बाहिर निस्किन । सिताकि आमाले आत्तिदै छोरीलाई रोटि बनाइदिनु भयो ।

रोटि बनाएर सक्किए पछि छोरी रोटि बनाएर सकियो खान आउ भन्नु भयो , तर छोरी सिता आइनन् । फेरी बोलाउनु भयो बारमबार बोलाउनु भयो । सिता नआएपछि आफै बाहिर निस्कनु भयो । तर सिता घर वरिपरी कतै थिईनन् । छोरी कता गइन् भन्दै आमा छटपटाउनु भयो । धेरै समय खोज्दा पनि छोरी कतै नभेटिए पछि सबै लाई थाहा भयो कि छोरीको अपहरण भयो भन्ने कुरा । वडा प्रहरी कार्यलय चन्द्रौटा , समाजका अन्य र छिमेकि १८ बर्षिय भिम बहादुर कुवर लगायतको सहयोगमा राति एक बजे सम्म मेरी बहिनि सिताको खोजि भयो तर उनलाई कतै भेटाउन सकिएन ।

त्यो रात त्यतिकैमा वित्यो । फाल्गुन ३ गते बिहान पनि सिताको खोजि भयो । उनलाई विहान करिव ७ बजे तिर वडा प्रहरी कार्यलय चन्द्रौटा उनलाई भेटाउन सफल भयो तर उनि त्यति बेला यो संसारमा थिईनन् । वडा प्रहरि कार्यलय चन्द्रौटाका अनुसार उनलाई बलत्कार गरी पछि हत्या गरी सशत्र प्रहरी विन्दावासिनि गण चन्द्रौटाको पछाडि पट्टि जवइ खोलामा पुरीएको अवस्थामा फेला पारीयो । उनको हत्या गरी पानिमा थोरै माटो ले पुरीएको हुँदा र पानिले सबै बालुवा माटो बगाएको हुँदा उनको शव प्रत्यक्ष देखिएको थियो ।

उता स्थानिय बासिन्दाले हत्याराको खोजि छिटो भन्दा छिटो हुनु पर्ने र दोषि लाई कडा कारवाहिको माग गर्दै चन्द्रौटा क्षेत्रमा विरोध गरे । चन्द्रौटा क्षेत्रमा पछिल्लो समय यस्ता घटना दोहोरीएको र यो क्षेत्रमा सुरक्षाको अनुभुतिको आसा हराएको भन्दै वडा प्रहरि कार्यलय चन्द्रौटा घेराउ गरे । चन्द्रौटा बजारका व्यापारीहरुले पनि आफना पसलका सटर बन्द गर्दै बजार नै सुन्य बनाएर दोषिको कारवाहिको माग र शोकको लागि सडकमा उत्रिए । सिताको बुटवल अस्पतालमा पोष्टमाटम पछि चन्द्रौटा फिर्ता ल्याइयो र उनको घटना स्थलमै दाह संस्कार गरीयो ।

उता वडा प्रहरीकार्यलय चन्द्रौटाले दोषिलाई शव भेटिएको तिन घण्टामै पक्राउ गर्न सफल भयो । ६ वर्षिय बालिका मेरी बहिनि सिताको बलत्कार गरेर हत्या गर्ने अरु कोहि नभएर त्यहि २ गते राति प्रहरी संगै हराएकि सिताको खोजि गर्न हिड्ने राक्षस १८ वर्षिय भिम बहादुर कुवर रहेछ । प्रहरीले दिएको बयान अनुसार बालिका सिता लाई बलत्कार गर्ने क्रममा सिता चिच्याए पछि , अरुले थाहा पाउने डरले अपराधि भिमले सिताको घाँटि थिचेछ , यतिकैमा सिताले यो संसार छोडेको थाहा पाएपछि भिम घर गएछ र प्रहरी संगै रात भर सिताको खोजिमा हिडेछ । राति एकबजे तिर सबै सुते पछि कोदालो लिएर घटनाभएको ठाउँमा गएर अपराधि भिमले मेरी बहिनि सिता लाई त्यहि जवइ खोलामा, पानिमै राखेर माटोले पुरेछ ।

अपराधि भिम बहादुर कुवरलाई जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले फल्गुन ४ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्यो । ज्यान मुद्दा र जवरजस्तिकरणि को मुद्दामा अदालतले ३५ बर्ष जेल सजायको फैसला सुनायो , उ अहिले ३५ वर्षिय जेल सजाय भोग्दै छ , अपराधि भिमले जेलमा मस्ति गर्दै छ । उता सिताको घर परिवारको अवस्था कस्तो छ होला आफै सोच्नुहोस । अहिले यो घटना देश विदेशमा चर्चाको विषय भएको छ । सामाजिक सञ्जाल र उज्यालो नाइन्टि नेटवर्कमा मेरो पनि भन्नुछको प्रतिक्रिया अनुसार नेपालमा यस्ता अपराधिलाई फाँसिको सजाय हुनु पर्ने तब मात्र यस्ता घटना कम हुने बुझिएको छ । तर भष्ट्राचारी नेताले भरीएको यो देशमा यस्तो कानुन कस्ले बनावस । मेरी बहिनि सिताको आत्माले त्यति बेला शान्ति पाउने छ , जति बेला यो देशमा यस्ता अपराधि लाई फाँसिको सजाय दिने कानुन बन्ने छ ।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७३२०:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खाडीबाट प्रधानमन्त्री प्रचण्डलाई खुला पत्रः तपाईँ बिना नेपाली राजनीतिमा पात पनि हल्लिदैन