कस्तो आश्चर्य ! ४ वर्षको उमेरमै पढिन् यी बच्चीले १ हजार भन्दा बढी पुस्तक

एजेन्सी – सामान्य मानिसले आफ्नो जिवनभरमा हजार वटा किताब पढ्न सक्दैनन् । तर अमेरिकाकी एक बालिकाले भने ४ वर्षको उमेरमै १ हजार भन्दा बढी किताब पढिसकेकी छिन् ।

डालिया मेरी आरानाले १८ महिनाकी छँदा अक्षर चिनेकी थिइन् र ३ वर्षको उमेरबाट आफैं किताब पढ्न थालेकी थिइन् । उनले अहिलेसम्म १ हजार भन्दा बढी किताब पढेर सिध्याइसकेकी छिन् । यति सानो उमेरमै अहिले उनी विश्वविद्यालयका पाठ्यक्रममा आधारित किताब पढ्न रुचाउँछिन् । उनले खरर्र पढ्न सक्छिन् र केही लामा शव्दको अर्थ नबुझेमा मात्र अभिभावकको सहयोग लिने गर्छिन् ।

उनकी आमा हालिमा र बुवा मुगुएलका अनुसार डालियाले जन्मेदेखि नै आफुहरुले पढेको ध्यान दिएर हेर्ने गरेको अनुभव सुनाउँछन् । साथै दिदी दाईले पढ्ने गरेको पनि उनले सानैदेखि ध्यान दिएर सुन्थिन् । १८-१९ महिनाकी हुँदासम्म त उनले धेरै अक्षर चिनिसकेकी आमा हालिमा बताउँछिन् ।

यी बालिकाको पठन क्षमतालाई कदर गर्दै उनलाई विश्वकै सबैभन्दा ठूलो पुस्तकालय युएस लाइब्रेरी अफ कंग्रेसमा एक दिनका लागि लाइब्रेरियन बनाइयो । लाइब्रेरियन कार्ला हेडनसँग मिलेर उनले पुस्तकालयमा एकदिन कार्यभार सम्हालिन् । दिनभरमा उनले पुस्तकालयमा बैठकमा सहभागी भइन्, भेटघाट गरिन् र पुस्तकालयको निरिक्षण पनि गरिन् ।

साथै उनले पुस्तकालय व्यवस्थापनलाई पुस्तकालयमा सेतो बोर्ड टाँग्न सुझाव दिइन्, ता की पुस्तकालयमा आउने बालबच्चाहरुले लेख्न सिक्न सकून् । आगामी सत्रमा किन्डरगार्टनमा भर्ना हुने बेलासम्म १५ सय किताब पढिसक्ने उनको लक्ष्य रहेको छ ।

प्रकाशित : आइतबार, माघ २३, २०७३१६:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाले जन्माइन् बाख्राको पाठो ! त्योपनि ३/३ वर्ष गर्भमा बोकेपछि…