यी बेलायती “पुरुष” जसले जन्माउदैछन् बच्चा

एजेन्सी, विज्ञानले यति सम्म उन्नति गरिसकेको छ कि अब पूरुष पनि बच्चालाई जन्म दिई आमा बन्न सक्छ । लण्डनमा एक पूरुषले बच्चालाई जन्म दिने भएको छ । यस मानिसको महिलाबाट पूरुष बन्ने मात्र नभई बच्चा जन्माउने ईच्छा पहिल्यै देखि थियो । सामाजिक सञ्जाल फेसबुकबाट शुक्राणु दाता पाएपछि उसको यो चाहना चाडैं पुरा हुने भएको छ । उसलाई कानुनी रुपमा पूरुषको रुपमा स्विकार गरिसकेको छ । यसै कारणले गर्दा उसलाई बच्चालाई जन्म दिने पहिलो ‘ बुबा’ भनेर नाम दिइएको छ ।

हेडेन क्रसले २० वर्ष पहिले महिलाको रुपमा जन्म लिएको थियो । उनको पूरुष बन्ने इच्छाले गर्दा मेल हर्मोन्सको उपचार गरिरहेकी थिई । र उनको लिंग परिवर्तन गर्ने काम पनि भईरहेको थियो । तर उनको एउटा बच्चा जन्माउने इच्छा पनि थियो । यसैमा उनले फेसबुकबाट एकजना शुक्राणु दाता पाईन । यसपछि उनले लिंग परिवर्तनलाई रोकेर पहिला बच्चालाई जन्म दिने सोचिन । र अहिले उनको पेटमा ४ महिनाको बच्चा छ ।

लिंग परिवर्तनपछि हेडेनको स्तन रहने छैन । यसै कारणले गर्दा बच्चालाई स्तनपान गराउने काम असम्भव हुनेछ । यहि कारणले गर्दा उनले लिंग परिवर्तन गर्ने कामलाई रोकेर बच्चालाई जन्म दिने कामलाई प्राथमिकता दिइन । हेडेन बेलायतको पहिलो बुबा हुनेछ , जस्ले बच्चालाई जन्म दिनेछ । बेलायतमा लिंग परिवर्तनको लागि २९ हजार पाउन्डको खर्च हुने गर्दछ ।

लिंग परिवर्तनको लागि ६ वटा अपरेशन हुने गर्दछ ।त्यसैगरी अपरेशन पछि त्यस मानिसले जीवनभरी सावधानी अपनाई रहनुपर्ने जरुरी हुन्छ ।

प्रकाशित : मङ्गलबार, पुष २६, २०७३१६:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् बिश्वकै १० जँड्याहा देशहरु !