सन् २०५० सम्ममा मानिसले रोबोटसँग विवाह गर्ने, यस्तो छ दाबी

लण्डन, एजेन्सी – केही वर्षपछि तपाई हाम्रा बच्चाहरुले रोबोटसँग पनि विवाह गर्न सक्ने प्रविधि तयार हुँदैछ ।
वैज्ञानिकहरुले मानिसले रोवर्टसँग विवाह गर्ने दाबी गरेका छन् । सन् २०५० सम्ममा मानिसले रोबोटसँग विवाह गर्ने आर्टिफिसिय इन्टेलिजेन्स (एआई) एक्सपर्ट डा.डेभिड लेभीले दाबी गरेका हुन् ।
डा.डेभिडलाई कि त मानिसहरू चेस खेलमा उनको शक्तिलाई चिन्छन् कि त उनको एआईसँगको दशकौं लामो संलग्नताका कारणले चिन्छन् ।
एआई एक्सपर्टले सन् २०५० सम्ममा मानिसहरू रोबोटसँग विवाहका लागि तयार हुने दाबी गरेका छन् ।
‘यो त्यति टाढा छैन, प्राविधिक तथा रोबोर्टिक विकास र एआईको अनुसन्धानले यो सम्भावनालाई पुष्टि गरेको छ’, उनले भने, ‘मानिसहरू पहिल्लेदेखि नै रोबोटसँग शारीरिक सम्बन्ध कायम गर्दै आएका छन्, त्यसैले पनि अब रोबोटले मानिसलाई भावनात्मक तथा शारीरिक रुपमा सन्तुष्ट पार्ने छ भन्ने कल्पना स्वाभाविक देखिन्छ ।’
‘अबको ३३ वर्षभित्र हामी यो बिन्दुसम्म पुग्ने छौं । माट म्याक मुलेनको रियल डल निर्माता कम्पनी एविस क्रियसनले पनि यो सम्भावनालाई स्वीकार गरेको छ’, म्याक मुलेनले भनेका छन्, ‘पछिल्लो समय मानिसहरु भावनात्मक रुपमा रियल डलसँग नजिकिएका छन् ।’

प्रकाशित : सोमबार, पुष ११, २०७३१३:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के हो नमस्कारको महत्व ? जानी राख्नुस्