अाज यो स्तब्ध मनले केहि सोचेन अपराध र अपराधी म अाफुले अाफुलाई नियाल्ने वेला भएको छ दिन प्रतिदिनको घटनाले हाम्रा यो बालमष्तिकले के सिक्ने कसलाई देवता र कसलाई भुत को बोक्सा को बोक्सी के को अाधारमा छुट्याउने ? बोक्सा बोक्सीमा हुने लक्षण के हुन किन अाज एक मानवले अर्को मानवको रक्षा अात्मासम्मान प्रेरणा दिनुको साटो जन्म दिने जननी नारी देविको प्रतिमुर्ती माथी लात हानिदै छ ?
काभ्रेका हिरा लामा शिक्षक र लक्ष्मी परियारको मात्र यो कुनै नयाँ विषय हैन यस्ता अपराध अाज दिन दिनै बढ्दो क्रममा छ यो समाजको विकासक्रम कुकुरलाई भगवान र मान्छेलाई कुकुर बनाउदै अाएका छन हामी र हाम्रो समाज कति सभ्य छोै भन्ने कुरा यस्ता हिंसात्मक घटनाले देखाई सकेको छ अाज लक्ष्मीको नाबालक छोरा मात्र टुहुरो भएको छैन हजारोै बालबालीका टुहुरा भएका छन अब धिकार र कठै ति सभ्य मनहरु भन्नु बाहेक यो रुढिग्रस्त समाजलाई अरु केहि भन्न सकिन्न वगेका खोला फर्काउन सकिन्न अादर्शमा रमाउने मेरो समाज केहि समयपछि सबैलाई यहि कुरा टर्रो हुने छ जुन दिन त्यो यथार्थको पर्दाफास हुनेछ।
त्यहि अामाको कोखवाट जन्म लिएर अाफुलाई देवता र अामालाई भुत सम्झने नामर्द छोरा प्रति माफिको लायक कहिल्यै हुने छैन र दिईने पनि छैन ति चोखो परअात्माहरुले शान्ती त पक्कै नपाउलान तर शान्ती पनि हुन दिने छैनन् ।
हामी जतिनै शिक्षित र साक्षरता प्रतिशत को कुरा गरे पनि हामी र हाम्रो समाज एकाईसोै सताब्दीमा कहा छ भन्ने कुरा हाम्रा समाजमा घटेका अाला घटनाहरुले हाम्रो चरित्रको चित्रण गरिसकेको छ यसको मतलब तपाई म भन्दा पनि अाम हामी संस्कार र कुरितीको पछि लागेर हामीले यसलाइ अझै गोडमेल गर्दै युरिया मल थपेका छोै।
यस्तै मल जल गर्दै जाने हो भने हाम्रा समाजका बुढापाका बृद्दा र कमजोरी मान्छेहरु यो पापी समाजमा टिक्न सक्ने छैनन् अाफ्नो बालक छोराको अगाडी जघन्य अपराध कुनै बलत्कार होस वा अपराधीक क्रियाकलाप बोक्सा बोक्सीको अारोपमा सहन नसक्ने पिडा कालो मोसो,जुताको माला, र दिशा मुखमा हालीदिने विद्दान बुद्दिजिवी हरुलाइ यो अधिकार कसले दियो र बोक्सा बोक्सी हो भनेर के प्रमाणित गर्न के के प्रमाण जुटाउन सक्छन? यदि प्रमाण विनाको चुनोैती गर्ने हो भने डोरी विनाको बन्जी हाने जस्तो हो हिम्मत छ भन्दैमा विना बन्जी हाम फाल्ने काम हुदैन यदि जान जान हाम फाल्छ भने त्यो सत्य छैन दिमाग विग्रीएको छ भनेर मानसिक हस्पिटल दोैडाए हुन्छ अाजको यो स्तब्धपुर्ण घटना यस्तै छ नेपाली मन रोएको छ र अबको समाज कता तिर जादैछ हाम्रा पिढीहरुको मनोविज्ञान कता तिर जाला भन्ने एउटा चुनोैती खडा भएको छ यसले हाम्रो नेपाली शिक्षीत समाजको सभ्यता अाज दुनियामा हासोको रुपमा फैलाएका छन
उत्तर र दक्षिण यस्ता विकशित मुलुकको विचमा रहेर पनि संस्कार सिक्न नसक्ने मेरो समाज मेरो देशले नोैटङ्की गर्दै खुल्ला सडक विचमा रातो कार्पेट विछ्याएर संस्कार देखाउन खोज्ने समाननीयज्यू हरुमा अाग्रह गर्दछु संस्कार देखाउन कुसंस्कार को अन्त्य घोषणा गर्न जरुरी छ अनि दोस्रो मुलुक सामु अाफ्नो रितीथिती संस्कार प्रदर्शन गराउन सकिन्छ हैन भने यसले विश्वसामु नेपमल र नेपाली भनेर वेईजतीपुर्ण रुपमा देखिईने छ।
हामी कस्तो पाखण्डी समाजमा जन्मेछोै भनेर धिकार कहिल्यै गरेको छ?हामी सबैले सोच्नपर्ने बेला अाएको छ अाफ्नो बाबा अामाको माया जति हुन्छ हरेक छोराछोरीले त्यतिनै गर्छन भन्ने यी बुद्दिजिवी शिक्षक गुरुवर्ग हरुले किन बुझ्न सक्नु भएन जो ब्यक्ति शिक्षाको ज्योती फैलाउदै अाफु घर परिवार समाजको विकृती विसंगतीहरुलाई परास्त गर्ने क्षमतावान भगवान भनिने शिक्षकले यस्तो घटिया सोच देखाउछ भने त्यो समाजमा मेरो कलिला बालमष्तिकले के सोच्छ र के सिक्नेछ? भोलीको मेरो बाटो कुन हुनेछ?
कुसंस्कार को अन्त्य दण्डहिनता भेदभाव नारी समानताका नारा पर्चा बोकेर विज्ञापन गर्दै हिड्ने महान विचारका खेस्रो सुनाउदै हिड्ने समाजसेवी हरु कता हुनुहुन्छ अरुबेला चम्किरहने,लम्किरहने ति पाईलाहरु समस्या पर्दा किन मोैन र किन पछाडी हट्दैछन?
अन्त्यमा हामीले यो कुसंस्कारको कहिले सम्म रक्षा संरक्षण गर्ने र कहिले सम्म नारी बृद्दा र कमजोर ब्यक्तिहरुमाथी सेवाभाव अात्मासम्मान दिने यो हामीमा कहिले अाउने चेतना ? सरकारी तथा गैर सरकारी संस्थाले कहिले सम्म नारा मात्र लगाउने?
जब सम्म यथासिघ्र जरा देखि फालिदैन तब सम्म यो कुसंस्कारको अन्त्य हुदैन यसको भुमिका व्यक्ति घर समाज र राष्ट्र अरुलाई दोष लगाउदै हिड्नु भन्दा पनि न्यायचित ढङ्गले दोषीलाई कडा भन्दा कडा कारबाही साथै ब्यक्ति घर समाज र सरकारी गैर सरकारी संस्थाले जागरुकताको साथ अगाडी बढ्यो भने मात्र यसको समाधान छ हेैन भने तपाई हामी सबैको ढिलो वा चाडो अपमानीत हुने दिन नजिकै अाउदैछ हामीले सिकाएको संस्कारनै भावीपुस्ताले फलोअप गर्दैछन त्यसैले अपमान को भोगी सबै हुनु पर्नेछ यदि बच्नु छ भने अाज बाट नै अभियान साथै काम संगै अगी बढाउनुपर्नेछ अनि मात्र सबै सम्भब छ ।