दुनियाका यी ९ देश, जहाँ सजिलै जो कोहिले पनि नागरिकता लिन सक्छ !

एजेन्सी – आफुलाई मनपर्ने ठाउँमा बस्ने रहर संसारको सबै मानिसलाई हुन्छ । आफुले चाहेको ठाउँमा सजिलै नागरिकता पाउने ईच्छा सबैले राखेको हुन्छ । तर आफुले भनेजस्तो कहाँ हुन्छ र ? मानिसहरु नागरिकता पाउनको लागि के–के मात्र गर्दैनन् , त्यस ठाउँको महिला वा पुरुषसँग बिहे गर्न पनि तयार हुन्छन् । तर आज तपाइँलाई हामी यस्तो ९ वटा देशहरुको बारेमा जानकारी दिन्छौं , जहाँ नागरिकता पाउन धेरै सजिलो छ । यी देशहरुमा नागरिकता प्राप्त गर्नको लागि एउटा परिक्षा पास गरे पुग्छ ।
रुस:
यदि तपाइँ रुसमा बस्न चाहनुहुन्छ भने, नागरिकताको लागि एउटा परिक्षा पास गनुपर्नै हुन्छ । सबैभन्दा पहिला तपाइँले करशुल्क तिर्नुपर्छ । त्यसपछि रशियन भाषा सिक्नुपर्छ र अनिवार्य जाँच पास गर्नुपर्छ ।
बेलिज
उत्तरी अमेरिकी देश बेलिजको नागरिकता पाउन धेरै सजिलो छ । यहाँको नागरिकता पाउनको लागि यस देशमा कमसेकम पाँच बर्ष अनिवार्य रुपमा बस्नुपर्छ । साथै तपाइँको मासिक तलब २ हजार डलर र जीवनशैली बेलिजको अनुसार हुनुपर्छ ।डोमिनिकन रिपब्लिक:
यस देशमा नागरिकता पाउनको लागि, तपाइँले त्यहाँको कुनै ब्यवसायमा २ लाख डलर लगानी गरी नियमित आम्दानीको प्रमाण दिनुपर्छ ।
इक्वाडोर:
तपाइँसंग १ हजार डलर छ र कुनै आपराधिक रेकर्ड छैन भने इक्वाडोरको नागरिकता सजिलै पाउन सक्नुहुन्छ । यसबाहेक तपाइँको मासिक तलब ८०० डलर र यस देशको कुनै बैंकमा २५ हजार डलर अनिवार्य रुपमा हुनुपर्नै हुन्छ ।
हंगरी:
यस देशमा नागरिकता पाउनको लागि हंगरी सरकारसँग ३ लाख डलरको लगानी अनिवार्य रुपमा गर्नृुपर्छ । र तपाइँले लगानी गरिसकेपछि २ महिना भित्र नागरिकता पाउनुहुन्छ ।
मेसेडोनिया:
यहाँ नागरिकता पाउन सबैभन्दा सजिलो छ । यहाँ तपाइँले कुनै ब्यवसाय गरेको छ र ४ लाख यूरो लगानी गर्नुभएको छ भने सजिलै मेसेडोनियाको नागरिकता पाउनुहुन्छ ।                                                                                     पनामा:
एउटा मेडिकल परिक्षा पास गरी पाँच बर्षसम्म पनामा बसिसकेपछि तपाइँले यहाँको नागरिकता पाउनुहुन्छ । यसबाहेक यदि तपाइँले पनाकै कोहि पुरुष वा महिलासँग बिहे गर्नुहुन्छ भने सजिलै नागरिकता पाउन सक्नुहुन्छ ।
पाराग्वे:
पाँच हजार २ सय डलर पाराग्विन बैंकमा पैसा जम्मा गर्नुपर्छ । यसको ३ बर्षपछि तपाइँले यहाँको नागरिकता पाउनुहुन्छ ।
सेशेल्स:
समुन्द्र र पहाडले घेरिएको सेशेल्स बस्नको लागि अति सुन्दर ठाउँ हो । यहाँ नागरिकता पाउनको लागि तपाइँसँग डेढ लाख सेशेल्स मुद्रा हुनुपर्छ । यसबाहेक यहाँको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा तपाइँको योगदान हुनु जरुरी छ ।

प्रकाशित : बिहिबार, मङि्सर ३०, २०७३१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाइँ पत्याउनुहुन्छ: सलमान र साहरुख खानको भन्दा बढी गुगल सर्च हुन्छ यी युवकको