काठमाडौँ, लामो दुरिका धाबक एबम बिस्व पर्वतारोही संजय पण्डितले ११ घण्टा ४१ मिनेट ५७ से सम्म निरन्तर उल्टो दौडेर काठमाडौँ कोटेस्वोर देखि काभ्रेको दोलालघाट सम्मको ५२.२ कि मि दौडेर पार गर्न सफल भएका छन् | अस्ट्रेलियाको सर्बोच्च शिखर कोजियस्को उल्टो हिडेर नोबेम्बेर २२,२०१४ मा सफल आरोहण गरेको दिन पारेर उनि सहित नेपालका चर्चित म्याराथन धाबक भुमिराज राइ , म्याराथन धाबक सुरेन्द्र बस्नेत ,केन्याका धाबक पिटर मोंगे लगायत १० जनाको टोलीले साथ दिएको थियो | पण्डित निरन्तर उल्टो हिडेर पार गरे भने अन्य धाबक सुल्टो हिडेर निर्धारित दुरी पार गरका थिए | मंगलबार ७ बजेर २५ मिनेटमा पुर्ब अर्थ मन्त्रि डा राम शरण महत ,नेपाल पुलिस ट्राफिक प्रमुख डि आइ जी प्रकाश अर्याल ,हिसांनका अध्यक्ष रमेश कुमार सिलवाल ,पुर्ब संसद बिर बहादुर सिंह लगाएतले संयुक्त रुपमा उल्टो दौड उद्घाटन गर्नु भएको थियो |
संजय सहितको टोलि दोलालघाटमा मंगलबार बेलुका ८ बजेर १४ मिनेटमा पुग्न सफल भएको थियो | पण्डितको टोलीलाई दौड अबधिभर नेपाल पुलिस तथा ट्राफिक पुलिसले साथ दिएको थियो | पण्डितले दौड पछि खुसि हुदै भने मैले यो संसारलाई मान्छे उल्टो हिड्नमात्र होइन उल्टो दौडन पनि सक्छ भन्ने कुराको प्रमाणित गरिदिएको छु |अस्ट्रेलिया अनि अफ्रिकाको सर्बोच्च शिखरहरु उल्टो हिडेर आरोहण गर्दै गर्दा मलाई लागेको थियो मान्छे उल्टो पैडेल हिडेर लामो दुरी दौडन सक्छ होला कि सक्दैन होला भन्ने निकै कौतुहलता लागेको थियो | म अस्ट्रेलियाको सर्बोच्च शिखर उल्टो हिडेर आरोहण गरेको दिनको खुसियालिमा यो उल्टो हिडेर दौडने दौड घोसणा गरेको थिए |मलाई विश्वास थिएन कि मैले यति लामो दुरी उल्टो दौडिएर पार गर्छु भन्ने किनकि मैले यो भन्दा पहिला यस्तो उल्टो दौड कहिल्य दौडिएको थियन र अभ्यास पनि थिएँन यस्तो प्रकारको दौडको | कुनै पनि व्यक्तिले आट र शाहस गर्यो भने सबै कुरा सम्भव रहेको कुरा पनि उनले जानकारी दिए |
पण्डित लामो दुरीका धाबक एबम सगरमाथा लगायत बिस्वका चर्चित हिमाल आरोहण गरेको बिस्व पर्वतारोही पनि हुन् |पण्डितले २४९५ कि मि लामो दुरीको दौड पनि दौडिएसकेका छन् | अर्को वर्ष देखि नोवेम्बेर २२ का दिन पारेर उल्टो दौड म्याराथन प्रर्तियोगिता राखिने कुरा पनि पण्डितले जनारी दिए | दोलालघाटका प्रहरी प्रमुख बिरेन्द्र कुमार सिंह तथा स्थानिय बासिन्दा लगायतले भब्य सम्मान गरेका थिए भने सिंहले दोलालघाट सम्म आएको कुराको प्रमानिकरण गरिदिएका थिए |