बच्चा जन्माउने योजना बनाएपछि के गर्ने ? पढ्नुहोस्, डाक्टरका १६ टिप्स

baby-momडा. ज्योति अग्रवाल, स्त्रीरोग विशेषज्ञ 

१. गर्भवती हुने प्रयास गर्ने वेलादेखि नै फोलिक एसिड चक्की सेवन गर्नुपर्छ । यसले बच्चाका अंगहरूको विकासलाई सहयोग गर्छ ।

२. गर्भाधान गर्नुअघि मधुमेह, उच्च रक्तचाप, दम, थाइराइड हर्मोन, छारेरोग, मुटुको रोग छ भने त्यस्ता रोगलाई नियन्त्रणमा राख्नु आवश्यक हुन्छ ।

३. बारम्बार गर्भपतन भइरहने महिलाले राम्रोसँग सबै परीक्षण गराएर मात्र गर्भवती हुनु राम्रो हुन्छ ।

४. गर्भवती भएको थाहा पाउनासाथ स्वास्थ्य संस्थामा जँचाउने ।

५. दआफूखुसी औषधि सेवन नगर्ने, सरसफाइमा विशेष ध्यान दिने र घरमा बनाएको खाना मात्र खाने ।

६. प्रत्येक दिन कम्तीमा दुई गिलास दूध, फलफूल, हरियो सागपात, उम्रेको गेडागुडी खाने ।

७. धेरै बेर खाली पेट नबस्ने, छिनछिनमा थोरै–थोरै खाइरहने ।

८. धुम्रपान, मद्यपान नगर्ने र अरूले गरेको स्थानमा पनि नबस्ने । ९. गह्रुँगो भारी नबोक्ने, सवारीसाधन आफैँ नहाँक्ने, लामो दूरीको यात्रा नगर्ने ।

१०. दिउँसो कम्तीमा दुई घन्टा आराम गर्ने, मानसिक तनाव नलिने ।

११. सुत्दा सकेसम्म देब्रे कोल्टे फर्किएर सुत्ने, लामो समय उभिएर काम नगर्ने, खुट्टा झुन्ड्याएर नबस्ने ।

१२. सुतेर उठ्दा पहिले कोल्टे फर्कने अनि मात्र उठ्ने ।

१३. सुरुको दुई महिना र अन्तिम महिनामा यौनसम्पर्क नराख्दा राम्रो हुन्छ ।

१४.गर्भावस्थाका कारण उच्च रक्तचाप वा मधुमेह देखापर्न सक्छ । थाइराइड हर्मोन कम भएका महिलाले थाइराइडको औषधि सेवन नगरेमा जन्मने बच्चा सुस्त मनस्थितिको हुनसक्छ ।

१५. बच्चा ठाउँमा भए/नभएको, राम्रो विकास भए/नभएको वा बच्चाको संख्या थाहा पाउन ६ देखि आठ हप्तामा अल्ट्रासाउन्ड जाँच गराउनुपर्छ ।

१६. बच्चा अपांगता भए/नभएको हेर्न १८ देखि २० हप्तामा पुनः अल्ट्रासाउन्ड गर्नुपर्छ ।

नयाँ पत्रिकाबाट

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७३०४:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण यौन सम्बन्ध राख्दा महिला कराउछन्