राष्ट्रपतिको नेपाल भ्रमणबारे महाबिर पुनका ८ प्रश्नहरु

प्रविधि प्रसारक र समाजेसेवी महाबिर पुनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले तीन दिने भारतीय भ्रमण सकाएको भोलिपल्टै सरकारलाई आठ वटा प्रश्नहरु गरेका छन् :

बिशेष अनुरोध: यस भन्दा अगाढी काम गरि सकेका भू .पू सरकारहरु, बर्तमानमा काम गर्दै गरेका र भविष्यमा आउने सरकारहरुलाई कुनै पनि विशिष्ट बिदेशी पाहुनाहरुलाइ निमन्त्रणा गरी उनीहरुको कार्यक्रम बनाउनु भन्दा अगाढी निम्न कुराहरुमा एकदमै गहिरीएर सोच्नको लागी अनुरोध:

हुन त धेरै पहिला देखि नै विशिष्ट श्रेणीका बिदेशी पाहुनाहरु नेपाल आउँदा सार्बजनिक बिदा दिने चलन चलिरहे कै हो. पुर्ब राजाहरु विदेश जाँदा र स्वदेश फर्कदा पनि सार्बजनिक बिदा दिने चलन चले कै थियो. हालै भारतीय राष्ट्रपतिको भ्रमणमा पनि त्यसै गरियो. यसरी सार्बजनिक बिदा घोषणा गर्दा र विशिष्ट पाहुनाहरु आउंदा गरिने कार्यक्रम हरु बनाउंदा अति नै ध्यान दिनु पर्ने हो. यसरी ध्यान नदिंदा देशले कस्तो कस्तो आर्थिक घाटा बेहोर्नु पर्दछ र जनताहरुले कस्तो कस्तो सास्ती पाउनु पर्दछ भन्ने कुरा सरकारले थाहा पाउनु जरुरी छ जुन कुरा सरकारमा बस्ने महानुभाबहरु लाई थाहा छैन भने यहाँ राख्न चाहन्छु.

सर्बप्रथम पोखरा एयरपोर्ट बन्द भएको कुरा बाट सुरु गर्दछु अनि बिस्तारमा जान्छु.

१. भारतीय राष्ट्रपति आउंदा एकदिनको लागी पोखरा एयरपोर्ट नै दिन भरी बन्द गरियो. यस्तो गर्दा Yeti Air, Buddha Air र अन्य एयरलाइन्सहरुको कम्तिमा पनि २० ओटा फ्लाईटहरु भएनन्. यसरी ति एयर्लाइन्सहरुले ठुलो आर्थिक घाटा व्यहोर्नु पर्यो. त्यसको साथै ति फ्लाईटहरु बाट आउने हजारौं पर्यटकहरु नआउँदा पोखराको होटेलहरुले ठुलो घाटा व्यहोर्नु पर्यो. त्यसरी नै पोखराबाट काठमाडौँको फ्लाईट नहुँदा काठमाडौँको होटेलहरुले पनि थुप्रै आर्थिक घाटा व्यहोर्नु पर्यो. अनि फ्लाईट नभएर तोकिएको कार्यक्रम भन्दा पर्यटकहरुलाई एक दिन बढी राख्नु पर्दा tour operator, र travel agent हरुलाइ एक दिनको खर्च घाटा पर्न गयो. कतिपय व्यक्तिहरुको international connecting flight पनि छुट्यो. सरकारमा बस्ने महानुभाबहरु लाई पहिला यो कुरा थाहा थियो कि थिएन र अहिले थाहा छ कि छैन?

२. सार्बजनिक बिदा भन्ने बित्तिकै स्कूल र कलेजमा पढ्ने लाखौँ बिद्यार्थीहरुको एकदिनको पढाई नोक्सान भयो जुन घाटालाई आर्थिक रुपमा यति उति भनेर हिसाब निकाल्न गाह्रो छ तर पनि यो ज्यादै ठुलो क्षति हो. त्यसको साथै स्कुल र कलेजमा पढाउने सम्पूर्ण शिक्षकहरुलाई दिईने करोडौंको तलब अनुत्पादक भएर त्यत्ति कै खेर गयो. सरकारमा बस्ने महानुभाबहरु लाई पहिला यो कुरा थाहा थियो कि थिएन र अहिले थाहा छ कि छैन?

३. यसरी बिदा हुँदा सरकारी अस्पतालहरुका र सरकारी कार्यालयहरु का कर्मचारीहरु लाई दिईने करोडौंको तलब त्यसरी नै अनुत्पादक हुन्छ जुन कुरा नेपाल जस्तो गरिब राष्ट्रको लागी ठुलो घाटा हो. सरकारमा बस्ने महानुभाबहरु लाई पहिला यो कुरा थाहा थियो कि थिएन र अहिले थाहा छ कि छैन?

४. सो बिदाको दिन नेपाल भरिका सरकारी अस्पतालहरु बन्द हुँदा लाखौँ नेपालीहरु ले स्वास्थ्य सेवा बाट बन्चित हुनु पर्ने हुन्छ र हजारौं सिकिस्त बिरामीहरुको ज्यान जान पनि सक्छ. सरकारमा बस्ने महानुभाबहरु लाई पहिला यो कुरा थाहा थियो कि थिएन र अहिले थाहा छ कि छैन?

५. बिभिन्न सरकारी कार्यालयहरुमा काम बिशेषले सदरमुकाम जाने लाखौँ नेपालीहरुले अचानक बिदा हुंदा एक दिन बढी कुर्नु पर्ने हुन्छ. यसो गर्दा लाखौँ नेपालीहरुको एक दिनको श्रम र सदरमुकाममा बस्दा लाग्ने खर्च त्यत्ति कै खेर जान्छ. सरकारमा बस्ने महानुभाबहरु लाई पहिला यो कुरा थाहा थियो कि थिएन र अहिले थाहा छ कि छैन?

६. अन्तराष्ट्रिय विमानस्थल घन्टौं सम्म बन्द गर्दा नेपाल भित्रिने र नेपालबाट बाहिर जाने यात्रुहरुले धेरै दुख भोग्नु पर्ने हुन्छ. विदेश बाट आउने हवाईजहाजलाई डाइभर्ट गरेर अन्य कुनै मुलुकमा लैजानु पर्दा अथवा हवाइजहाजलाई २,३ घण्टा आकाशमा नै होल्ड गरेर बस्नु पर्दा आर्थिक रुपमा धेरै घाटा हुन्छ. काठमाडौँको एयरपोर्टबाट फ्लाईट ढिलो भयो भने विदेशका बिभिन्न मुलुकमा जाने यात्रुहरुको connecting flight छुट्न सक्छ. सरकारमा बस्ने महानुभाबहरु लाई पहिला यो कुरा थाहा थियो कि थिएन र अहिले थाहा छ कि छैन?

७. कतिपय स्वदेशी तथा बिदेशी यात्रुहरु नेपाल कै बिभिन्न जिल्लाहरु बाट domestic flight मा काठमान्डू आई सोहि दिनको international flight मा विदेश जान्छन. यसरी बिदेशी विशिष्ट पाहुनाहरु आउंदा काठमाडौँको एयरपोर्ट बन्द गर्दा उनीहरुको flight छुट्न जान्छ जसले गर्दा उनीहरुले ठुलो मानसिक तनाब र आर्थिक घाटा व्यहोर्नु पर्दछ. सरकारमा बस्ने महानुभाबहरु लाई पहिला यो कुरा थाहा थियो कि थिएन र अहिले थाहा छ कि छैन?

८. अन्य मुलुकहरुमा बिदेशी विशिष्ट पाहुनाहरु आउँदा नेपालमा जस्तै गरेर “हाँडीगाउँको जात्रा ” जस्तै धुमधामका जात्राहरु गर्ने चलन छैन अथवा मैले थाहा नपाएको पनि हुन सक्छ. तपाई नेपालका राष्ट्र प्रमुखज्यू हरु विशिष्ट पाहुना भएर विदेशमा जाँदा कुन कुन देशमा सार्बजनिक बिदा भएको छ, बाटाहरु बन्द भएका छन् र पुरै एयरपोर्ट कैयौं घण्टा र दिनभरी बन्द भएको छ? प्रष्ट पार्नुहोस. यो कुरा हामी जस्ता जनताहरु लाई पनि जानकारी दिनु भएमा अलि अलि भए पनि चित्त बुझ्ने थियो. तपाईं नेपालका राष्ट्र प्रमुख ज्यूहरु विदेश जाँदा अरु देशका जनताहरुले पनि अलि अलि सास्ती पाएकै हो भने हामीलाई पनि चित्त बुझ्छ. यदि तपाईं राष्ट्र प्रमुख ज्यूहरु अन्य देशहरुमा जाँदा सार्बजनिक बिदा भएका छैनन् र त्यहाँका जनताहरुले हामीले जस्तै सास्ती भोग्नु परेको छैन भने हामीले मात्र सार्बजनिक बिदा गर्नु पर्ने र हामीले मात्रै सास्ती भोगनु पर्ने बाध्यता किन? प्रष्ट पार्नु होला.

त्यसैले अबका दिनहरुमा बिदेशी विशिष्ट पाहुनाहरुको लागी कार्यक्रम बनाउंदा यी माथी दिइएका कुराहरुमा ध्यान पुर्याउन नेपाल सरकार लाई म सहित सम्पूर्ण नेपालीहरुको अनुरोध छ. त्यसता कार्यक्रम बनाउंदा जनताहरु लाई पर्ने पीरमर्का र राष्ट्र लाई पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष घाटा सके सम्म न्यून गर्न अनुरोध छ. धन्यबाद.

प्रकाशित : आइतबार, कार्तिक २१, २०७३०४:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपालमा आफन्तले नै आफन्तको ज्यान लिने क्रम बढ्यो , कहाँ छ सुरक्षा ?