यौन सम्पर्क गर्न लाग्दा केही समयका लागी मात्र लिङ्ग उत्तेजित हुन्छ । के गर्ने होला ?

– डा राजेन्द्र भद्रा

भाद्र ३१, २०७३-

म ३१ वर्षीय विवाहित पुरुष हुँ । मैले लगातार १५ वर्षदेखि ६ महिनाअघिसम्म हस्तमैथुन गर्दै आएको थिएँ । मेरो विवाह भएको तीन महिना भयो । यौनसम्पर्क गर्न लाग्दा मेरो लिङ्ग उत्तेजित हुन्छ, तर केही समयका लागि मात्र । उनमा प्रवेश गर्नुअघि र्‍यालजस्तो पदार्थ निस्कन्छ । यो के भएको र यसका लागि के गर्नुपर्ला ? 

 

के भएको होला ?
तपाईंलाई थाहै हुनुपर्छ, सामान्यत: यौनसम्पर्क राख्दा योनि र लिङ्गको घर्षण गरिन्छ । यसरी घर्षण हुँदा सजिलो होस् भनेर यौन उत्तेजनाका क्रममा योनिबाट पर्याप्त मात्रामा रस आउँछ । यौन उत्तेजनामा योनिरस आउनु स्वभाविक हो । यसरी यौन उत्तेजनाका बेला आउने योनिरसको प्रमुख उद्देश्य यौनसम्पर्कमा सहजता ल्याउनुका साथै त्यसलाई सुखमय तुल्याउनु हो । कहिलेकाहीं अत्यधिक योनिश्राव भएको स्थितिमा यौन आनन्द प्राप्तिमा केही कमी आउन सक्छ ।
मानव जातिको कुरा गर्दा पुरुषको हकमा केही रस आउने भए पनि यो अति नै थोरै हुन्छ । महिलाको योनिबाट आउने रसको तुलनामा त्यो अति नै थोरै हुने भएकाले यौन सम्पर्कलाई सहज बनाउन त्यसले कुनै भूमिका खेल्दैन । कतिपय स्थितिमा यौन उत्तेजना भएपछि पुरुषको लिङ्गबाट रस आउने कुराको खासै चर्चा नगरिँदा कतिपय व्यक्तिलाई यो असामान्य हो कि भन्ने लाग्न सक्छ । यौन उत्तेजना भएपछि यसरी वीर्य स्खलन हुनुभन्दा पहिले सफा तथा रङ्गहीन तर केही च्यापच्यापे रस आउनु सामान्य हो । यसलाई अंग्रेजीमा Pre-cum तथा चिकित्सकीय भाषामा Pre-ejaculate भनिन्छ । मोटामोटी रूपमा हामी यसलाई ‘पूर्व–स्खलन’ भनेर अनुवाद गर्न सक्छौं ।

 

यो कसरी बन्छ ?
माथी भनिएजस्तै यो यौन उत्तेजनापछि निस्कन्छ । यौनसम्पर्क गर्ने उद्देश्य होस् वा प्राक्क्रीडा वा हस्तमैथुन यस्तो रस मूत्रद्वारमा देखिन्छ । लिङ्गलाई दुहेर केही थोपा बाहिरतिर पनि आउन सक्छ । पौरुष ग्रन्थिको मुनितिर मूत्रनलीसँग जोडिएको केराउका दानाजस्ता दुई ग्रन्थि हुन्छन्, जसलाई दगदियगचभतजभचब िअर्थात् ऋयधउभच’क नबिलमक भनिन्छ । यो रस मुख्यतया यही ग्रन्थिमा बन्छ र यसमा मूत्रनलीमा भएको श्लेष्म बनाउने ग्रन्थि (नबिलक या ीष्ततचभ) बाट आएको रस पनि मिसिएको हुन्छ ।

 

यसको काम के होला ? 
यसको खासै कार्य वा उपयोगिता यकिनका साथ भन्न सकिने स्थिति भने छैन । यसले यौनसम्पर्कमा चिप्लो पदार्थका रूपमा कार्य नगर्ने भए पनि अर्को एउटा महत्वपूर्ण कार्य गर्छ भन्ने विश्वास गरिन्छ । तपाईंलाई थाहै छ, पुरुषमा मूत्रनलीबाट नै पिसाब बाहिर आउँछ भने वीर्य स्खलन हुँदा पनि यही नलीबाट वीर्य बाहिर आउँछ । वीर्यमै शुक्रकीट हुन्छन् । यही शुक्रकीट तथा महिलाको डिम्बाशयवाट आएको डिम्बको मिलनबाटै जीवनको प्रारम्भ हुन्छ ।
यी शुक्रकीट अम्लीय वातावारणमा बाँच्न सक्दैनन् । पिसाबका कारण मूत्रनलीमा भएको अम्लीयपनलाई यसले बेअसर तुल्याइदिन्छ । एक हदसम्म योनिको वातावरण पनि अम्लिय हुन्छ । यसरी लिङ्गबाट वीर्य स्खलन हुनुभन्दा पहिले थोरै नै भए पनि निस्कने यस्तो रसले केही मात्रामा भए पनि अम्लियपनलाई
कम गर्छ ।
यसरी आउने तरल पदार्थमा सामान्यत: शुक्रकीट हुँदैनन्, त्यसैले सामान्य अवस्थामा उक्त रसको सम्पर्कबाट गर्भ रहँदैन, तर कतिपय स्थितिमा यदि केही समय पहिले मात्र हस्तमैथुन गरेर वा यौनसम्पर्क गरेर वीर्य स्खलन गरेको भए उक्त वीर्य स्खलनका कारणले मूत्र नलीमा रहेका केही शुक्रकीट यो रसमा आउने सम्भावना रहन्छ । यस्तो स्थितिमा भने थोरै नै भए पनि गर्भरहने सम्भावना हुन्छ भनिन्छ । अर्को कुरा, यसमा एचआईभीलगायत अनेक यौनरोगको संक्रमणका जीवाणु हुने भएकाले ती रोग सर्न सक्छन् ।

 

समस्याको समाधान ?
सामान्यत: यदि यो रस पूर्व–स्खलन हो भने खासै चिन्ताको विषय होइन । केही व्यक्तिमा यो रस निस्कने कुरा नै थाहा नपाउने गरी थोरै हुन्छ भने केहीमा चियाचम्चा वा त्यसभन्दा बढी पनि निस्कन्छ ।कतिपयमा यौन उत्तेजना भएपछि धेरै नै रस आएर लाज लाग्ने स्थिति नै सिर्जना हुन सक्छ । धेरै रस आउने स्थितिमा लगाएको कन्डम असहज अवस्थामा पुगेको घटना पनि पाइन्छ ।

यसलाई केही कम गर्न एन्टिहिस्टामिनजस्ता औषधी सेवन गर्न सकिन्छ, तर त्यसले यति नै कम गर्छ भन्न सकिने स्थिति भने छैन । केही परिस्थितिमा प्रोस्टेट ग्रन्थिमा भएको खराबी वा अन्य केही कारण हो कि भनेर विचार गर्नुपर्ने हुन्छ । तपाईंलाई शंका लागेको छ भने चिकित्सकसँग सम्पर्क गरेर सहयोग लिन सक्नुहुन्छ । कान्तिपुर साप्तहिकबाट 

प्रकाशित : आइतबार, कार्तिक २१, २०७३०२:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उहाँ महिनावारीका बेला झन् रमाइलो हुन्छ भन्दै सेक्स गर्नुहुन्छ ! महिनावारीमा सेक्स गर्न हुन्छ कि हुँदैन ?