सेलरोटी बनाउँदै हुनुहुन्छ? यसरी बनाउनुहोस अझै स्वादिष्ट

तिहार नेपालीहरुको दोस्रो ठुलो पर्व। उज्यालोको पर्व, फूलहरुको पर्व अनि स्वादहरुको पर्व । यति भएपछि मिष्ठान्न परिकार पनि अनिवार्यजस्तै हुन्छ यो पर्वमा। सेलरोटी,अर्नसा जस्ता परिकारहरु घरायसी विधिबाट बनाउने प्रचलन रहेको छ। तर यसमा अलिकति आधुनिक सिप र विधि प्रयोग गर्ने हो भने अझै स्वादिष्ट बनाउन सकिन्छ।

सामग्री

चामलको पिठोः १ किलो(मसिनो गरी पिसेको)

खस्रो चामलको पिठोः २ पाउ

मैदाः २ पाउ

चिनीः २ पाउ

अलैंचीको पाउडरः २० ग्राम

घिउः आवश्यकतानुसार

विधि

चामलको पिठो, चिनी मैदा  तथा अलैंचीको पाउडरलाई सँगै राखेर पानी राखेर मोल्ने।

त्यसरी मोलेर आधा घण्टाजति राख्ने। यसपछि कराई तताउने र त्यसमा घिउँ राखेर तताउने जुन घिउ सेल डुब्ने हुनुपर्छ।  सेल कराईमा हाल्नुअघि उक्त कराइको घिउँबाट सेल हाल्न तयार भएको पिठोमा केही घिउँ राखेर फेरि त्यसलाई केही बेर मोल्नुपर्छ। त्यसपछि कराईमा सेल हालेर दुबैतिर खैरो हुन्जेलसम्म पकाउने र बाहिर निकाल्ने। यसरी आबश्यकता अनुसार सेल बनाउन सकिन्छ। – रासस

प्रकाशित : सोमबार, कार्तिक १५, २०७३०३:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

झ्वाट्टै हेर्दा पुरुषको पहिलो नजर महिलाको कुन अङ्गमा पर्छ ?