भारतका राष्ट्रपति प्रणब मुखर्जीको नेपाल भ्रमणका अपेक्षा

prakash bhandari
लेखक – प्रकाश भण्डारी “बिबेक”

१९ बर्ष पछि भारतका राष्ट्रपति प्रणब मुखर्जीले कात्तिक १३ गते देखि नेपालको ३ दिने राजकीय भ्रमण गर्देछन् । भारतले नेपालमा गणतन्त्र स्थापना र संबिधान निर्माणपछि नेपालको भ्रमण गर्ने उच्च पाहुना समेत मुखर्जी हुने बताएको छ ।

यसअघि सन् १९९७ मा तत्कालिन राष्ट्रपति के आर नारायणनले नेपालको भ्रमण गरेका थिए । राष्ट्रपति प्रणब मुखर्जी बाट भाईटिकाको अर्कोदिन हुन लागेको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले बिहीवार क्याबिनेटको बैठकबाट एक दिन सार्वजनिक विदा दिने घोषणा समेत गरिसकेको छ । भ्रमणका बेला राजधानीमा उच्चस्तरिय पाहुनाको शुरक्षा व्यवस्थापन तथा ट्राफिक व्यवस्थापन सहज बनाउनको लागी भन्दै सरकारले विदा दिने निर्णय गरेको थियो ।

भारतिय राष्ट्रपति प्रणब मुखर्जीको स्वागतका लागी राष्ट्रपति विद्या भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम रहेको छ । भ्रमणलाई मध्यनजर गर्दे सरकारले विमानस्थल देखि कार्यक्रमस्थल र भ्रमण गर्ने क्षेत्रलाई आधार मानेर शुरक्षा सम्बन्धी कार्ययोजना बनाएर शुरक्षा व्यवस्थालाई दु्रत गतिमा अगाडी बढाएको छ । यता २०७१ को मंसिरमा भएको सार्क शिखर सम्मेलनका बेला मुहार फेरेको राष्ट्रिय सभागृह, काठमाँडौ महानगरपालिकाले गर्न लागेको राष्ट्रपति प्रणब मुखजीको अभिनन्दन कार्यक्रमको लागी यसपालि पुन मुहार फेर्दे छ । अन्तराष्ट्रिय राष्ट्र तथा सरकार प्रमुख आउँदा महानगरले राष्ट्रिय सभागृहमा अभिनन्दन गर्ने पहिले दखिकै परम्परा रहँदै आएको छ ।

बिशिष्ट पाहुनाको आगमनले केही समयअघि अप्रत्यासित तवरले चिसिएको नेपाल(भारत सम्बन्धमा सुधारको संकेत देखिएको छ । राष्ट्रपति प्रणम मुखर्जीको नेपाल भ्रमणमा नेपाल(भारतबिचको व्यापार, पारवहन, विकास परियोजना, नयाँ दिल्लीमा सम्पन्न नेपाल र भारतको संयुक्त कमिसनको बैठकमा छलफल तथा अगाडी बढाउन बाँकी रहेका परियोजना, संबिधान संसोधन, मधेशवादी दलहरुका माग का बिषयका छलफल गर्ने संकेत देखिएको छ । राष्ट्रपति प्रणब मुखजीको नेपाल भ्रमण हरेक कोणबाट दुई देशको सम्बन्ध सुदृढ गर्नेछ भन्ने आशा छ ।

प्रकाशित : शनिबार, कार्तिक १३, २०७३१६:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

न देउसी भैलो भट्याउँछन् न मारुनी र सोरठी नाच्छन् तिहारको मौलिकता हरायो, अडियो रिपोर्ट