साथ दिएका मित्रजन हराए, आफन्तका आफ्नोपन हराए –

साथ दिएका मित्रजन हराए
आफन्तका आफ्नोपन हराए।

मान्छे यहाँ मान्छे मात्र रहे
मान्छे भित्र भाको मन हराए।

मुटु केबल मासुको डल्ला भै
मुटु भित्र को धड्कन हराए।

रित्तो भए सबै जे जे थिए
पाउज्युका ती छन्छन् हराए।

कालो/सेतो भाको छ यो जीवन
भए भरका ती यौवन हराए।

गजलकार ः सेर्पा दाेर्जे माङ

प्रकाशित : शनिबार, कार्तिक १३, २०७३०३:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुनामदन- मदन भाेट जाने बेला