भारतीय दूतावासद्वारा रु २ करोड ६३ लाख सहयोग

जुम्ला, ११ कात्तिक – साना जलविद्युत् घुघुती जुम्लाको पुनःनिर्माणका लागि भारतीय दूतावासले रु दुई करोड ६३ लाख सहयोग गर्ने भएको छ ।

विसं २०४० मा ५०० घरधुरीका जीर्ण विद्युत्को क्षमता अभिवृद्धिका लागि दूतावासले यो सहयोग गर्ने भएको हो । ३३ वर्षअघि ५०० उपभोक्ताका लागि निर्माण भएको २०० किलोवाट बत्ती घटेर १०० किलोवाट पुगेको छ । अहिले उपभोक्ता बढेर दुई हजार ७०० पुग्दा विद्युत्भार कटौतीको चरम मार खेप्नुपरेको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर महतले जानकारी दिनुभयो ।

“यही समस्यालाई गम्भीरताका साथ लिएर हामीले भारतीय दूतावासमा सहयोगका लागि अनुरोध गरेका थियौँ, सोहीअनुसार साना जलविद्युत् पुनःनिर्माणका लागि दूतावासले सहयोग गर्ने भएको छ र सम्झौता पनि भइसकेको छ” – उहाँले भन्नुभयो ।

राजेश ट्रान्सफर्मर उद्योग प्रालि धनगढीबाट आएको विज्ञ टोलीका प्रमुख पुस्करलाल दुवेदीले विद्युत्को लगत स्टिमेट रु तीन करोड १० लाख १० हजार लाग्ने प्रतिवेदन समितिलाई बुझाएको बताउनुभयो । रासस

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७३०६:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतिय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा