विवेकसिल शक्ति अबको बिकल्प : चेतनाथ निरौला

chetanath-niraulaबर्तमान परिप्रेक्षमा नेपालको राजनिति अनियमितता र भ्रस्टाचारको जालोमा निक्लनै नसक्ने गरि जकडिएको छ।भ्रष्टचार बिरुध्दको कामको लागि अख्तियारि पाएको अदुअआ प्रमुख नै अनियमितता र भ्रस्टाचारको बिबादमा तानिएका छन।भ्रष्टाचार मुक्त समाज निर्माणको अभियानमा लागेका आम नागरिक र युवाहरुको लागि यो भन्दा निराशा जनक कुरा अरु के हुन सक्छ? भ्रष्ट सस्कार बाट जकडिएको समाजले अहिलेका सचेत , जिम्मेवार र विवेकसिल युवाहरु लाइ कति धेरै पिरोलेको रहेछ भन्ने कुरा बर्षमा एकपटक मात्र आउने सबै भन्दा महत्वपुर्ण पर्ब दशैको रमाइलो लाइ पनि छोडेर सडकको तातो घाममा पसिना बगाउन निस्केको अाक्रोसित तर भद्र युवा जमात देखेर प्रस्ट हुन्छ ।

त्यो जमात जसलाइ यो देशको सबै क्षेत्रमा भएका बिकृति र बेथितिले पिरोलिरहेको छ।गलत राजनितिक सस्कार,भ्रष्ट परिपाटि र प्रणाली,आन्दोलनका नाममा हुने बिकृत बन्द हड्ताल र आगजनि,बिधि र कानुन मिचेर गरिने राजनितिक हर्कत,कालाबजारि मय ब्यापार,सामान्य नागरिकको गैर जिम्मेवार बानि ब्यबहार आदि सबै गलत अभ्यास र ब्यबहार को सभ्य अनि भद्र बिरोध गर्ने साथै समाधानका उपाय सुझाउने नयाँ सकरात्मक सोच सहित आएको उर्जाशिल युवाको जमात नै २१औ शताब्दिको नागरिकको चाहना पुरा गर्न सक्ने आशातित शक्ति हो।
नेपालका प्राय सबै स्थापित दल हरुको इतिहाँस बन्द,हड्ताल,आगजनि,हत्या हिंसा , अपहरण आदिसंग जोडिएको पाइन्छ ।समाजका यस्ता बिकृत अभ्यास बाट स्थापित दल हरुबाट हामि नागरिकले सकरात्मक परिबर्तनको सम्भावना खोजिरह्यौ।बिकास र समृध्दिको आश पालिरह्यौ।उनिहरुका हरेक ढटुवा लोलिपपमा भुलिरह्यौ।एकपटक होइन,दुइपटक होइन,पटकौ पटक बिस्वास गरिरह्यौँ तर ति दल हरुले देश र जनताको बिरुध्दमा आफ्ना तुच्छ स्वार्थको रोटि सेकाइरहे ,देश र देशभित्रका श्रोत साधनमा दलालि गरिरहे।अझैपनि यो क्रम रोकिएको छैन अनि हामि भने तिनिहरुकै पछि फेरि पनि सत्ययुगको हनुमान शैलिमा सुमेरु पर्बत बोक्न कस्सिरहेका छौँ भन्ने कुरा २१औ शताब्दिको आधुनिक चौतारि रुपि सामाजिक सन्जालमा देखिइरहेको छ। जुन दुर्भाग्यपुर्ण छ।
तर यसरि पुराना दलहरुको बिरोध गरिरहेर मात्र अन्य कुनै पृथक सक्ति लाइ बिस्वास गर्ने बाताबरण बन्छ भन्ने सम्भावना देखिदैन।आजको सचेत जनतालाइ बिना आधारका भासणमा आफुतिर आकर्सित गर्ने समय छैन।अब बक्ता हैन ,नागरिकले कर्ता खोजेको छ।त्यस्ता बास्तबिक कर्ताहरुलाइ नेपाली जनताले दिल खोलेर सहयोग गर्छन भन्ने कुरा कलाकार द्वय धुर्मुस सुन्तली लाइ देश बिदेश बाट भएको युवाहरुको प्रेम पुर्ण सहयोग बाट पुस्टि भएको छ ।यस्ता स्वच्छ र सफा मन भएका विवेकसिल मन हरुले अघिषित रुपमा समाज सुधारको नेतृत्व गर्नेरहेछन भन्ने कुराको सकरात्मक सन्चार उत्साहपुर्ण ढङ्गले सम्प्रेसित भै रहेको छ ।तर समाज सुधारका एक दुइ ब्यक्ति मात्रको प्रयासले समग्र देशको बिकास र समृध्दिमा अपेक्षित परिणाम सम्भब नहोला।यसको लागि देशको मेरुदण्डको रुपमा रहने राजनिति लाइ पनि सहि लिकमा ल्याउन जरुरि हुन्छ ।जसको नेतृत्व उच्च राजनितिक सस्कार ,पारदर्शिता,सेवामुलक राजनिति,जबाफदहि नेतृत्व,जिम्मेवार नागरिक आदिको ब्यबहारिक अभ्यास गर्दै अनि गराउदै आएको विवेकसिल नेपाली दलले गर्ने बिस्वास ख्याति प्राप्त पत्रकार,स्वतन्त्र नागरिक,बिभिन्न राजनितिक बिस्लेसक हरुको यदाकदाको भनाइ बाट झल्किन थालेको पाइन्छ ।
उक्त दलभित्र उर्जाशिल, दक्ष, इमान्दार , ब्यबहारिक,जोस र होस भएका सन्तुलित,योग्य र दृढ सङ्कल्पित युवाहरुको भरपर्दो जमात देख्न सकिन्छ ।विवेकसिल नेपाली दल बिगत केहि बर्ष देखि बिभिन्न प्रदुसित नदिहरु ,शहर ,चोक सफा गर्ने अभियानमा भौतिक रुपमा सहभागि भैरहेको छ ।आफु पारदर्शि ब्यबहार प्रस्तुत गर्दै भ्रस्टचार बिरुध्दको अभियान अन्तर्गत सु सस्कृत,सभ्य र भद्र आन्दोलन चलाइरहेको छ।आन्दोलनको क्रममा आफु कहिल्यै बन्द हड्ताल नगर्ने प्रतिबद्दता र अभ्यास गर्दै बन्द बिरुध्द भद्र अबग्याँ अभियान ‘नेपाल खुल्ला छ’ चलाउदै आइरहेको छ । विवेकसिल नेपाली दल आफु सम्बिधानको सबै प्राबधानलाइ अक्षरस पालन र सम्मान गर्दै नियम पालन नगर्ने बिरुध्द शान्ती पुर्ण र रचनात्मक बिरोध गर्दै आइरहेको छ ।त्यतिमात्र नभएर हरेक नागरिकको आधारभुत चासो र सरोकार रहेको स्वास्थ्य,शिक्षा क्षेत्रमा भएका बेथितिको बिरुध्द आवाज बुलन्द गरिरहेको छ।ब्यबसाय मुखि र मेहनति समाज स्थापनाका लागि स्व रोजगार मुलक तालिम सन्चालन प्राथमिकताका साथ गर्दै आइरहेको छ ।सम्भब भए सम्म आम नागरिकलाइ नेपाली सामान उत्पादन र प्रयोग गर्न प्रेरित गरिरहेको छ ।
यी र यस्ता कयौ सकरात्मक पक्ष र ब्यबहारिक अभ्यासले विवेकसिल नेपाली दललाइ नेपाली राजनितिको दौडमा जबरजस्त स्थापित गराइ रहेको छ ।

बिकास र समृध्दि आफ्नै जीबन कालमा देख्ने नागरिकको उत्कट इच्छालाइ जगाउन सफल भैरहेको छ ।जनताले भरोसा गर्न लायक एक मात्र पृथक सक्तिको रुपमा आफुलाइ उभ्याउन निरन्तर सफल भइरहेको छ। आशा गरौँ विवेकसिल नेपाली दल सबै नेपालीको साझा र प्रिय दल बन्न सकोस। शुभकामना!!
चेतनाथ निरौला |  विवेकशील नेपाली ,  इकाइ सम्योजक, जेध्दा, साउदि अरेबिया

 

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७३०४:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तिहारमा देउसी भैलो खेल्दा किन बलिराजाले पठाएको भनिन्छ ?