मोबाइल हराएमा ट्रयाकिङका लागि टेलिकमको कुन कार्यालयमा कसरी सम्पर्क राख्न सकिन्छ ?

मोबाइल हराएमा ट्रयाकिङका लागि तपाईँले सिधै नेपाल टेलिकमको कार्यालयमा सम्पर्क राख्नु पर्दैन । यसका लागि तपाईँको नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ । तपाईँले निवेदन दिए पछि त्यसै अनुसार प्रहरीमार्फत नै मोबाइल सेटको खोजी हुन्छ ।

तर त्यसका लागि तपाईँले आफ्नो मोबाइल सेटको IMEI (International Mobile Equipment Identity) नम्बर भने उपलब्ध गराउनु पर्छ । प्रत्येक मोबाइल सेटको IMEI नम्बर फरक हुन्छ । IMEI नम्बर मोबाइलको परिचय दिने १५ वा १७ अङ्कको संख्या हो । यो विशेषगरी मोबाइलको पछाडिको भागमा अर्थात ब्याट्री राख्ने ठाउँको मुनि लेखिएको हुन्छ । त्यस्तै मोबाइलमा *#06# डायल गरेर पनि आफ्नो IMEI नम्बर पत्ता लगाउन सकिन्छ ।  Source – Nepal Telecom

प्रकाशित : आइतबार, असोज ०९, २०७३०६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अब मापसे गरे ठाउँको ठाउँ बाइकको स्टार्ट बन्द हुने…