समावेशी समानुपातिक माथि देउवा, प्रचण्डको प्रहार !

कांग्रेस पार्टीले धेरै सकस पश्चात बल्ल तल्ल मन्त्रीमंडलमा पठाउने मन्त्रीहरुको नाम टुंग्याएको छ अन्ततः अब चाही प्रचण्ड मन्त्रीमंडलले पूर्णता पाउने निश्चित प्रायः भयो |प्रचण्ड मन्त्रीमंडलको हुने स्वरुपले समावेशी समानुपातिक शब्द माथि क्रुर प्रहार गरेको छ |amardip mokअमरदीप मोक्तान
माओवादी, काँग्रेस, राप्रपा. नेकपा संयुक्त द्वारा प्रचण्ड मंत्रिमंडला मा पठाइएका मन्त्रिमा नेकाप माओबादी केन्द्रको आठ जना मन्त्रीमा १) कृष्णबहादुर महरा, २) राम कार्की, =(क्षेत्रि ) ३) जनार्दन शर्मा , ४) हितराज पाण्डे, ५) धनीराम पौडेल,= (बाहुन) ६) अजयशङ्कर नायक,= (मधेशी ) ७) दलजित श्रीपाली =(दलित) ८) गौरीशंकर चौधरी (आदिवाशी) मन्त्रि भएका छन् । नेपाली कांग्रेश तर्फ बाट १५ जना मन्त्रीमा १) बिमलेन्द्र निधि र २) सीतादेवी यादव = (मधेशी), ३) रमेश लेखक, , ४) नविन्द्रराज जोशी , ५) शंकर भण्डारी = (बाहुन) ६ )अर्जुननरसिंह केसी , ७ ) प्रकाश शरण महत ८)बालकृष्ण खाँड ९) जीवनबहादुर शाही, १०)गगन थापा, ११) केशवकुमार बुढाथोकी, १२) हृदयराम थानी = (क्षेत्रि ठकुरी) १३)दीपक गिरि=,( गिरि ) १४) सुर्यमान गुरुङ १५ )रोमीगौचन थकाली = आदिवाशी (आदिवाशी) मन्त्रि भएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना मन्त्रीमा १) बिक्रम पाण्डे = ( बाहुन) २) दिपक बोहरा =(क्षेत्रि) मन्त्रि भएका छन् ।नेकपा संयुक्त को एक मन्त्रीमा १) जयदेव जोशी =(बाहुन) |

साना दलबाट चयन हुदा समावेशी समानुपातिक प्रति ध्यान दिने हुन् वा होइनन त्योहेर्न बाकि छ तर अहिले सम्म भई सकेका तथा हुने मन्त्रि को चयन ले प्रचण्ड मन्त्रीमंडल ले समावेशी समानुपातिक शब्द लाई तिरस्कार गरेको तथा संबिधान को मूल मर्म माथि प्रहार गरेको स्पस्ट रुप मा देखिन्छ |संबिधान निर्माण हुनु राष्ट्रका लागि ठुलो उपलब्धि भएता पनि संबिधानमा लिपिबद्ध भएका शब्द हरुको अक्षरस पालना भएन भने संबिधान कागज को खोस्टो मा परिणत हुन् सक्ने शंका बनि रहन्छ | नेपाली ले संबिधान त् प्राप्त गरे तर संबिधान कार्यवनयन गर्ने हरु को नियत स्वक्छ र पूर्वाग्रह रहित भएन भने संबिधान को सफलता मा प्रश्न चिन्ह उत्पन्न हुन् सक्छ |

समावेशी समानुपातिक शब्दको खाली स्थान लाई पूर्ति गर्न चतुर प्रचण्ड तथा देउवा ले राज्य मन्त्रि तथा साना दल मा आदिवाशी दलित मधेशी समावेश गरेर मुर्ख बनाउने पक्का छ |वंश रहे अंश पाइन्छ तर दुर्भाग्य नेपाल को शासन सत्ता मा अहिले सम्म जो पनि सत्तासिन भए उनीहरु ले अंश को त कुरा न गरौ अंश, हक अधिकारको कुरा गर्नेको वंश नै समाप्त पार्ने षड्यन्त्र रचिन्छ | नेपालमा न त् राजाले नै राज्यको अभिभावक बन्ने प्रयत्न गरे न त् प्रधानमन्त्री , मन्त्रि ले राष्ट्रको प्रधानमन्त्री हुन् भन्ने आभास गराए तथा बन्ने प्रयत्न पनि गरेनन | आफ्नो परिवार आफ्नो समुह घेरा भन्दा बाहिर कहिले पनि निस्कने प्रयाश गरेनन फलस्वरूप नेपाल मा हमेशा राजनेता रिक्तता रही रह्यो |

महात्मा गान्धीले राष्ट्र को विषय मा परिवार लाई कहिले पनि हस्क्षेप गर्न दिएनन् महात्मा गान्धी को दृस्टी भारत का सम्पूर्ण जनता समान थिए वहा ले जात पात धर्म को आधार मा कहिले पनि भेदभाव गरेनन त्यस कारण भारतीय जनता ले मोहनदास करमचन्द गान्धी लाई “महात्मा” तथा राष्ट्रपिता जस्ता आदरणीय शब्द ले विभूषित गरे | भारतमा महात्मा गान्धीका कति सन्तान र उनीहरुका नाम के हुन् भनि जनमत संग्रह गरिए बहुसंख्यक भारतीय जनता लाई थाहा छैन किन भने राष्ट्र र परिवार मा के दुरी हुनु पर्छ त्यो महात्मा गान्धी लाई रामरी थाहा थियो, महात्मा गान्धी ले परिवार वाद लाई राष्ट्र संग कहिले जोड्नु भएन सदैव टाडा राख्नु भयो |नेपालका नेताहरु राजनेता किन बनेनन्? जनताले नेतालाई किन घृणा को दृस्टीले हेर्छन , नेता जनताको नजरमा किन आदरणीय बन्न सकेनन सरल उत्तर हो हाल सम्म सतासिन भएका नेताहरु आफ्ना परिवार नाता सम्बन्ध को घेरा भन्दा कहिले पनि बाहिर निस्कनु न सक्नु नै प्रमुख कारण हो |

राजा ज्ञानेन्द्र राष्ट्र को अभिभावक भन्दा पनि पारसको पिता बन्न खोज्दा राजगद्दी बाट हमेशा का लागि सत्ताच्य्त हुन् पर्यो ,स्वर्गीय गिरिजा प्रशाद कोइराला पुत्री मोह तथा आफन्तजन को मोह बाट बाहिर निस्कन सकेनन आफुलाई मधेश का मसिहा हुन् भनि गर्व बोध गर्ने राजेन्द्र भने पुष्पकमल दाहाल प्रचण्ड पुत्र मोह मा लिप्त भएको उदाहरण नेपाली जनता सामु छ |

विगतमा पनि नेपाल मा संबिधान निर्माण न भएका होइनन तर संबिधान किन सफल हुन् सकेन किन असफल भयो ,संबिधान को मूल मर्म तथा भवन संग खेलवाड गरेको फलस्वरूप विगत का संबिधान असफल भएका हुन् |नेपाल मा जति पनि संबिधान निर्मण भयो त्यो केहि सिमित वर्ग ले उल्लङ्घन तथा आफ्नो अनुकुल को ब्याख्या गर्न का लागि मात्र निर्माण भएको थियो तथा थिचिएका पिल्सिएका उत्पीडित समुदाय लाई संबिधान को धारा उपधारा तथा कानुन को दण्ड देख्येर त्रसित बनाउन बाहेक केहि भएन |

ऐतिहाशिक संबिधान सभा ले निर्माण गरेको संबिधान विगत को संबिधान जस्तै घोर उल्लङ्घन तथा आफ्नो अनुकुल ब्याख्या तर्फ उन्मुख भई रहेको उदाहरण वर्तमान मन्त्रीमंडल गठन मा समावेशी समानुपातिक को उपेक्षा ले विगत को जस्तै असफल हुने तर उन्मुख भई रहेको प्रतित हुन्छ |राज्य का सबै निकाय मा समावेशी समानुपातिक हुनु पर्छ भन्ने शब्द त् संबिधान मा लिपिबद्ध भयो तर खोई त् नेपाल का ठुला भनाउदा हरु ले नियम पालना गरेको ?अग्रगामी संबिधान को निर्माण भयो भनि गर्व बोध मात्र गर्ने कि संबिधान लाई सफल बनाउन संबिधान मा लेखिए का शब्द लाई अक्क्षरस पालना गर्ने वातावरण को निर्माण विषय मा सोच्ने कि न सोच्ने ? हास्यास्पद के छ भने काँग्रेस बाट नुवाकोट बाट २ मन्त्रि अर्जुन नर्सिङ्ग केसी तथा प्रकाश शरण मन्त्रि बनाइएका छन् यदि नुवाकोट जिल्ला बाट बनाउनु नै थियो भने नुवाकोट का बहादुर सिङ्ग तामांग लाई मन्त्रि बनाएको भए के पहाड खस्ने थियो ?काँग्रेस पार्टी ले प्रदेश ३ मा यत्रो जिल्ला हुदा हुदै नुवाकोट बाट दुइ जना लाइ मन्त्रि बनाएर प्रदेश ३ को प्रतिनिधित्व भएको देखाउनु राजनीतिक बेइमानी बाहेक केहि होइन |

यदि विगत को असफल परम्परा लाइ निरन्तरता दिने तथा काखी च्याप्ने हो भने ऐतिहाशिक संबिधानसभा निर्मित संबिधान भनिएता पनि त्यो संबिधान असफल हुने निश्चित छ |संबिधान को पालना राष्ट्र अनुकुल हुनु पर्दछ न कि आफ्नो परिवार आफ्नो समुह इस्ट मित्र अनुकुल हुनु पर्छ भनि मनन गर्न जरुरि छ |राष्ट्रिय स्वाभिमान को कुरा भोको पेट ले मात्र हुदैन राष्ट्रिय स्वाभिमान तब मात्रै मजबूत तथा सफल हुन्छ जब राष्ट्र क प्रत्येक नागरिक ले अपनत्व बोध गरेको हुन्छ |राष्ट्रिय स्वाभिमान कसैको जमिन्दारी जगिर्दारी न भई सम्पूर्ण नेपाली जनता को समान हिस्सेदारी ले मात्र सम्भव हुन् सक्छ |नेपाली जनता को विडम्बना के छ भने माओवादी दस्तावेज मा मा काँग्रेस प्रधान शत्रु उल्लेखित भएता पनि ,माओवादी लाई जनयुद्ध मा जबर्जस्ति धकेल्ने कांग्रेस, माओवादी समावेशी समानुपातिक शब्द को घोर उपहाश गर्दै एकै मंचमा विराजमान भएर नेपाली जनता लाइ मुर्ख बनाइ रहेका छन् |विगत मा जे भयो भयो अब पनि ठुला भनाउदा पार्टीहरुले आफ्नो आचरण सुधार गरेनन भने नेपाल एउटा ठुलो द्वन्दमा धकेलिने निस्चित छ |
अमरदीप मोक्तान ,डाडा खर्क ,दोलखा

प्रकाशित : बुधबार, भदौ २२, २०७३०३:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खुसी