किन ? ओझेलमा पर्‍यो ऐतिहासिक जलेश्वर महादेवको मन्दिर,जहाँ बल्मिकीले तपस्या गरे

रामपुर (पाल्पा), १६ भदौ – जिल्लाको पश्चिमी क्षेत्रको कुसुमखोलामा रहेको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको महत्व बोकेको जलेश्वर महादेवको मन्दिर ओझेलमा परेको छ ।

balmikiसत्ययुगमा बाल्मिकी ऋषिले तपस्या गर्दा चिम्टाले खनेर पानी निकाली पानीको मुहान नजिक महादेवको मन्दिर स्थापना गरेको धार्मिक विश्वास रहेको यस क्षेत्र प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको हो । सदरमुकाम तानसेनदेखि २० किलोमिटर दूरी र समुद्र सतहदेखि एक हजार ८०० मिटर उचाइमा रहेको यस मन्दिरमा सदियौँदेखि अखण्डधुनी हुँदै आएको छ । स्थानीयसमाजसेवी सुशील नेपालका अनुसार कुनै समय विशेष अवसरका दिन अत्यन्त भीड हुन्थ्यो तर अहिले प्रचारप्रसारको कमीले गर्दा मन्दिर ओझेलमा प¥यो । धार्मिक हिसाबले मात्र होइन पर्यटकीय हिसाबले पनि यो क्षेत्र उत्तिकै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

मन्दिरमा पुरी थरका पुरुषले दैनिक पूजाआजा गर्ने परम्परा भए पनि सरोकारवाला निकायले ध्यान नदिँदा यतिखेर महिलाले पूजा गर्दै आएका छन् । अखण्डधुनी बाल्नुपर्ने भए पनि पुजारीकै बेवास्ताका कारण धेरै दिनसम्म ध्वनी नजगाएकोे स्थानीय भक्तजनको गुनासो छ । चार वर्षदेखि निरन्तर रुपमा आफूले पूजा गर्दै आएको मन्दिरकी पुजारी लक्ष्मी पुरीले मन्दिरमा पहिला पुरुष पुजारी भए पनि आफ्नो श्रीमान् व्यापारतिर लागेका कारण पुर्खाले गरेको कार्यलाई आफूले निरन्तरता दिएको बताउनुभयो ।

आफ्नो मनोकांक्षा पूरा भएको खुशीयालीमा पाल्पाबाट मात्र होइन छिमेकी जिल्ला र काठमाडौँबाट शिवरात्रि, सोमबारका दिन दर्शनार्थी आउने गर्दथे । रासस

प्रकाशित : बिहिबार, भदौ १६, २०७३०८:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुन बार जन्मिएको मानिसको भविष्य र आचरण कस्तो ? पत्ता लगाउनुस् आफ्नो भविष्य