भैंसीले जन्मायो हात्ति हेर्ने जानेको ओइरो

bahishi - hattiकाठमाडौँ, ७ भदौ – सुदुरपश्चिम बाजुरा जिल्लाको कूल्देवमाडौं गाबिसमा भैंसीले हात्तिको जस्तो अस्चार्यजनक बच्चा जन्माएपछी हेर्न जाने स्थानियको  घुइँचो नै लागेको छ ।

टाँटे प्रहरी चौकी कुल्देवमाण्डौका अनुसार कुल्देवमाडौं–९ का किर्पाराज रेग्मीको भैसीले हात्तिको जस्तै रुप भएको बच्चा जन्माएको हो । जन्मिएको पाडोको खुट्टा बाहेक सबै अंक हात्तिकै जस्तो भएको प्रहरी नायव निरीक्षक पदमराज पाण्डेले जानकारी दिएका छन । मंगलबार विहान व्याउने भैसीले हात्तिकै जस्तो रुप रंग भएको पाडो जन्माएको हो । विहान नौ बजेतिर जन्मिएको बच्चा लगत्तै मरेको भैसी मालिक रेग्मीले बताए । रेग्मीले चार महिना पहिले अछामबाट ५१ हजार ५ सयमा भैंसी खरिद गरी ल्याएका थिए ।

रेग्मीले ५ हजार ५ सय नाफा खाएर डोगडीमा विक्री गरेका थिए । साउन मै व्याउने सर्त भैसी लिएपनि भदौ लाग्दा पनि नव्याएपछि रेग्मीलाई नै फिर्ता गरिएको थियो । रेग्मीले फिर्ता लिएको चार दिनमा भैसी व्याएपनि हात्ति जन्माएको बताइएको छ । घटनाको प्रहरीले समेत स्थलगत अध्ययन गरेर, जानकारी लिएको प्रहरी नायव निरीक्षक पदमराज पाण्डेले बताए ।

भैसीले जन्माएको पाडो लगत्तै मरेपछि भैसीले दुध दिनमानेको र कल्चौडौं समेत नदेखिएको भैसी मालिकले बताएका छन् । गाउँमा अनौठो बच्चा जन्माएपछि हेर्नका लागि घुँइचो लागेको छ । अगाडिको नाक, पुच्छर सबै हात्तिकै जस्तो देखिएको छ । स्थानीयले उनलाई भैसीलाई दुनु नहुने बताईरहेको जानकारी छ ।

प्रकाशित : मङ्गलबार, भदौ ०७, २०७३१२:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१७ वर्षीय प्रेमीलाई प्रेमिकाले लभबाइट गर्दा मृत्यु