किन ? महिलाको पेटमा अडिँदैनन् कुरा, एक सोधको तथ्य यस्तो छ

(एजेन्सी) भनिन्छ, केटि मान्छेको रुद्रघन्टी हुँदैन,यसो भन्नुको अर्थ महिलाहरु कुनै पनि कुरालाई लामो समयसम्म मनमा राख्न सक्दैनन् । ‘अरु कसैलाई नभन्नु नि है !’ भनेर कसैले सुनाएको कुरा उनीहरुले कोही न कोही आफ्नो विश्वासपात्रलाई भनेरै छाड्छन् ।

यसरी गोप्य कुरा कसैलाई चुहाउने उनीहरुको नियत त पक्कै पनि हुँदैन । तर, यस्ता कुरा एक न एकजनालाई नभनी बस्न सक्ने धैर्यता पनि पाइन्न । कसैलाई नभन्दासम्म उकुस-मुकुस हुन्छ, अनि भनिहाल्छन् । अन्तराष्ट्रियस्तरमा हालै गरिएको एक रिसर्चबाट पत्ता लागेको छ, ‘महिलाहरुलाई कुनै पनि कुरा आफैँमा सिमित राख्न एक प्रकारको बोझजस्तै लाग्छ । यही बोझबाट छुटकारा पाउनका लागि कोही न कोहीलाई भनिहाल्छन् ।’

यसको मुख्य कारण महिलाहरु पुरुषको तुलनामा बढी इमोशनल (भावनात्मक) हुनु नै हो । त्यसैले त महिलाहरुलाई इमोशनल बनाएर कुनै पनि कुरा उनीहरुको मुखबाट फुत्काउन सकिन्छ । यसका साथै महिलाहरुमा अरुको गोप्य कुरा जान्ने उत्सुकता पनि तुलनात्मकरुपमा बढी हुन्छ । उनीहरु छिमेकीदेखि आफ्ना आसपासका मानिसहरुको सानो भन्दा सानो कुरामा पनि चासो राख्छन् ।

जब कुनै पनि नयाँ कुरा थाहा हुन्छ, तब त्यसलाई आफैँमा सिमित राख्नु बोझ बन्न थाल्छ । दिमाग भारी हुन्छ । अनि त्यसबाट मुक्ति पाउन अनकन्सस माइन्डलेले नै उनीहरुलाई सो कुरा व्यक्त गर्न प्रेरित गर्दछ ।

प्रकाशित : मङ्गलबार, साउन ३२, २०७३११:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एउटा यस्तो पत्यार नै नलाग्ने सत्यता, जहाँ छोरी जन्मिसकेपछि आफै यसरी बन्दछन् छोरा