यसरी पुरुषले पनि जन्माउन सक्छन् बच्चा, अब पुरुषलाई पनि आमा बन्ने यस्तो सौभाग्य

एजेन्सी – संसारमा आमा बन्ने जस्तो ठुलो  शौभाग्य केवल महिलाहरुले मात्र पाउँछन्, यो त सर्वमान्य यथार्थ नै हो ।  तर चिकित्सा विज्ञानको क्षेत्रमा भएको प्रगतिले यो यथार्थलाई बदलिदिएको छ र पुरुषहरु समेत अब गर्भवती भएर बच्चा जन्माउन सक्ने अर्थात् पुरुष आमा बन्न सक्ने भएका छन् ।

Pregnant

अमेरिकाका एक पुरुषले त तिन तिन जना बच्चा जन्माएर यो सावित गरिदिएका छन् । समलिंगी रहेका थोमस बेटी नामका ती व्यक्तिले अहिलेसम्म ३ वटा बच्चा जन्माइसकेका छन् । उनले सबैभन्दा पहिले सन् २००७ मा लिंग परिवर्तन गरी बच्चा जन्माएका थिए । त्यस्तै अमेरिका तथा अस्ट्रे लियामा समेत केही समलिंगी पुरुषहरुले बच्चा जन्माइसकेका छन् । सन् २०१३-१४ मा पश्चिमी अस्ट्रेलियामा मात्रै २२ जना पुरुषले बच्चा जन्माएका र न्यु साउथवेल्समा १६ जना पुरुषले बच्चा जन्माएका तथ्यांक छ ।

Thomas Beatie Gives Birth To Jensen James Beatie

वैज्ञानिकहरुका अनुसार समलिंगी पुरुषहरु जसको सरीरमा महिलाको प्रजनन अंग हुन्छ उनीहरु सजिलैसँग बच्चा जन्माउन सक्दछन् । अर्थात लिंग परिवर्तनपछि पुरुषहरुले पनि बच्चा जन्माउन सक्दछन् ।

आफूले ३ बच्चा जन्माएका थोमसले आफुजस्तै अरु समलिंगी पुरुषहरुलाई पनि बच्चा जन्माउन उत्प्रेरित गरिरहेका छन् ।

प्रकाशित : मङ्गलबार, साउन २५, २०७३०६:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्रीमतीले कहिल्यै भन्दैनन् आफ्ना यी ५ गोप्य कुरा श्रीमानलाई