महावीरले गरे करोडौंको जग्गा आविष्कार केन्द्र निर्माणको लागि दिने घोषणा

काठमाडौं, साउन १६ – सरकारसँग राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि मन्त्रालय धाउँदा धाउँदा थाकेका  प्रविधिविज्ञ तथा समाजसेवी  महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र निर्माणको  लागि आफ्नै नाममा रहेको लगभग ३ करोड रुपैयाँ बराबरको जग्गा दान गरेको घोषणा गरेका छन् ।

उनि हरेक सरकार तथा हरेक सरकारका आर्थमन्त्रीलाइ यस विषयमा बजेट छुट्याउन पटक पटक आग्रह गरेपनि कुनै सहयोग नगरेपछिको अवाथामा राष्ट्रिय आविष्कार केन्द्र जसरी भएपनि आफै भएपनि बनाइछाड्ने अठोट लिएका छन् ।

केन्द्र निर्माणको लागि  पुनले पोखराको बेगनास तालको उत्तरतर्फ रहेको करिब २८ रोपनी जग्गा दान गर्ने घोषणा आइतबार गरेका छन् । यस जग्गालाई  करिब ३ करोड रुपैयाँ पर्ने  बताईएको  छ ।

धेरै पटक सरकारका सचिव, मूख्य सचिव, अर्थमन्त्रीहरु र दुई प्रधानमन्त्रीलाई समेत भेटेर राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि सहयोग गर्न आग्रह गरिसके पनि यस विषयलाइ कुनै चासो नलीई  लत्याइएपछि थकित बनेका पुनले अब सरकारको  दैलो धुन  छाडेर जनताको घरदैलोमा गुहार लगाउने पनि बताएका छन् ।mahabir pun

प्रकाशित : आइतबार, साउन १६, २०७३०८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाल प्रवेश अगावै विदेशीको पुरा विवरण प्राप्त हुने प्रविधि भित्र्याइँदै