कुम्भकर्ण झैँ लगातार ६४ दिनसम्म सुत्ने यी युवती

रामायणमा एक चर्चित पात्र छन् कुम्भकर्ण ,जसलाई वर्षमा ६ महिना सुत्ने र ६ महिना जागै बस्ने गर्दछन् भनेर हिन्दुहरुले चिन्ने गरिन्छ । अहिले पनि धेरै सुत्ने अथवा रातभर र बिहान अलि ढिलोसम्म सुत्ने मानिसलाई कुम्भकर्णको नाम दिने गरिन्छ । यद्यपि जति धेरै सुतेपानी त्यहि रातमा छिटो र बिहान अलि ढिलो सम्म न  त हो ।  तर, बेलायतमा साँच्चीकै कुम्भकर्ण युवती नै फेला परेकी छिन् ।

उनी ६४ दिन सम्म सुत्छिन् भने ६५ औँ दिनमा ब्युँझिन्छिन् । निकोल नामकी यी २० वर्षकी युवतीमा क्लेन लेभेन सिन्ड्रोम भन्ने रोग भएको डाक्टरले बताएका छन् । यो रोग भएका मानिसहरु लामो समयसम्म सुत्ने डाक्टरहरुको भनाई छ । निकोल ६ वर्षको हुँदा देखिनै सुतेपछि २२-६४ दिनपछि मात्र उठ्न थालेको डाक्टरहरुले बताएका छन् । उनी सुरुमा दिनको १८ घण्टा सुत्थिन् । पछि उनको सुत्ने समय विस्तारै बढ्दै गएको थियो  ।

अहिले उनलाई निद्राले धेरै नै समस्या पारेको छ । यति सम्म कि आफ्नो १४ औँ जन्मोत्सव मनाउन सबै साथीहरुलाई बोलाएर उनी भने मस्त निद्रामा परेकी थिइन् र आफ्नो बर्थडे मनाउन पनि पाइनन् र उनी निद्रामै रहेको बेला उनको हजुरआमाको निधन भएको पनि पत्तो पाइनन् । एक रिपोर्टअनुसार विश्वमा यस्तो रोग भएका मानिसहरु झण्डै १ हजार जनाको संख्यामा रहेको पाइएको छ ।

प्रकाशित : शनिबार, साउन १५, २०७३१३:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उठ्ने बित्तिकै नहेर्नुहोस् ऐना र कसैको अनुहार, रहस्य यस्तो छ !