मैले दिदाको SLC…

चन्द्र सर्तुङ्गी मगर 

ठ्याक्कै मिति थाहा नभएपनि साठी सालको चैत्र महिनामा घरबाट गुन्टे भारी बोकी तम्घास पुगेका थियौ कमल, नेत्र, दर्शन र म । करिब १५ दिनको बन्दोबस्त गरी बा माईला बा (स्व. फर्सबहादुर घर्ति) बुढाथोकी बुबा (स्व. लिलबहादुर बुढाथोकी) ले राङबासको उकालो हुदै, घरबाट लगेको भात खादै बल्ल बल्ल साँझ देउराली पुगेका थियौ । घरबाट कुकर, ताप्के, थाली, चम्चा, स्टोभ, नुन, बेसार, अदुवा हाल्दा झोला झन्डै “कार्यकर्ता”को जस्तै भएको थियो । माओबादी आन्दोलन र राजा ज्ञानेन्द्रको शासनले देश अस्थिर थियो । ठाउ ठाउमा हाम्रो समुहलाई माओबादी नै भएको शँका गर्थे । देउराली “चेकपोष्ट”मा कुक्कर लग्न दिदैन भन्ने हामी तिन महिना अघि नै स्कुलमा थाहा पाएका थियौ । त्यै पनि हामीले हालेका थियौ । हाम्रा बुबाहरु भारतिय आर्मी भएकोले ड्युटी कति बेला “चेन्ज” हुन्छ भन्ने ख्याल रहेछ । त्यहि समय पारेर देउरालीबाट दुईवटा कुक्कर तम्घास पुर्याएका थियौ । कोठाको बन्दोबस्त बाको नम्बरीले मिलाइ दिनुभएको थियो छापटोलामा, खानीगाँउ देखि अलिक माथी । घर धेरै समय नछोडेको म । अलिक दिन घरमा आमा, दिदि, दाई, बैनीको यादले खुबै सताएको थियो । एउटा कोठामा चार चार जना थियौ । पढाई त भित्र बाहिर गएर पढ्थ्यौ । कमल र नेत्र अँकल प्राय पाकुरीको चौपारीमा बसेर पढ्थे । दर्शनले लेखेको लेख्यै । म भने बाहुन बा ले झै बरबरबर… । यसै गरि दुई तिन दिनको तयारी पछि परिक्षाको दिन शुरु भो । रिडर्स ई. बोर्डिङको गेटमा शाहि सेनाको बन्दुकबाट घोचिएर निस्के पछि बल्ल परिक्षा दिनु पर्ने । ठिकै हुदै थियो । त्यसैबेला राजाको गुल्मी जिल्लाको भम्रण थियो । तयारीको लागी हेलीकप्टर (भटभटे) बेला बेला आउथे । हामी पढिरहेका हुन्थ्यौ भटभटेको आवाज सुन्नासाथ दौडेर चिदि चौर पनि पुग्थ्यौ । त्यो नुऊडुञ्जेल त्यहि बसेर हेरिन्थ्यो । कहिले काहि टुनीखोलाबाटै फर्किनु पर्थ्यो भटभटे नहेरी । त्यहि समय झन्डै राजालाई छुएको थिए । ज्ञानेन्द्रले हात हल्लाउदै आकाशमा उडेको अझै याद छ । यो अबको बर्षमा आउदैन । परिक्षाको अन्तिम दिन फिलिम हेर्नुपर्छ भन्ने नियम नै स्थापित भएको थियो । त्यो पनि हेरियो ।
र…
पन्ध्र बिस दिन जति भटभटे र राजाको बारेमा मजाले गफ लाउने जागिर पाएका थिएँ गाँउमा । केहि कूरा जानेको मान्छे जस्तो भएका थियौ ।

प्रकाशित : शनिबार, असार ०४, २०७३०२:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सम्पूर्ण पुरुष मनमनै महिलालाई बलात्कार गर्छन्