विहीबार यि ५ काम गर्नुहोस् , तपाईलाई धन लाभ हुने छ

बिगुल धर्म,संस्कृति।
काठमाडौँ,  हिन्दु धर्ममा विहीबार गुरु दोष शान्ति वा गुरुको प्रशन्नताका लागि मनाईने गरिन्छ । पौराणिक मान्यता अनुसार गुरु वृहस्पति, देव गुरु हुन् । ज्योतिषी मान्यता अनुसार गुरु सफल दाम्पत्य जीवन वा सौभाग्यका लागि काम गर्दछन् । विशेषगरी स्त्रीको विवाह तथा पुरुषको आर्थिक जीवनका समस्याहरु गुरुको प्रशन्नतासँगै टाढा हुन्छन् ।
देवगुरु, वृहस्पति धनु र मीन राशीका स्वामी ग्रह हुन् । सामान्यतया गुरुले शुभ फल दिने गर्दछन् तर अन्य खराव ग्रहहरु गुरुको नजिक आए अथवा गुरु आफ्नो नीच राशीमा रहन गए भने गुरु अनिष्टकारी हुन्छन वा अशुभ फल दिने गर्दछन् जसका कारण मानिसहरु आर्थिक, मानसिक,शारिरिक र पारिवारिक रुपमा चिन्तित हुन पुग्दछन् । त्यसैले गुरुको पुजा गरेर हरेक समस्याबाट छुटकारा पाउन सकिन्छ, वा तपाई आर्थिक समस्याको सामना गरिरहनु भएको छ, कुनै काम गर्दा त्यसमा असफल भईरहनु भएको छ भने हामी तपाईलाई केही उपायहरु बताउँछौं जसबाट तपाई धन प्राप्त गर्न सक्नु हुन्छ । ज्योतिष शास्त्रका अनुसार वृहस्पति धनको कारक गुरु हो । जुन व्यक्तिलाई गुरुको कृपा हुन्छ त्यो व्यक्तिको आर्थिक अवस्था उत्तम रहन्छ । जसका लागी केही विशेष उपाय तल लेखिएको छ । जसबाट धन प्राप्त गर्न सकिन्छ ।

१. विहीबार ब्रह्ममुहुर्तमा उठेर सबै काम छोडेर भगवानको नमस्कार गर्नुहोस्, यस पछि घिउमा बत्ति बालेर भगवान विष्णुको पुजा गर्नुहोस् । विधिविधान अनुसार पुजा गरेपछि विष्णुको सहस्रनाम पाठ गर्नुहोस् ।
. विष्णुको पुजा गरेपछि चन्दनको तिलक लगाउनुहोस, वा चन्दन छैन भने वेसारको पनि तिलक लगाउन सक्नु हुनेछ ।
३. यस दिनमा कोही धन लिन आएमा धन दिनबाट जोगिनुहोस् वा नदिनुहोस् । जसका कारण गुरु कमजोर नहुन् । यदि गुरु कमजोर भए पनि तपाई आर्थिक समस्याबाट गुज्रिनु पर्छ ।
.विहीबारका दिन वुवा आमा तथा गुरुको आर्शिवाद लिनुहोस जुन आर्शिवाद गुरु ग्रहको आर्शिवाद मानिन्छ । यस ग्रहको प्रसन्नताको लागि पहँलो वस्त्र उपहार स्वरुप दिनुहोस तपाईलाई त्यस दिन उनिहरुको आर्शिवाद लाग्न सक्छ । जसले तपाईलाई धेरै लाभ मिल्छ ।
५. साँझको समयमा केराको रुखको मुनि दियो बालेर लड्डु या वेसनको मिठाई चढाउनुहोस् र सबै मानिसहरुलाई बाँड्नुहोस यसले तपाईलाई फाइदा मिल्नेछ ।

प्रकाशित : बिहिबार, जेठ २७, २०७३१०:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्रबार यसो गर्नुहोस नत्र शुक्रको प्रभावले अशुभ फल मिल्नेछ