ऋण तिर्न नसकेपछि बच्चा सहित श्रीमती नै साहुलार्इ सुम्पिए….

हाम्रा बुढा पाकाहरूले त्यसै भनेका रहेनछन् दीन लागाेस तर ऋण नलागाेस् । भारतमा भएकाे क घटनाले याे अर्थपूर्ण भनाइकाे पुष्टि गरेकाे छ । हालै भएकाे एउटा घटनाले सबैलार्इ चकित पारेकाे छ । घटना हाम्रै छिमेकी भारतमा भएकाे हाे । नेपालमा संविधान जारी हुँदा रिसाएर नाका बन्दी गर्ने भारतकाे नाम सुन्दै हामी नेपालीकाे पाराे चढ्छ रिषले तर याे घटनाकाे कुराले अचम्म पार्न सक्छ तपार्इलार्इ पनि । सुन्दा निकै अनौठो तथा भयानक लाग्छ ।  साहुसँग लिएको ऋण तिर्न नसकेर बदलामा साहुलाई नै आफ्नी श्रीमती तथा बच्चाबच्ची सुम्पिएका छन् । याे घटना भारतको बिहारमा भएको हाे।

बिहारको नालन्दा जिल्लाको नारजपुर गाउँका एक युवकले गाउँकै एक साहुसँग लिएको रिन तिर्न नसकेपछि आफ्नी श्रीमती नै साहुसँग अन्माइदिएका छन् । श्रीमतीसँगै बच्चा पनि साहुलाई उपहार दिएका छन् । समाचार अनुसार हिमांसु प्रसाद सुमन नामका ती युवकले फोटो स्टुडियो खोल्नका लागि गाउँकै साहु सावन कुमारसँग चार लाख भारु ऋण लिएका रहेछन् । ऋण लिएपछि सुमनले एकजना केटीसँग प्रेम गरे र पछि बिहे पनि गरे ।

लभको चक्कर तथा बिहेपछि उनले जुन कामका लागि रिन लिएको हो त्यो काम गर्नुभन्दा ऐश आराममा पैसा उडाए । जसका कारण उनले ऋणको ब्याज पनि तिर्न सकेनन् र ऋण बढ्दै गयो ।

जब साहु सावन कुमारले आफ्नो पैसा तिर्नका लागि हिमांसुलाई आग्रह गरे तब उनले अनौठो प्रस्ताव राखे । हिमांसुले आफुले पैसा तिर्न नसक्ने बरु पैसाको बदलामा श्रीमती र बच्चा दिने प्रस्ताव राखे । अनौठो त के भयो भने सावन कुमारले पनि ऋणीकी श्रीमती र बच्चा बेहोर्न मन्जुरी जनाए ।
दुबैको सहमतिमै हिमांसुले आफ्नी श्रीमतीको बिहे साहु सावन कुमारसँग गराइदिए र श्रीमतीसँगै बच्चालार्य पनि विदा गरे । यो घटनाले गाउँमा सनसनी मच्चाएको छ ।
यसरी सम्बन्ध विच्छेद नगरीकनै आफ्नी श्रीमती अर्कैलाई सुम्पिने हिमांसु कानूनको फन्दामा पर्नसक्ने बताइएको छ । तर यो बारेमा गाउँका कोहीपनि मानिस बोल्न नचाहने हुनाले पुलिसले पनि केही गर्न सकेको छैन ।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित : सोमबार, बैशाख २७, २०७३०४:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली युवतीले दिल्लीमा महिला प्रहरी अफिसरलाई थप्पड हानिन् (भिडियो सहित)