बायोडाटा वनाउदै हुनुहु्न्छ ध्यान दिनुहोस् , यी १० कुरा !!!

१ तपाइँले आफू कति धेरै इमान्दार छु भन्ने कुरा देखाउन बायोडाटामा विवरण कहिल्यै पनि समाबेश नगर्नुस । त्यसो गर्नुको सट्टा तपाइँले गरेका हरेक काम र उपलब्धिलाई हाइलाइट गरी ४ देखि ६ बुँदामा लेख्नुस् ।

२ प्रविधिको तिब्र बिकाशसंगै बर्तमान परिबेशमा बायोडाटा अनलाइन फर्मकोरुपमा पनि भर्ने चलन सुरु भइसकेको छ । त्यसैले चलनचल्तीमा रहेका पदावलीहरुलाई आफ्नो बायोडाटामा समावेस गर्न कहिल्यैपनि नभुल्नुहोस् ।

३ आफूले कति धेरै ठाउँमा जागिर खाएँ भन्ने कुराको बायोडाटामा ब्याख्या गर्नुभन्दा पनि एकै ठाउँमा कति धेरै वर्ष जागिर खाएँ भन्ने कुरामा जोड दिनुहोस ।

४ यदि तपाइको अनुभव निक्कै लामो छ भने त्यसलाई बायोडाटामा सारांस नबनाउनुस् किनकि त्यस्तो कुराको बायोडाटामा मान्यता दिदैन । त्यसैले भूमिका र अनुभवलाई मात्र हाइलाइट गर्नुहोस् ।

५ भनिन्छ तपाइँको बायोडाटाको माथिल्लो भाग पढेर नै अन्तवार्तामा बोलाउने नबोलाउने निर्णय गरिन्छ । त्यसैले तपाइँको क्षमता र अनुभवलाई सबैभन्दा माथि लेख्नुस् । तपाइँको इमेल वा मोबाइल नम्बर पुछारमा मात्र लेख्नुस् ।

६ बायोडाटामा सके सम्म छोँटा वाक्यको प्रयोग गर्नुस ।

७ तपाइको बायोडाटालाई विभिन्न चरणमा बाँढ्नुस् । उदहारणको लागि कामको अनुभव, अवार्ड, वा अन्य ।

८ सके सम्म बायोडाटामा लेखिएको भाषामा फन्ट धेरै ठूलो वा सानो नगराउनुस् । १० वा १२ को फन्ट प्रयोग गर्नुस् ।

९ बायोडाटँमा तस्विर ग्राफिक्स जस्ता लेआउट प्रयोग भुलेर पनि नगर्नुस् ।

१० स्तरीय बायोडाटामा कुनै पनि एक कुरलाई दोहोर्‍याएर समाबेश गरिएको हुँदैन । त्यसैले बायोडाटा बनाउँदा साथीभाइलाई देखाएर पुनर्लेखन गर्न नभुल्नुस ।

प्रकाशित : बिहिबार, बैशाख २३, २०७३११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

युवतीसंग निर्वस्त्र नै सुत्थे गान्धी !!! गान्धीको प्रेमलिला यस्तो, सायदै तपाइँलाई थाहा नहुन सक्छ