कुन राशिको प्रेम सम्बधमा कस्तो समस्या – जानिराखे राम्रो

मेष

यस राशिका जोडिहरुको बिचमा बेला बेलामा समस्या आइरहन सक्छ । तर प्रेमी वा प्रेमीका मध्ये कुनै एकले बेलैमाथी सावधानी अथवा लचकता अपनाएमा सम्बन्धमा सुधार आउन भने खासै समय लाग्दैन ।

वृष


वृष राशि भएका ब्यक्तिहरुलाई आफ्नो बैवाहिक जिन्दगीलाई बचाउन निकै समस्या हुन सक्छ । बिषेसगरी वृष राशि भएका ब्यक्तिहरु कुनै समयमा प्रेमी प्रेमीका भएको अनुभुत गर्दछन् भने कति बेला जिवनसाथी भएको अनुभुत गर्ने गर्दछन्, यो राशिका ब्यक्तिहरु धेरैजसो अलमलमै जिवन यापन गरेको पाउन सकिन्छ ।

मिथुन


यो राशि भएका ब्यक्तिहरु प्रेममा आपसी समझदारी कामय गर्न सक्ने खालका हुन्छन् । प्रेमको बिषयमा सबैभन्दा उत्कृष्ट राशि मानिन्छ यो । यस राशिका ब्यक्ति हरुले प्रेमी प्रेमिका लाई भरपुर साथ दिन्छन् र यो राशि संगको संम्बन्ध दिर्घायु पनि हुन्छ ।

कर्कट


कर्कट राशिका ब्यक्तिहरुलाई पनि प्रेममा अनावश्यक झञ्झट र खटपट मात्र आइरहन्छ । बिषेसगरी यस राशिका मानिस हरुलाई स्वास्थ्य संबन्धी गडबडी आईरहने भएकाले यो राशिका मानिसहरु कम बोल्ने गर्दछन् । जसका कारण सम्बन्धमा समस्या आउन सक्दछ ।

सिंह


सिंह राशिका ब्यक्तिहरु संगको प्रेम नजिक हुदा मात्र सम्भव हुन्छ, टाढा रहने बित्तिकै सम्बन्धमा समस्या उत्पन्न हुन सक्छ । त्यसैले यस राशिका ब्यक्ति हरु संग प्रेम सम्बन्ध चलिरहेको छ भने टाढा रहनु उचित कदापी हुदैन । सधै समिपमा रहने हरुको जोडि सफल हुने संभावना हुन्छ ।

कन्या


यस राशिका ब्यक्तिहरुको माया प्रेममा खासै उतारचढाव आउदैन । एकरुपले निश्चीन्त भएर माया गर्ने राशिमा पर्दछ कन्या राशि, कन्या राशि संगको प्रेम सम्बन्ध निकै बलियो हुने हुनाले चाहेर पनि छुटाउन सकिने अवस्था हुदैन । तर सजिलै संग आफ्नो प्रेम ब्यक्त गर्न र आफ्ना घर परिवार संग यस बिषयमा खुलेर भन्न सक्ने अवस्था हुदैन र सक्दैनन् पनि ।

तुला


तुला राशिका ब्यक्ति लाई प्रेम मा त्यति लगाव हुदैन यिनिहरु प्रेम भन्दा प्रतिष्ठा लाई धेरै महत्व दिने भएकाले प्रेममा समस्या आउन सक्ने संभावना प्रवल रहन्छ । समय समयमा यिनी हरुको घमण्ड अत्याधीक भएका कारणले नै प्रेम सम्बन्ध को अनत्य पनि हुन सक्छ तर कहिले काँही भने यस राशिका ब्यक्ति हरुमा हदै सम्म झुक्ने बानी रहेको हुन्छ ।

वृश्चिक


यस राशिका ब्यक्तिहरु प्रेमको बिषयमा अत्यन्तै गहिरो सोच र बिचारमा पुगेर मात्र निर्णय लिने गर्दछन् । अवश्यकता भन्दा धेरै सोच्ने भएकाले यस राशिका ब्यक्ति हरुले पूर्ण रुपमा प्रेम ब्यक्त गर्न सक्दैनन् । यसैकारणले पनि यस राशिका ब्यक्तिहरु संगको प्रेम सम्बन्ध खासै सफल भने देखिदैन ।

धनु


धनु राशिका ब्यक्तिहरुको सम्बन्धमा पनि बेला बेलामा समस्या आइरहन सक्छ । प्रेम जिवन र ब्यक्तिगत जिन्दगी तथा कार्यक्षेत्र बिचको तालमेल मिलाउन नसक्दा यिनिहरुले प्रेममा निकै झञ्झटपुर्ण प्रेमको अनुभुती गर्दछन् अनि प्रेममा समस्या आउन सक्छ ।

मकर


यस राशिका मानिसहरु प्रेममा धेरै आवेगी र अहंकार पुर्ण ब्यवहार देखाउदछन् । यो राशिका ब्यक्तिहरु संगको प्रेम सम्बन्ध निकै झंझटीलो हुन जान्छ । यस राशिका पे्रमी प्रेमिका हरुमा रवाफ र दवाव देखाउने, धाक धक्कु लगाउने चलन बढी हुन्छ । त्यसैकारण सुमधुर प्रेम सम्बन्ध बढ्नुको साटो घट्दै समाप्त हुन जान्छ ।

कुम्भ


कुम्भ राशि संगको प्रेम सम्बन्ध निकै अचम्मको हुन्छ । यिनीहरुसंगको प्रेम सम्बन्ध सामान्य कारण ले प्रगाढ हुन्छ भने सामान्य कारण ले नै सम्बन्ध टुट्न सक्ने संभावना रहन्छ । प्रेममा नयांपन ल्याउने कोषिस गरिरहन्छन् भने सामान्य कारणले उतारचढाव हुने भएका कारण ले यस राशि संगको सम्बन्धमा त्यही नयाँपन प्रेम सम्बन्ध छुटाउने कारण बन्न सक्दछ ।

मीन


यस राशिका ब्यक्तिहरु प्रेमलाई आवश्यकता भन्दा बढी नै मशत्व दिन थाल्छन् । आवश्यकता भन्दा बढी महत्व दिने भएका कारण धरै जसो दुखी हुनु पर्ने अवस्था आउछ । । प्रेम जिवन र ब्यक्तिगत जिन्दगी तथा कार्यक्षेत्र बिचको तालमेल मिलाउन नसक्दा यिनिहरुले प्रेममा निकै झञ्झटपुर्ण प्रेमको अनुभुती गर्दछन् अनि प्रेममा समस्या आउन सक्छ ।

प्रकाशित : आइतबार, चैत १४, २०७२१२:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिवारको दिन यी ९ चिजहरु घर लैजादा सताउन सक्छन् शनिले