यी महिनामा जन्मने बच्चाहरुमा हुन्छ यी रोगहरु, अनुसन्धानद्वारा भयो खुलासा

एजेन्सी- हरेक दिन बिहान राशिफल हेरेर आफ्नो कार्य शुरु गर्ने मान्छे यस संसारमा धेरै छन । यस्ता मानिसहरुलाई अन्धविश्वासी पनि भन्ने गरिन्छ । यदि तपाइँलाइ तपाइँको जन्म महिनाले कुन चाहिँ रोगले चपेटामा पार्ने भन्ने कुरामा निर्भर हुन्छ भन्यो भने के तपाइँ पत्याउनुहुन्छ ? अवश्यनै पत्याउनु हुन्न होला तर यो कुरा भने अनुसन्धानद्वारा पुष्टि भैसकेको छ । मेडिसिना क्लिनिका नामक जर्नलमा छापिएको रिपोर्ट अनुसार, ठुलो भएपछी तपाइँलाइ जुन रोग लाग्नेछ, त्यो रोग तपाइँ जन्मेको महिनामा भर पर्छ ।

टेलिग्राफमा यस बारे अनुसन्धान गर्ने जोस एन्टोनियो अनुसार, कुनै निश्चित महिनामा जन्मेका बच्चाहरु अरु मानिस भन्दा केहि बढी नै बिरामी हुने गर्छन । युनिभर्सिटी अफ एलिकेन्टद्वारा उक बिषयमा गरिएको रिसर्चमा ३०००० जना मानिसलाई परिक्षण गरिएको थियो । महत्वपूर्ण कुरा यो छ कि महिला र पुरुषको रोगमा निर्भर गर्ने महिनानै फरक फरक हुन्छ ।

अनुसन्धानअनुसार बच्चा गर्भमा रहेको र जन्म लिएको बेलाको महिना बच्चालाई बलियो अथवा कम्जोर बनाउने गर्छ । अनुसन्धानअनुसार जाडो महिनामा जन्मने बच्चाहरु धेरै बिरामी हुने गर्छन किनभने त्यो समयमा बच्चाले पर्यापत भिटामिन-डी पाइरहेका हुदैनन् जसले गर्दा उनीहरुलाई धेरैजसो रोगले चपेटामा पर्ने गर्छ । अनि यो कुराको पनि खुलासा भयो कि जेठ र असारमा जन्मने ३३ % महिलाहरुमा पनि माइग्रेनको समस्या देखिन सक्छ । यी महिला हरुमा हाइ कोलेस्ट्रोलको समस्या पनि आउन सक्छ । संगसंगै जेठ र असारमा जन्मने पुरुषहरुलाई पनि ऑस्टियोआर्थराइटिसको समस्या धेरै देखिन्छ ।

 

प्रकाशित : मङ्गलबार, साउन १७, २०७४१४:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सावधान! यसरी औषधी सेवन गरेमा ज्यानै पनि जान सक्छ, सबैले जान्नै पर्ने