पृथ्वीमा ३६५ दिन एक वर्षमा हुन्छ तर यो ग्रहमा भने ७ घण्टामै हुन्छ एक वर्ष हुन्छ !

एजेन्सी/काठमाडौं, १५ मंसिर । हामी बसेको ग्रह पृथ्वीमा ३६५ दिनको एक वर्ष हुन्छ तर यस्तो यस्तो गृह छ जहाँ ७ घण्टामै एक वर्ष। यता पृथ्वीमा चार वटा यामहरु हुन्छन् जाडो, गर्मी, र बर्खा।

तर एउटा यस्तो ग्रह फेला परेको छ जहाँ सात घन्टा हुनेबित्तिकै एक वर्ष पूरा हुन्छ । केप्लर टेलिस्कोपले यो ग्रह पत्ता लगाएको हो । यसलाई अन्तरिक्षको सबभन्दा तीव्र गतिको ग्रह मानिएको छ । ग्रहको अर्बिट पिरियड (घुम्ने गति) जम्मा ६.७ घन्टा भएको phys.org ले जानकारी दिएको छ ।

ग्रहको नाम EPIC 246393474 b हो । यसलाई C12_3474 b पनि भनिन्छ ।  वैज्ञानिकहरूले दिनदेखि वर्षको अनुपात हिसाब गरेर ग्रहमा सात घन्टाको एक वर्ष भएको पत्ता लगाएका हुन् । केप्लरले अहिलेसम्म दुई हजार ३०० ग्रहहरू पत्ता लगाइसकेको छ । उसले धर्तीनजिकै यो ग्रह पत्ता लगाएको हो ।

वैज्ञानिकहरूका अनुसार, नयाँ ग्रहमा स्टेलर रेडिएसनका कारण वातावरण पूरै बिग्रेको छ । पृथ्वीभन्दा पाँच गुणा ठूलो भएकाले पनि ग्रह विशेष छ । त्यहाँ भारी पत्थरहरू छन् जसमा ७० प्रतिशत आइरन हुने सम्भावना छ ।

प्रकाशित : शुक्रबार, मङि्सर १५, २०७४१३:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डोनाल्ड ट्रम्पको आवास समावेश व्हाइट हाउसमा कक्रोच, मुसा र कमिलाको यस्तो आतंक!